शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मास्क प्रयोगबारे नयाँ खुलासा – संक्रमण फैलन ७५ प्रतिशतसम्म कम गर्नसक्छ

बुधबार, ०७ जेठ २०७७, १२ : ०७
बुधबार, ०७ जेठ २०७७

मास्क प्रयोगको प्रभावकारीताबारे बहस भइरहेको बेला एक नयाँ अध्ययनले यसको प्रयोगबाट संक्रमण फैलने दर निकै कम हुने देखाएको छ । यसअघि स्वास्थकर्मीले पनि यस्तै दाबी गरेका थिए । 

हङकङमा गरिएको एक नयाँ अध्ययनअनुसार सर्जिकल मास्क प्रयोगले स्वासप्रश्वास सम्बन्धी छिटा र हावाका कणहरुमार्फत कोरोना फैलने दरमा ७५ प्रतिशतसम्म कमी ल्याउनसक्छ, एकअर्काबीच सम्पर्क नभएको अवस्थामा । 

‘यो खोजीले विश्व र सर्वसाधारणलाई देखाएको छ कि कोरोना भाइरस महामारीविरुद्ध मास्क लगाउनुको प्रभाव अत्यन्तै ठूलो छ,’ २००३ मा सार्स भाइरस पत्ता लगाउन सहयोग गरेका हङकङ विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट डाक्टर युयन कोक युङले भने । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले मास्क प्रयोगबारे महिनौंसम्म परस्पर विरोधी सूचना दिएपछि यो टोलीको नयाँ निष्कर्ष सार्वजनिक भएको हो ।

डब्ल्युएचओले स्वास्थ्य सेवास्थलबाहिर यसको प्रभावकारीताबारे प्रश्न उठाउँदै आएको छ, यता बेला र अमेरिकासहितका केही देशका सरकारले सुरुवातमा स्वास्थकर्मीको प्रयोगका लागि मास्क छाडिदिन आफ्ना जनतासँग आग्रह गरेका थिए । तर पछि गएर उनीहरुले यु–टर्न लिदैं मास्कको फराकिलो प्रयोगलाई प्रोत्साहन गरे ।  

हङकङ विश्वविद्यालयले गरेको यसप्रकारको पहिलो अध्ययनमा दुईवटा पिन्जडामा (हेम्सटर्स) मुसालाई राखिएको थियो – एउटामा संक्रमित मुसाको समुह र अर्को स्वस्थ्यलाई ।

अनुसन्धानकर्ताले तीन फरक अवस्था सिर्जना गरेका थिए – केवल संक्रमित मुसालाई मात्र मास्क लगाइदिने, केवल स्वस्थ मुसालाई मास्क लगाइदिने र कसैलाई मास्क नलगाइदिने । यी दुई पिन्जडाबीच पंखा राखिएको थियो, जसले ती मुसाहरुबीच हावाबाट कणहरु फैलाउथ्यो। 

मास्क नै नलगाएको अवस्थामा ६६ दशमलव ७ प्रतिशत मुसाहरु एक साताभित्र संक्रमित भएको पाइयो । जब संक्रमितको पिन्जडा मास्कले ढाकियोे, तब यो संक्रमण दर  १६ दशमलव ७ प्रतिशतमा झ¥यो । जब स्वस्थ मुसाको पिन्जडामा मात्रै मास्क लगाइयो, तब संक्रमण बढेर ३३ प्रतिशतमा पुग्यो । 

मास्क लगाउँदा पनि संक्रमित भएका मुसामा समेत मास्का नलगाइ संक्रमित भएका मुसाको दाँजोमा शरीरमा कम भाइरस देखिएको अनुसन्धानकर्ताले भेटेका छन् । ‘हाम्रो प्रयोगमा यो धेरै स्पष्ट  देखिएको छ कि मानिस हुन् वा मुसा, लक्षण नदेखिने हुन् वा लक्षण देखिने नै, मास्क लगाएमा उनीहरुले अन्य व्यक्तिको सुरक्षा गर्न सक्छन् । हामीले यहाँ प्रदर्शन गरेको बलियो नतिजा यही हो,’ युइनले भने । 

‘विशेषगरी जब संक्रमित मानिसले सर्जिकल मास्क प्रयोग गर्छन्, तब ५० प्रतिशतले संक्रमण कम गर्न सकिन्छ,’ उनले भने । 

हैम्यस्टर्स प्रजातीको मुसामा मानिससँग मिल्दोजुल्दो इन्जमाइम रेसिप्टर्स हुन्छ, त्यसैले नै अध्ययनका लागि परीक्षणका क्रममा यही जनावर प्रयोग गरिएको थियो । कुल ५२ हैम्यस्टर्सलाई यस अध्ययनमा प्रयोग गरियो । 

‘यो चरणसम्म हामीसँग सुरक्षित र प्रभावकारी भ्याक्सिन छैन । त्यसैले सामाजिक दुरीको मापदण्ड र मास्क प्रयोग नै अझै व्यवहारिक रुपमा कायम छ,’ युइनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप