शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकैदिनमा एक लाखभन्दा बढी कोेरानाबाट संक्रमित

चीनको असक्षमताले ‘विश्वव्यापी नरसंहार गरेको’ अमेरिकी राष्ट्रपतिको आरोप
बुधबार, ०७ जेठ २०७७, २३ : ५८
बुधबार, ०७ जेठ २०७७

बितेका २४ घण्टाभित्रमा संसारभरिमा १ लाखभन्दा बढी मानिसहरु कोरोनाभाइरसबाट संक्रमित बनेका छन् ।

उक्त कुराको जानकारी विश्व स्वास्थ्य संगठनले दिएको हो । एकै दिनमा यतिधेरै संख्यामा विश्वव्यापी रुपमा मानिसहरु संक्रमित भएको सम्भवतः यो पहिलो घटना हो । 

कोरोनाभाइरसको संक्रमण समाप्त हुन अझै निक्कै लामो समय लाग्ने जनाउँदै विश्व स्वास्थ्य संगठनले यसको सबैभन्दा ठूलो मारमा विश्वका गरिब देशहरु पर्ने भनेर चिन्ता जताएका छन् ।

‘अझै हामीले यो महामारीलाई अझै लामो समयसम्म भोग्नुपर्ने छ,’ विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अहनोम घेब्रियेससले भनेका छन्, ‘निम्न र मध्यम आयस्तर भएका देशहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएको घटनाले हामीलाई निक्कै चिन्तित बनाएको छ ।’

त्यसो त युरोप र अमेरिका लगायतका क्षेत्रहरुमा कोरोनाभाइरसका संक्रमणका घटनाहरुम कमी आइरहेका छन् । त्यसैले ती देशहरुले कोरोनाभाइरसलाई नियन्त्रण र फैलिनबाट रोक्नका लागि लगाएका लकडाउनलाई खुकुलो पनि बनाउँदै लैजान थालेका छन् ।

यसबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको सवाललाई लिएर पुनः चीनमाथि खनिएका छन् । उनले कोरोनाभाइसको बारेमा चीनले ठूलो असक्षमता प्रदर्शन गरेको आरोप लगाउँदै विश्वव्यापी रुपमा नरसंहार गरेको आरोप लगाएका छन् ।

आज बिहानै एक ट्वीट गदै उनले सो आरोप लगाएका हुन् ।

त्यसो त चीनले पनि अमेरिकामाथि बेइजिंगको प्रतिष्ठा ध्वस्त पार्न खोजेको आरोप लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट हट्ने धम्की दिएपछि अमेरिकाले सो संगठनप्रतिको आफ्नो जिम्मेवारीलाई खुम्चाउँदै लगेको आरोप पनि चीनले लगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप