शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा ५ जना कोरोना संक्रमित थपिए

शुक्रबार, ०९ जेठ २०७७, १७ : ५१
शुक्रबार, ०९ जेठ २०७७

काठमाडौं । यसअघि फेला परेका सबै संक्रमित निको भएर घर फर्केपछि दुई साता यता कुनै नयाँ संक्रमित पुष्टि नभएको सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा शुक्रबार फेरि कोरोना संक्रमित फेला परेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ५ जना नयाँ संक्रमित थपिएका हुन् । 

बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुष, डडेलधुराको परशुराम नगरपालिकाका २८ वर्षीय पुरुष र कैलालीका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको हो । 

 उनीहरूको सेती प्रादेशिक अस्पतालमा नमुना परीक्षण गरिएको थियो । 

यसअघि सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा उनीहरू सबै निको भएर घर फर्किसकेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप