शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट ३५ हजारबढीको मृत्यु, पाँच दर्जन भन्दा बढी नेपाली

बुधबार, ०७ जेठ २०७७, ११ : ०७
बुधबार, ०७ जेठ २०७७

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३५ हजार नाघेको छ । गएको २४ घन्टाभित्रबेलायतको अस्पातालमा थप ५ सय ४५ जनाको कोरोना भाइरसका कारण निधन भएपछि कुल मृतकसंख्या ३५ हजार ३ सय ४१ पुगेको छ । 

विगत केही दिन यता बेलायतमा मृत्युदरको संख्या कम हुँदै गएको भए पनि आज एक्कासी मृतक संख्या ह्वात्तै बढेको हो । 

राष्ट्रियत थ्यांक विभाग (ओएनएस) ले भने बेलायतमा कोरोनाबाट निधन हुने संख्या हाल सार्वजनिक गरी भन्दा झन्डै दश हजार भन्दा बढी भएको दावी गर्दै आएको छ ।

 ‘डिपार्टमेन्टअफ हेल्थ एण्ड सोसल केयर’ द्वारा सार्वजनिक तथ्याँकमा कोरोना परीक्षण गरेर पोजिटिभ देखिएकाहरुको मृत्युलाई मात्र समावेश गरेको छ भने ओएनएसलेकोरोनाको शंका गरिएका मृतकहरुलाई पनि समावेस गरेको छ । गत हप्ता मंगलबार ६ सय ९३ जनाको मृत्यु भएकोमा यो हप्ता मृतक संख्या निकै कम भएको छ । 

हिजोको तथ्याँक अनुसार१ सय ६० जनाको मृत्यु भएको थियो जुन मार्च २४ पछि अर्थात प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन घोषणा गरे यताकै सबैभन्दा कम हो । 

बेलायतमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ४८ हजार ८ सय १८पुगेको छ । २४ घण्टाको अवधिमा २ हजार ४ सय १२ संक्रमणका नयाँ केस बढेका हुन् ।

कोरोनाबाट सबै भन्दा धेरै मृत्यु हुने मुलुकमा बेलायत युरोपमै अग्रस्थानमा पर्दछ भने विश्वमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । अमेरिकामा अहिलेसम्म ९४  हजारभन्दा बढीको कोरोनाबाट ज्यान गैसकेको छ भने विश्वभरिमा तीन लाख २५ हजार भन्दा बढीको  निधन भैसकेको छ ।

 कोरोना संक्रमित बेलायतका नेपालीहरुको अवस्था,

बेलायतमा बस्ने गैर आवासीय नेपालीहरु विशेषगरि भूतपूर्व गोर्खाहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् । 

हालसम्म बेलायतमामात्र पाँच दर्जनभन्दा बढी नेपालीहरुको कोरोनाको संक्रमणबाट निधन भैसकेको छ ।

जसमध्य ५२ जना पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र बाँकी गैर गोर्खाहरु रहेको दूतावासले जानकारी दिएको छ । हालसम्म बेलायतको सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणका कारण निधन हुनेमा बेलायतको ननिटन निवासी ३२ वर्षीय बिमा नाछिरिंग राईरहेकी छन् ।

 निधन हुनेमा प्राय ७० वर्षभन्दा माथिका रहेका छन् । एनआरएन एयूकेद्वारा कोरोना भाइरसको महामारीबाट प्रभावित बेलायतका नेपालीहरुसम्बन्धी सोमबारसम्मको पछिल्लो तथ्याँक सार्वजनिक गरेको छ । 
विश्वभरिमा सबैभन्दा बढी नेपालीको मृत्यु बेलायतमा भएको गैर आवासीय नेपाली संघ स्वास्थ्य विभागद्वारा जारी तथ्याँकमा उल्लेख छ ।  

हालसम्म बेलायतमा ६४ जनाको निधन भैसकेको छ भने १२ सय ९८ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको र झन्डै साढे ११ सय जना निको भइसकेका छन् ।

 कोरोनाको संक्रमणका कारण उपचारका लागि बेलायतको अस्पतालमा भर्ना हुने नेपालीको जम्मा संख्या १ सय ४० छ । 

जसमध्ये ६४ जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।१५ जना संक्रमित नेपाली अझै पनि उपचारका लागि अस्पतालमै छन् भने बाँकी ६१ जना निको भएर घर फर्किएका छन् ।

संक्रमणपछि घरमै आइसोलेसनमा बसेकाहरुको संख्या ११ सय ५८ छ । उनीहरुमध्ये १ हजार ८५ जना निको भइसकेका छन् भने ७३ जना अहिले पनि आइसोलेसनमै छन् ।

एनआरएनए यूकेले सञ्चालन गरेको हेल्पलाइन र देशैभर छरिएका आफ्नो कार्यसमितिका पदाधिकारीको सहयोगमा तथ्यांक संकलन गरेको हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले जानकारी दिएका छन् ।

विश्वभरिमा कोरोना संक्रमित नेपालीहरुको अवस्था   

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार ९६ जनाको निधन भएको उल्लेख गरिएको भएपनि मृतक संख्यामा केही वृद्धि भएका कारण हालसम्म नेपाललगायत १०१ जना पुगेको छ ।

 पछिल्लो जानकारी अनुसार कोरोनाकै कारण साउदी अरबमा२ जना,  नेपालमा  १ जना, बेलायत १ जना  र भारतमा थप १ जनाको  मृत्यु भएपछि विश्वभरी ज्यान गुमाउनेने पालीहरुको संख्या १०१ पुगेको हो ।

 तर यसअघि एनआरएनए स्वास्थ समितिले संकलन गरेको तथ्याँक अनुसार संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ९, साउदी अरबमा २ (हाल ४), भारत १ (नयां), आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १ र नेपाल १  (हाल २) जनाको कोरोना भाइरसका कारण ज्यान गएको बताइएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप