शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबमा कोरोना संक्रमणबाट ७ नेपालीको मृत्यु

बिहीबार, ०८ जेठ २०७७, २३ : २६
बिहीबार, ०८ जेठ २०७७

युएई । कोरोना भाइरसबाट साउदी अरबमा ७ नेपालीको मृत्यु भएको छ। बिहीबारसम्म कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको हो  । कोरोनाबाट १ हजार ३ सय ६४ नेपाली संक्रमित भएका छन् भने संक्रमित हुने महिलाको संख्या १७ पुगेको छ । 

संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २ सय ९९ जना, पूर्वी क्षेत्रमा ६ सय ९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्र ३ र दूतावासले हेर्ने क्षेत्रमा १ हजार १६ जना संक्रमित भएका छन् । त्यस्तै जेद्दा क्षेत्रमा १७६, मक्कामा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना गरी ३४८ जना संक्रमित भएका दूतावास रियादले जनाएको छ।

कोरोना भाइरसको बढ्दो  संक्रमण,  साउदी सरकारले  लगाएको  कर्फ्यु र अन्य  नियमलाई मध्यनजर गर्दै नेपाली दूतावासले साउदीमा रहेका विभिन्न क्रियाशील  संघ–संस्थाको सहकार्यमा खाद्यान्न र सामान्य मेडिसिन उपलब्ध गराउँदै आएको छ भने स्वास्थ्य परामर्शको लागि २ नेपाली डाक्टरको व्यवस्था गरेको छ । अहिलेसम्म साउदी अरबमा कोरोना भाइरसको संक्रमणबाट ६५ हजार ७७ जना संक्रमित भएका छन् भने ३ सय ५१ जनाले ज्यान गुमाइसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप