शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमै पहिलो पटक जुम एकीकृत अनलाइन शिक्षा प्रवर्द्धन पोर्टल ‘प्रिक्सा ओलिभ'

बुधबार, ०७ जेठ २०७७, १५ : ११
बुधबार, ०७ जेठ २०७७

काठमाडौं–प्रिक्सा टेक्नोलोजिज्ले हालै प्रिक्सा ओलिभ नामक नयाँ शिक्षा व्यवस्थापन प्रणाली सुरु गरेको छ। प्रिक्साले यस सफ्टवेयरको सुरुवातसँगै साइन अप गर्ने पहिलो २०० स्कूल, कलेज, विश्वविद्यालय तथा तालिम केन्द्र जस्ता संघ संस्थाको लागि निःशुल्क सुविधाहरु उपलब्ध गराउने जानकारी दिएको छ।

प्रिक्सा ओलिभ एक शक्तिशाली र सहज शिक्षा व्यवस्थापन प्रणाली हो। यो सफ्टवेयरले ठूला ठूला पाठ्यक्रम र त्यसमा संलग्न ठूला समूहहरु सजिलै आत्मसाथ गर्न सक्दछ। यो सफ्टवेर निम्न मा.वि. देखि स्नातकोत्तर तह सम्मका पठनपाठनमा  सजिलै प्रयोग गर्न सकिन्छ। अहिलेको लोकप्रिय भिडियो कन्फरेन्सिंग प्लेटफर्म जुम पनि यस सफ्टवेयरमा समावेस गरिएको छ। यस सफ्टवेयरको प्रयोगकर्ताले जुम डाउनलोड नगरिकन नै यसका फाइदाहरु लिन सक्नेछन् ।

प्रिक्सा टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत मनिष शर्माकाअनुसार यो प्रणाली नेपाली शिक्षण शैली समायोजित गर्न डिजाइन गरिएको हो।  यो एक सहज ज्ञान युक्त सफ्टवेर हो जसले शिक्षकलाई उनीहरूको आवश्यकताअनुसार पाठ्यक्रम सिर्जना गर्न र मध्यम गर्न स्वतन्त्रता दिन्छ। साथै सफ्टवेयरबाट विद्यार्थीले कक्षामा ध्यान दिए नदिएको जाँच गर्न केहि मिनेटमा नै मल्टिपल रोजाइका प्रश्नमार्फत कक्षाको प्रभावकारिता मापन  गर्न सकिन्छ ।

शिक्षकहरूले यस प्रणाली मार्फत निर्धारित समयमा मात्र पनि प्रश्न अनुसूची गर्न सक्दछन्, जुन विद्यार्थीहरुले तोकिएको समयमा मात्र हेर्न र परीक्षा दिन पाउनेछन्, जसले शिक्षकलाई पनि  विद्यार्थीको ग्रेड पहिचान गर्न लाभ पुर्यादउँछ।

यस सफ्टवेयरको यूजर इन्टरफेस निकै मैत्रिपुर्ण र नेभिगेसन गर्न धेरै सजिलो छ। यस सफ्टवेयरले शिक्षकलाई पाठ्यक्रम सिर्जना गरेर, विद्यार्थीहरुलाई आमन्त्रण गरी, आवश्यकता अनुसार ग्रूप बनाएर र पाठ्य सामग्रीको पहुँच दिइ  सजिलै घरबाटै पठनपाठन  अगाडी बढाउन मद्दत गर्दछ। 

कोभिड–१९ को यस कठिन समयमा भर्चुअल वातावरण मार्फत कक्षाहरू संचालन गर्न प्रिक्सा ओलिभ एकदम प्रभावकारी समाधान हो। यसले अहिलेको कठिन परिस्थितिमा शैक्षिक क्षेत्रमा ठुलो योगदान पुर्याउने विश्वास प्रिक्सा टेक्नोलोजिज्ले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप