मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीयको विरोधपछि ठोरीमा भ्यू टावर सार्न भारतीय पक्ष बाध्य

बुधबार, ०७ जेठ २०७७, १४ : २४
बुधबार, ०७ जेठ २०७७

पर्सा । स्थानीयको विरोधपछि नेपाल भारत सिमास्थित ठोरीको दशगजा क्षेत्रमा नेपालतर्फको भुभाग मिचेर भारतीय पक्षले बनाउन लागेको सुरक्षा पोष्टको स्थान सारेको छ । 

लामो समयदेखि भारतीय पक्षले ठोरी गाउँपालिका तर्फको सिमावर्ती क्षेत्रलाई अतिक्रमण गरी विभिन्न नाममा टावर खडा गर्न खोजेपछि स्थानीयले चर्को विरोध गर्दै आएका थिए । ५ वर्षपूर्व ठोरी गाउपालिका वडा नम्बर ३ स्थित स्याउलीबस्तीको दशगजा क्षेत्रमै जबर्जस्ती भ्यु टावर बनाएको भन्दै स्थानीयले भने पुनः नयाँ बन्न लागेको टावरको विरोध गरेपछि भारतीय पक्ष पछि हट्दै भ्युटावर निर्माण स्थल सार्न बाध्य भएको हो ।
स्थानीयको विरोधपछि भारतले वन गस्तीका लागि भन्दै सोमबारदेखि ठोरी गाउँपालिका वडा नम्बर ४ विजयबस्ती स्थित दशगजामा टावर सहितको सुरक्षा पोस्ट निर्माण गर्न थालेको थियो ।

मंगलबार पनि दशगजामै सुरक्षा पोष्ट निर्माणका लागि भारतीय सुरक्षा फौज (एसएसबी), बिहारका प्रहरी र भारतीय वन विभागका अधिकारीहरु समेत सो स्थल पुगेका थिए । तर नेपाल तर्फका स्थानीयवासी सहित सैयोको संख्यामा जम्मा भएका नेपाल प्रहरी,  सशस्त्र प्रहरीको संयुक्त विरोध र अडानपछि भारतीय पक्ष निर्माण गरिरहेको स्थल भन्दा ३० मिटर पर सारेर सुरक्षा पोस्ट निर्माण गर्न सहमत भएको हो ।

वडा नम्बर ४ का वडाध्यक्ष बहीबहादुर पाख्रिनले ठोरीवासी र जनप्रतिनिधिको अडानले भारतीय पक्ष पछि हट्न बाध्य भएको बताए । सशस्त्र प्रहरी बल सुवर्णपुर बीओपीका प्रमुख प्रहरी निरीक्षक सिंहवीर मल्लले भारतीय पक्षले भ्यु टावरसहित सुरक्षा पोष्ट निर्माण गर्न खाजेपछि स्थानीयवासीसँग विवाद भएपनि अहिले कुरा मिलिसकेको जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप