बीमालेख धितोमा ऋण लिनेलाई ब्याजमा १५ प्रतिशत छुट
बुधबार, ०७ जेठ २०७७, २१ : २२
काठमाडौं । बीमालेख धितोमा ऋण लिनेलाई ब्याजमा १५ प्रतिशत छुट दिइने भएको छ ।
बीमा समितिले इजाजतप्राप्त सबै बीमा कम्पनीहरुलाई निर्देशन दिँदै ऋणको भुक्तानी अवधि सकिएका ऋणीले आफ्नो ऋणको साबाँब्याज लकडाउन सकिएको एक महिनाभित्र बुझाएमा ब्याजमा १५ प्रतिशत छुट दिन भनेको हो ।
त्यस्तै, समितिले ‘सूचना प्रविधि मार्गदर्शन २०७६’ को अधिनमा रही बीमालेख अनलाइनमार्फत् बिक्री गर्न चाहने बीमा कम्पनीले कार्यविधि तयार गरी बीमा समितिमा पेश गरेमा त्यसलाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै, बीमा कम्पनीहरुले उपलब्ध गराउने तालिमहरु भर्चुअल रुपमा गराउन सकिने तथा अन्य कार्यमा व्यवस्थापन खर्च न्यूनीकरण गर्ने सम्बन्धमा कुनै प्रस्ताव पेश गरेमा त्यसलाई पनि स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।