बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतले मे २५ देखि आन्तरिक हवाइ उडान सुचारु गर्ने

बुधबार, ०७ जेठ २०७७, १९ : २५
बुधबार, ०७ जेठ २०७७


भारतले आगामी मे २५ देखि आन्तरिक हवाइ उडानहरु पुनः शुरु गर्ने भएको छ ।

भारतका नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले एक ट्वीट जारी गर्दै उक्त कुराको जानकारी दिएका हुन्।

‘सबै विमानस्थलहरु र विमान कम्पनीहरुलाई मे २५ देखि आफ्नो कार्य सुचारु गर्न सूचित गरिसकिएको छ,’ उनले आफ्नो ट्वीटमा भनेका छन् ।

भारत सरकारले गत मार्च २५ देखि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु रोकेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप