शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबार कुन राशिका लागि कति फलदायी ?

बिहीबार, ०८ जेठ २०७७, ०६ : १४
बिहीबार, ०८ जेठ २०७७

वि.सं.२०७७ साल जेठ ०८ गते । बिहीबार । ईश्वी सन् २०२० मे २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– चतुर्दशी,४१ घडी ०८ पला,बेलुकी ०९ बजेर ४१ मिनेट उप्रान्त औशी । नक्षत्र– भरुणी,५० घडी ३५ पला,रातको ०१ बजेर २८ मिनेट उप्रान्त कृतिका । योग– सौभाग्य,०३ घडी ५९ पला,बिहान ०६ बजेर ५० मिनेट उप्रान्त शोभन । करण–भद्रा,बिहान ०८ बजेर ५२ मिनेट उप्रान्त शकुनि ,बेलुकी ० ९ बजेर ४१ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी ५५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्य हरुविच घनिष्टता बढेर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।


मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । बिद्यामा सोचे अनुरुपनै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । माया प्रेममा विश्वासको वाताबरण झन कसिलो भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  बुवा तथा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगी हरुले तपार्ईँकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ । व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सरकारी तथा दैनिक कामगर्दा ध्यान दिनहोला अप्रिय निर्णयको शिकार होईयला । पढाइ लेखाइमा दिईयको समय कम हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या आई दैनिक कामहरु गर्न सकिने छैन । घरपरिवार तथा आफन्त विच मनमुुटाव बढने योग रहेकोछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानि अपनाउनु होला आजको दिन मध्ययम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्यले साथ दिने हुँदा शाहसिलो काम गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपार्ईँको काममा सहयोग हुनेछ । तरपनि समय प्रतिकुल भएकोले वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।  

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा घाटा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउँनेछ । सन्तान तथा छोरा छोरिबाट तपार्ईँको काममा सहयोग हुने छैन । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्वन्धी समस्या आउँने तथा औषधि उपचार खर्च बढ्नेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घर परिवार,आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । कृषी तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । तपार्ईँले शुरु गर्नुभएको काममा बिभिन्न वाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपार्ईँले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाड भएर जानेछ । यात्रा गर्दा ध्यान दिनुहोला । पढाइ लेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो समय लगाएर गरीएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखि हुनेछ । वन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । आम्दानी भन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । रुपैयापैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लगेको तथा लानेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ । प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेकोछ भने आफन्तसँग नै मनमुटाब बढ्नेछ ।

तपाईँ दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप