शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना लागेका शिक्षकको सम्पर्कमा रहेका २८ जनाको स्बाव संकलन

कोरोनाको एकतिर तिन निशाना
मङ्गलबार, ०६ जेठ २०७७, १७ : ४६
मङ्गलबार, ०६ जेठ २०७७

बुटवल । गुल्मीको मदाने गाउँपालिका फुर्कोटका शिक्षकमा सोमबार कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका २८ जनाको मंगलबार स्बाव संकलन गरिएको छ ।

वैशाख अन्तिम सातादेखि ज्वरो,रुघाखोकी तथा जन्डिस देखिएपछि रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत ४१ वर्षीय उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । भैरहवास्थित कोरोना प्रयोगशालाका प्रमुख डा.राजेन्द्र गिरीले उनको सम्पर्कमा आएको खुलेका २८ जनाको स्बाव गरिएको बताए । 
 उनका अुनसार उनका आफन्त ३ जना र अन्य अस्पतालका कर्मचारीहको स्बाव संकलन भएको हो  । उनीहरुको परीक्षणपछि बल्ल गाउँ या अन्य ठाउँमा परीक्षण गरिने छ ।

उनले रातोपाटीसँग भने, ‘अहिले २८ जनाको परीक्षण गर्दा रिर्पोट के आउँछ अनि अन्य गर्ने कि नगर्ने भन्ने दिशा निर्धारण हुन्छ ।अहिले एकैपटक सवैको गर्न जरुरी देखिँदैन ।’

१०–१५ दिन अघिदेखि ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि संक्रमितले स्थानीय स्वास्थ्य चौकीमा परीक्षण गरी टाइफाइडको औषधि खाएका थिए। यद्यपी निको नभएपछि पुनः परीक्षण गर्दा उनमा जन्डिस र मिर्गौला समस्या देखिएको भन्दै बुटवल पठाइएको थियो।

जेठ १ गते एक जना आफन्तसँग मोटरसाइकलमा अर्घाखाँचीको सन्धिखर्कसम्म आएका उनलाई त्यहाँबाट एम्बुलेन्स मार्फत क्रिमसन अस्पताल ल्याइएको थियो।

जेठ १ गते रातिदेखि नै अस्पतालको आइसियुमा राखी उपचार गराइरहेका उनमा कोरोना आशंकामा २ गते परीक्षणको लागि स्वाव संकलन गरिएको थियो। 

यता परिवारका सदस्य र गाउँलेहरुले उनमा कोरोना भएको हुन नसक्ने भन्दै पुनः परीक्षण गर्न माग  गरेका छन् ।

 प्रयोगशाला प्रमुख डा. गिरीले भने अहिले पुनः परीक्षण गर्न जरुरी नभएको बताए । डा गिरीले उनको अरुको जस्तै अब केही दिनमा दोस्रो परीक्षण हुने भन्दै अहिले प्रश्न उठाउनुको औचित्य नभएको बताए । 

घरबाट कतै नगएको व्यक्तिलाई कसरी कोरोना लाग्यो आश्चर्यमा परेकाले पुनः परीक्षण गर्न आग्रह गरिएको मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए।

अहिले ती बिरामीको अस्पतालको आइसीयुमा भेन्टिलेटरको साहायताले उपचार भइरहेको छ। अस्पालमा सिल गरिएको छ ।

कोरोनाको एक तिर तीन निशाना

गुल्मीका शिक्षकमा कोरोना पुष्टि भएपछि विभिन्न ठाउँ सिल गर्नु परेको छ । संक्रमितको घर रहेको मदाने गाउँपालिका अनिश्चितकालीन सिल गरिएको छ । शिक्षकमा कोरोना भएपछि अहिले कोरोनाले एक तिर तिन निशानाको काम गरेको छ ।

अर्घाखाँची जिल्लाको सन्धिखर्कस्थित छाया पोलिक्लिनकका १० जना स्वास्थ्यकर्मीको स्वाब पिसीआर जाँचको संकलन गरिएको छ ।

नमुना संकलन गरेर जाच गर्न भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाईएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिएका छन् । अर्घाखाँचीसँग जोडिएको गुल्मीका ती युवामा कोरोना संक्रमण पुष्टि भएसँगै अर्घाखाँची त्रासमा छ ।

सन्धिखर्कको छाया पोलिक्लिनकमा उनले चेक गरेर बुटबल गएका थिए । कोरोना संक्रमितलाई सन्धिखर्कबाट बुटबल पठाइएको थियो ।

उनको मणिग्राणस्थीत क्रिमशन अस्पतालमा जेठ १ गतेदेखि नै उपचार भइरहेको थियो । जुन अस्ताल पनि सिल गरिएको छ।  

मदाने गाउँपालिका अध्यक्ष दान बहादुर केसीले भने, ‘कोरोना निकै भयाकन रहेछ । एकतिरले तिन निशानको काम गरेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप