पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका संक्रमित
एजेन्सी । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५० हजार ६९४ पुगेको शुक्रबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ६०३ संक्रमित थपिएका बताइएको छ ।
पाकिस्तानमा संक्रमितमध्येका १ हजार ६७ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । वल्र्डओमिटरले जनाएअनुसार पाकिस्तानमा बिहीबार मात्र ५० जना संक्रमितको ज्यान गएको छ ।
पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।
संक्रमितहरुमध्ये १५ हजार २०१ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३४ हजार ३२६ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्