शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली महिलामाथि अपमान गरेकोमा अनुष्का शर्मालाई पठाइयो ‘लिगल नोटिस’

बिहीबार, ०८ जेठ २०७७, ०८ : ५२
बिहीबार, ०८ जेठ २०७७

हालै ओटीटी प्लेटफर्ममा रिलिज भएको अनुष्का शर्माको वेब सिरिज विवादमा फसेको छ । सिरिजलाई बलिउड नायिका अनुष्का


निर्माण गरेकी हुन् । यो सिरिजमा नेपाली महिलाको अपमान हुने गरी भएको ‘तुच्छ गाली’ को दृश्यका विषयमा नायिकालाई ‘लिगल नोटिस’ पठाइएको हो ।

लिगल नोटिस विशेषतः कानूनी उपचार थाल्नुअघि विपक्षीलाई यसबारे जानकारी दिने हेतुले पठाइने गरिन्छ  ।  

कोभिड–१९ को महामारीका बेला भारतमा निःशुल्क कानूनी सल्लाह प्रदान गर्नका लागि बनेको वकिल समाजका एक सदस्य एवं प्रणय राय एण्ड असोसिएट्सको चेम्बरसँग जोडिएका वकिल विरेन श्री गुरुङले अनुष्कालाई ‘लिगल नोटिस’ पठाएका हुन् ।

गुरुङले सिरिजको दोस्रो एपिसोडमा प्रयोग गरिएको ‘नेपाली रण्।।’ शब्दले पूरा नेपाली समुदायको अपमान गर्ने बताएका छन् ।

जातीवादी गालीको प्रयोगः

गुरुङले भने, ‘एक भिडियो क्लिपमा सोधपुछको क्रममा महिला पुलिस अधिकारीले नेपाली पात्रमाथि जातीवादी गालीको प्रयोग गर्छिन् । यदि नेपाली शब्दको मात्रै प्रयोग गरिएको भए यसमा कुनै समस्या थिएन तर त्यसपछि जुन शब्द प्रयोग गरिएको छ, त्यो शब्द अस्विकार्य छ । अनुष्का यो सिरियलकी निर्माता हुन् त्यसकारण उनलाई नोटिस पठाइएको छ । हालसम्म नायिकाको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।’

गोरखा समाज पनि रुष्टः

एक मिडिया रिपोर्टका अनुसार गोरखा समाजले पनि यो सिरिजको डायलगमा आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरेको छ । १८ मे मा उनीहरुले एउटा अनलाइन याचिका चलाएका छन् ।

के भनिएको छ याचिकामा ?

उक्त याचिकामा केन्द्रीय सूचना र प्रसारण मन्त्री प्रकाश जावेडेकर, ओटीटी प्लेटफर्म र सिरिजकी निर्माता अनुष्का शर्मालाई सम्बोधन गर्दै लेखिएको छ, ‘सिरिजको यो डायलगमा गोरखा महिलालाई गलत तरिकाले चित्रित गरिएको छ । शब्दलाई म्युट गर्नुपर्छ र सब टाइटल ब्लर गर्नुपर्छ  साथै संसोधन गरिएको भिडियो सबैका लागि उपलब्ध गराउनुपर्छ । यसका साथै बिना शर्त माफी पनि माग्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप