शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१० करोडको बुलेट प्रुफ गाडीमा चढ्छन् आमिर खान, शाहरुख–सलमानसँग छन् यस्ता महँगा गाडी

मङ्गलबार, ०६ जेठ २०७७, १३ : ४४
मङ्गलबार, ०६ जेठ २०७७

बलिउड थुप्रै सेलिब्रिटीले कारको राम्रै संकलन गरेका छन् । धेरैलाई विलासी कार चढ्ने शौख पनि छ । आज बलिउडका सेलिब्रिटीले कस्ता गाडी किनेका छन् र के चढ्छन् भन्ने बारे जानकारी यहाँ दिइएको छ ।

सलमान खानः

सलमान खानसँग टोयोटाको लग्जरी कार छ । यसको मूल्य २ करोड भारुभन्दा बढी छ । साथै उनीसँग ल्याण्ड रोवर रेन्ज भोग पनि छ । भारतमा यस्तो मूल्य करिब ३.१५ करोड पर्छ । आउडी आर८ सलमान खानलाई सबैभन्दा मनपर्ने गाडीमध्येको एक हो । यसको मूल्य करिब ३ करोड भारु पर्छ । यसमा उनी एक्लै यात्रा गर्न रुचाउँछन् । सलमानको गाडीको सूचीमा आउडी क्यू सेभेन पनि समावेश छ जसको मूल्य ८० लाख भारु छ । सलमान धेरैजसो आफ्नो परिवारसँग यहि गाडीमा यात्रा गरिरहेको देखिन्छन् ।

बादशाहः

डिजे वाले बाबू, कर गई चुल र मर्सीजस्तो सुपरहिट गीतका निर्माता र बलिउडका चर्चित र्यापर बादशाहले केही समयअघि १० करोड भारुको रोल्स रोयस खरिद गरेका थिए । यो गाडीको तस्बिर बादशाहले इन्स्टाग्राममा शेयर गरे ।

अमायरा दस्तूरः

ऋषि कपुरसँग राजमा चावलमा काम गर्ने अमायरा दस्तूरले पनि आफ्नो सपनाको कार खरिद गरिन् । अमायराले मर्सिडिज जीएलसी खरिद गरेर ठूलो कार किन्ने आफ्नो सपना पूरा गरिन् ।

सञ्जय दत्तः

सञ्जय दत्त स्पोर्टस कारका ठूला प्रशंसक हुन् । उनीसँग फरारी ५९९ जीटीबी छ । यो गाडीको मूल्य ३ करोड भारु पर्छ ।

प्रियंका चोपडाः

प्रियंका चोपडासँग थुप्रै गाडी छ । तर उनका यी कलेक्सनमा सबैभन्दा महँगो रोल्स रोयस हो । यो गाडीको मूल्य २ करोड भारु पर्छ ।

सनी लियोनीः

सनी लियोनीसँग पनि एउटा शानदार महँगो कार छ । उनलाई मसेराटी नामको गाडी उनका श्रीमान् ड्यानियल वेबरले उपहारस्वरुप दिएका हुन् । यो गाडीको मूल्य १.५ करोड भारु हो ।

अजय देवगनः

अजयलाई तीब्र गतिमा कुद्ने गाडी मनपर्छ । उनीसँग मसेराटी क्वाटोपोर्ट नामको गाडी छ जसको मूल्य १.४ करोड भारु पर्छ ।

अमिताभ बच्चनः

अमिताभ बच्चनसँग पनि गाडीको राम्रो कलेक्सन छ । तर सबैभन्दा विशेष रोल्य रोयस फ्यान्टम हो । अमिताभले यो कार सन् २०१३ मा खरिद गरेका थिए । यो कारको मूल्य ३.५ करोड भारु हो ।

आमिर खानः

आमिर खानसँग एउटा विशेष बुलेट र बम प्रुफ गाडी छ । आमिरको यो मर्सिडिज–एस६०० लग्जरी सेडानको मूल्य १० करोड भारु हो ।

शाहरुख खानः

शाहरुख खानसँग बुगाटी भेरोन नामको कार छ जसको मूल्य १२ करोड भारु हो ।

स्रोतः न्यूज18

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप