शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट मृत्यु भएका शिक्षकको उठ्यो शव, आफन्तले छानविनका लागि निवेदन दिने

शुक्रबार, ०९ जेठ २०७७, १६ : १६
शुक्रबार, ०९ जेठ २०७७

 गुल्मी । बिहीवार क्रिमसन अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित गुल्मी मदाने गाउँपालिका पुर्कोटदहका शिक्षकको शव उठाईएको छ । सेना र प्रहरीले बल प्रयोग गरेर शुक्रबार शव उठाएका हुन् ।

तर मृतकका आफन्तले भने जवरजस्ती शव उठाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

मृतककी श्रीमतीले अस्पतालको लापरवाहीले श्रीमानको ज्यान गएको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा छानविनको माग सहित निवदेन दिने तयारी गरेकी छन् ।

मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै छानविन नभएसम्म शव नबुझ्ने अडान लिदै आएका थिए ।

वैशाख ३१ गते रुपन्देहीको क्रिमशन अस्पतालमा पुर्‍याइएका उनको उपचारकै क्रममा स्वाब परीक्षण गर्दा जेठ ५ गते आएको रिपोर्टमा कोरोना पोजेटिभ आएपछि अस्पतालको आईसोलेशनमा राखिएको थियो ।

तर अस्पतालले उनको जेठ ८ गते मृत्यु भएको घोषणा गरेको थियो । बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार शव उठाइए पनि परिवारजनले छानविनका लागि निवेदन दिए छानविन समिति गठनपछि अस्पतालको कमजोरी भेटिए कारवाही हुने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप