केन्द्रीय संस्करण

कोरोना संक्रमित शिक्षकको गाउँका २५ जनाको रिपोर्ट नेगटिभ

person explore access_timeजेठ ९, २०७७ chat_bubble_outline0

   गुल्मी । कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ आएको र उपचारका क्रममा रुपन्देहीको क्रिमशन अस्पतालमा बिहीवार मृत्यु भएका गुल्मीका शिक्षकको गाउँमा परीक्षण गराएकामध्ये २५ जनाको रिपोर्ट नेगटिभ आएको छ ।

   शिक्षकको गाउँ मदाने गाउँपालिका वडा नम्वर ५ पुर्कोटदह पुगेर  स्वास्थ्य कार्यालय गुल्मी र प्रदेशको टोलीले ती शिक्षकका परिवार, उनले सुरुमा परीक्षण गराएको स्वास्थ्य संस्था र उनीसँग सम्पर्कमा रहेका ३० जनाको स्वाब संकलन गरी  प्रयोगशालामा पठाएको थियो ।

   ती मध्ये ५ जनाको नमुना परीक्षण गर्न बाँकी रहेको र परीक्षण भई सकेका २५ जना सबैको रिर्पोट नेगटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी प्रसाद शर्माले जानकारी दिए । 
बाँकी ५ जनाको रिपोर्ट पनि नेगेटिभ आओस् भन्ने आफूहरुको कामना रहेको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए ।

   उता सन्धिखर्कस्थित ती शिक्षकले दोश्रो पटक उपचार गराएको छाया पोलिक्लिनकका पनि सबै जना स्वास्थ्यकर्मीको रिर्पोट पनि बिहीवार नेगटिभ आइसकेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.