बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘क्रन्दन’मा लकडाउनपीडित मजदुरको कथा

बिहीबार, ०८ जेठ २०७७, १२ : ०७
बिहीबार, ०८ जेठ २०७७

काठमाडौं – कोरोनाको कहरका कारण देश दुई महिनायता लकडाउनमा छ । लकडाउनकै कारण देशको सबै क्षेत्रका काम धन्दा अस्तब्यस्त भएको छ ।

लकडाउनको मारमा सबैभन्दा बढी पीडित दैनिक ज्यालमजदुरी गरेर आफ्नो जीवन चलाउँदै आएका मजदुरहरु बन्न पुगेका छन् । उनीहरुमा दैनिक खानपिनदेखि बिभिन्न समस्या देखिएको छ ।

लकडाउनमा मजदुरमा देखिएको समस्याको बिषयमा छोटो फिल्म ‘क्रन्दन’ निर्माण भएको छ । अर्जुन तिवारीको निर्देशन रहेको यो फिल्म अहिले युट्युव मार्फत सार्वजनिक भएको छ ।

कथा, छायाँकन र सम्पादन निर्देशक तिवारीकै रहेको फिल्ममा फिल्ममा राज न्यौपाने, बिजय बराल, सन्दीप क्षेत्री, प्रिन्शु तिवारी, प्रान्श तिवारी, अभिनित चौलागाई, पल शाह लगायतको अभिनय छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप