केन्द्रीय संस्करण

‘१० करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्मको कैद सजाय’

person explore access_timeजेठ ९, २०७७ chat_bubble_outline3
file photo

काठमाडौं । १० करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्मको कैद सजाय हुने विषयमा विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ । शुक्रबार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा १० करोडभन्दा बढी घुस लिनेलाई १० देखि १४ वर्षसम्म कैद सजाय हुने विषयमा सहमति जुटेको हो ।

समितिका सभापति परशुराम मेघी गुरुङले घुस लिएको रकम जफत हुने र सोही बराबरको जरिवाना गर्ने विषयमा पनि सहमति जुटेको बताए । १ करोड देखि १० करोड सम्म घुस लिने व्यक्तिलाई ८ देखि १० वर्षसम्म कैद हुने प्रावधानमा पनि सहमति जुटेको छ ।

यसअघि १ करोडभन्दा बढी जतिसुकै रकम घुस लिएपनि आठ देखि १० वर्षसम्म कैद र घुस (रिसवत) लिएको रकम जफत हुने प्रावधान थियो । १ करोडसम्म घुस लिने व्यक्तिलाई ४ देखि ८ वर्षसम्म कैद हुने प्रावधान थपिएको छ । ‘५० हजार रुपैयाँसम्म घुस लिएमा १ देखि ६ महिना कैद, ५० हजार देखि १ लाखसम्म घुस लिएमा ६ महिनादेखि १ वर्ष कैद, १ देख ५ लाखसम्म घुस लिएमा २ देखि २ वर्ष कैद, ५ देखि २५ लाखसम्म घुस लिएमा २ देखि ४ वर्षसम्म कैद हुने विषयमा सहमति जुटेको छ’, सभापति गुरुङले भने, ‘२५ लाख देखि ५० लाखसम्म घुस लिनेलाई ४ देखि ६ वर्ष कैद, ५० देखि १ करोड घुस लिएमा ४ देखि ८ वर्षसम्म कैद, १ करोडदेखि १० करोडसम्म घुस लिएमा ८ देखि १० वर्षसम्म कैद र १० करोडभन्दा बढी रकम घुस लिएमा १० देखि १४ वर्ष सम्म कैद हुने र घुस लिएको रकम जफत गरी सोही अनुसारको जरिवाना गर्ने विषयमा सहमति जुटेको छ ।’

दफावार छलफलमा सांसद रामनारायण बिँडारीले घुस लिएको प्रमाणित भएमा अभियुक्तको मात्रै नभएर सपरिवारको सम्पत्ति जफत हुने व्यवस्था गर्न सके भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने बताए । सांसद प्रमिला कुमारीले जति ठूलो रकम घुस लियो त्यति नै बढी कैद सजाय हुने व्यवस्था गर्नुपर्ने बताइन् । अर्बौ रुपैयाँ घोटाला गर्नेलाई कम्तिमा पनि २० वर्ष कैद सजाय हुनुपर्ने उनले बताइन् ।

नेपाल अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको महासन्धिको पक्ष राष्ट्र भएकाले सरकारी, नीजि क्षेत्र तथा राजनीतिक क्षेत्रमा हुने भष्टाचार नियन्त्रणलाई व्यवस्थित गर्न पनि ऐन संशोधन थालिएको उनले बताइन् । ऐन संशोधनपछि सरकारी सेवाका क्षेत्र तथा नीजि क्षेत्र र राजनीतिक क्षेत्रमा कुन तहसम्म जान सकिन्छ भन्ने विषयको टुङ्गो लाग्ने उनले बताइन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. May 23, 2020, 1:14 p.m. Dipak Sapkota
    Karbahi hos hami sabai ma.
  2.  0 Reply
  3. May 23, 2020, 7:48 a.m. Bishal koirala
    ।।The बाेध।। बाेक्सि अाँफै झाँक्रि बनेकाे देखि, राेगि अाँफै बैद्य भएकाे देखि, चाेर लाई नै द्वारपाल देखि, दृष्टिबिहिन पथप्रदर्शक देखि, निमुखा पण्डितहरु देखि, उ हाँस्याे, खित्का छाेडेर हाँस्याे। पेट मिचि मिचि हाँस्याे। उ हाँसेकाे, रुन्चेहरुले बिना अर्थ हाँसेकाे ठाने, उ हाँस्याे। पागलहरुले उसलाई पागल भने, उ झन् हाँस्याे। बन्दीहरुले उस्लाइ थुनामा राखे, उ झन् धेरै हाँस्याे। लासहरुले उस्लाइ मृत्युदण्ड सुनाए, फाँसी घाँटीमा भिर्दै, सबैलाई हेर्दै, उ झन् मज्जाले हाँस्याे।।
  4.  0 Reply
  5. May 23, 2020, 6:35 a.m. Jp agrahari
    1 rupiya dekhi mathi ghus line lai goli hanne bywastha garna parxa. Ani balla nepal ma brashtachar band hunxa. Nabhaye jati niyam kanoon banye pni bhrastachar kam hudaina
  6.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.