बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मैथिली भाषामा केकी र नाजिरको ‘राज्जा रानी’

मङ्गलबार, ०६ जेठ २०७७, १२ : ०७
मङ्गलबार, ०६ जेठ २०७७

काठमाडौं - अभिनेत्री केकी अधिकारी र नाजिर हुसेनको मुख्य भुमिका रहेको केही पहिले सावएजनिक प्रदर्शनमा आएको फिल्म ‘राज्जा रानी’ मैथिली भाषामा पनि सार्वजनिक भएको छ । फिल्म मैथिली भाषामा डबिङ सहित युट्युवमा ल्याइएको हो । 

आर्यन फिल्मस्को ब्यानरमा निर्माण फिल्ममा नाजिर हुसेन, केकी अधिकारी, कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, संगिता नापित, अरुण रेग्मी, दीपक क्षेत्री लगायतको मुख्य भूमिका रहेको छ । 

पश्चिम तराईको अर्तजातिय प्रेमकथामा निर्माण भएको फिल्म रमेश एमके पौडेलले बनाएका हुन् । दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी फिल्ममा रहेको छ । 

यम थापाको निर्देशन रहेको फिल्मले सार्वजनिक प्रदर्शनबाट भने नाफा हासिल गर्न सकेको थिएन । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप