केन्द्रीय संस्करण
कोरोनाभाइरस

के साँच्चै दक्षिण एशियाका मानिसहरुमा कोरोनासँग लड्ने क्षमता बढी छ ?

कोभिड–१९ को अत्यासलाग्दो प्रकोप : दक्षिण एशियामा किन तुलनात्मक कम मृत्युदर देखियो ?

person explore access_timeजेठ ६, २०७७ chat_bubble_outline0

युरोप–अमेरिकातिर कोभिडका कारण भइरहेका मृत्युदर अत्यासलाग्दो रहँदा त्यसको तुलनामा दक्षिण एशियाका देशहरुमा चाहिँ त्यो सापेक्षित रुपमा निक्कै कम छ । आखिर यस्तो किन भयो ? यसका कारण के हुन सक्छन् ? मूलतः पाकिस्तानको सेरोफेरोमा केन्द्रीत रहेको तर दक्षिण एशियाका मुलुकहरुको अवस्थालाई समेत समेटेर अलजजिरामा प्रकाशित असद हासिमको यो रिपोर्टले खोतलेका तथ्यहरु नेपालका हकमा पनि निक्कै सान्दर्भिक र मिल्दोजुल्दो हुन सक्छ ।  

इस्लामावाद, पाकिस्तान । वैज्ञानिकहरु तथा जनस्वास्थ्यविद्हरु कमजोर स्वास्थ्य संरचना र घना जनसंख्या हुँदा हुँदा पनि दक्षिण एशियाका केही देशहरुमा कोरोनाभाइरसका कारण भएको कम मृत्युदरबारे अनुसन्धान गरिरहेका छन् । यतिखेर कम जनघनत्व भएका तथा बलियो स्वास्थ्य प्रणाली भएका पश्चिमा मुलुकहरुको तुलनामा कोरोनाभाइरसका कारण हुने मृत्युदर दक्षिण एशियाका मुलुकहरुमा कम छ ।

मे महिनाका शुरुवाततिर, कोरोनाकार कारण भएका विश्वव्यापी रुपमा ९० प्रतिशत मृत्यु संसारका धनी राष्ट्रहरुमा भएको थियो । यो कुरा विश्वकै प्रसिद्ध मेडिकल जर्नल लानसेटमा प्रकाशित एक रिपोर्टमाउल्लेख छ । अझ त्यसमा चीन, ब्राजिल र इरानमा भएका मृत्युहरुलाई जोड्ने हो भने त कोरोनाका कारण विश्वव्यापी रुपमा भएको मृत्युको त्यो संख्या ९६ प्रतिशत पुग्छ ।

जोन हप्किन्स युनिभर्सिटी (जेएचयु)का तथ्यांकहरुले देखाएअनुसार सघन जनघनत्व भएका दक्षिण एशिया र अफ्रिकाका थुप्रै विकासोन्मुख देशहरुको स्थिति कोभिड–१९ का कारण हुने मृत्युका सन्दर्भमा निक्कै सकारात्मक रहेको छ ।

उता युरोपमा, कोरोनाभाइरसको संक्रमण पुष्टि भएका विरामीहरुको मृत्युदरको प्रतिशत (case fatality ratio)  धेरै उँचो रह्यो । जोन हप्किन्स युनिभर्सिटीका तथ्यांकअनुसार तीमध्ये फ्रान्सको १५.२ प्रतिशत, बेलायतको १४.४ प्रतिशत, इटालीको १४ प्रतिशत र स्पेनको ११.९ प्रतिशत मृत्युदर रह्यो । उता अमेरिकामा भने मृत्युदर ६ प्रतिशत रह्यो ।

त्यसको ठीक विपरीत दक्षिण एशियाका मुलुकहरुमा त्यो मृत्युदर (CFR)  निक्कै कम रह्यो । भारतको मृत्युदर ३.३ प्रतिशत, पाकिस्तानको २.२ प्रतिशत, बंगलादेशको १.५ प्रतिशत र श्रीलंकाको १ प्रतिशत रह्यो ।

दक्षिण एशियामा कोरोनाभाइरसका कारण मृत्यु हुनेहरुको संख्या न्यून रहेको कुराले वैज्ञानिक तथा स्वास्थ्यविद्हरुको दिमाग रिंग्याइदिएको छ ।  [File: Mohammad Ponir Hossain/Reuters]

हावर्ड विश्वविद्यायलका जनस्वास्थ्य विशेषज्ञ रिचर्ड क्यास र विक्रम पटेलले ल्यान्सेटमा लेखेका छन् : ऐतिहासिक कालदेखि नै धनी मुलुकहरु सुरक्षित ठानिएका थुप्रै घातक संक्रामक  रोगहरुको भण्डारका रुपमा बाँकी संसारलाई ठानिँदै आइएको छ  र उनीहरुले धनी राष्ट्रका सरकार तथा संगठनहरुबाट ठूलोमात्रामा सल्लाह र सहयोग पनि पाउँदै आएका छन् । तर ती क्षेत्रहरुमा कोभिड–१९ का संक्रमण फैलिन थालेपछि त्यो शंकास्पद बनेको छ ।


चिकित्सक र वैज्ञानिकहरुका मतमा कोभिड–१९ ले संसारका विभिन्न भागका जनसंख्यालाई कसरी संक्रमण गरिरहेको छ भन्ने सन्दर्भमा थुप्रै अविश्वसनीय र सम्भाव्य व्याख्याहरु हुनसक्ने बताइरहेका छन्, जसमा चाहे भौगोलिक विविधिताको फरक होस्, या एकै किसिमका भाइरससँगको एक्सपोजर पनि फरक तहमा भएका कुरा होस् । उनीहरुका अनुसार अझ त्यसमा त केही मुलुकहरुका मृत्युदरसम्बन्धी अपूरो तथ्यांकहरुले पनि गलत निष्कर्ष निकाल्ने अवस्था सिर्जना गरिरहेको हुन सक्छ ।


चिकित्सक र वैज्ञानिकहरुका मतमा कोभिड–१९ ले संसारका विभिन्न भागका जनसंख्यालाई कसरी संक्रमण गरिरहेको छ भन्ने सन्दर्भमा थुप्रै अविश्वसनीय र सम्भाव्य व्याख्याहरु हुनसक्ने बताइरहेका छन्, जसमा चाहे भौगोलिक विविधिताको फरक होस्, या एकै किसिमका भाइरससँगको एक्सपोजर पनि फरक तहमा भएका कुरा होस् । उनीहरुका अनुसार अझ त्यसमा त केही मुलुकहरुका मृत्युदरसम्बन्धी अपूरो तथ्यांकहरुले पनि गलत निष्कर्ष निकाल्ने अवस्था सिर्जना गरिरहेको हुन सक्छ ।

करिब २२ करोड जनसंख्या रहेको मुलुक पाकिस्तानमा स्वास्थ्य अवस्था यति कमजोर अवस्थामा छ कि त्यहाँ प्रति १० हजार व्यक्तिको भागमा ६ अस्पताल बेडहरु पर्न आउँछन् । त्यहाँ फेब्रुअरी २६ मा छिमेकी देश इरानबाट फर्केका एक व्यक्तिमा कोरोनाभाइरसको पहिलो केस देखिएको थियो ।

तत्पश्चात भाइरस तीब्र रुपमा फैलियो र मे १८ सम्ममा आइपुग्दा ४२ हजार १२५ जनामा संक्रमण देखापरिसकेको छ । यसले पाकिस्तान कोरोनाभाइरस संक्रमितको संख्याको हिसाबले संसारमा २० औं नम्बरको मुलुक बनेको छ । पाकिस्तानमा ९०३ जनाको मृत्यु भइसकेको छ र त्यस हिसाबले यो २६ औं नम्बरमा छ । यो मृत्युदर भनेको अमेरिकाको तुलनामा एक तिहाई हो भने केही युरोपेली मुलुकहरको तुलनामा १३ प्रतिशतसम्म कम हो ।

के तथ्यांकहरु सही छन्?

अनुसन्धानकर्ताहरुले सबैभन्दा पहिले सोध्ने प्रश्न नै तथ्यांकहरुको सहीपनाका बारेमा हुने गर्छ । के साँच्चै नै पाकिस्तान लगायत अन्य मुलुकहरुमा मृत्युको संख्याबारे आइरहेका तथ्यांक वास्तवमा नै सही छन् त ?

दक्षिण एशियाका कोरोनाभाइरस केसहरु

भारत – संख्या : ९६,१६९, मृत्यु : ३,०२९

पाकिस्तान – संख्या : ४२,१२५, मृत्यु : ९०३

बंगलादेश – संख्या : २३,८७० मृत्यु : ३४९

श्रीलंका – संख्या : ९८१ मृत्यु : ९

नेपाल – संख्या : ३०४ मृत्यु : २

माल्दिभ्स – संख्या : १०९० मृत्यु : ४

भुटान – संख्या : २१ मृत्यु : ०

(नोट: यो मूल लेखमा रहेको तथ्यांक हो । अहिले यसमा बृद्धि भइसकेको छ । ताजा तथ्यांकका लागि हेर्नुहोस् :वर्ल्डोमिटर)

In India, some have questioned whether deaths are being accurately documented, with as many as 78 percent of deaths not being medically certified under normal circumstances [Harish Tyagi/EPA]

भारतमा मृतकहरुको संख्या सही ढंगले प्रमाणित नगरिएको बारेमा प्रश्न उठाउन थालिएका छन्  । त्यहाँ सामान्य अवस्थामा ७८ प्रतिशत मृत्युहरु चिकित्सीय रुपमा प्रमाणित गरिँदैनन् ।

पाकिस्तानमा पनि सोही स्थिति हुन सक्ने सम्भावना छ । तर कोरोनाविरुद्धको महासंग्राममा सरकारसँग काम गरिरहेका स्वास्थ्यविद्हरुले त्यस्तो गल्तीको सम्भावना निक्कै कम हुने बताइरहको छन् ।

‘कोभिडका सन्दर्भमा त्यस किसिमका भय समग्र रुपमा छ किनभने मानिसहरु आफ्ना विरामीलाई अस्पतालमा ल्याउन चाहँदैनन्,’ मुलुककै सबभन्दा बढी जनघनत्व भएको शहर कराँचीका सबैभन्दा ठूलो सरकारी अस्पतालका प्रमुख डा. सिमीन जमाली भन्छन् ।

सरकारी अस्पतालहरुमा मृत्युको बेलामा कोभिड–१९ को संक्रमण पुष्टि भएकाका लासलाई अत्यन्तै कडा उपायहरुका साथ थान्को लगाइने गरिन्छ । त्यस कार्यमा पूर्ण रुपमा सुरक्षात्मक पोशाक लगाएका पदाधिकारीहरुले परम्परागत इस्लामिक परम्पराअनुसार लासको सदगत गरिन्छ ।

‘सम्बन्धित जिल्ला पदाधिकारी लास बुझ्न आउँछन् र हामी त्यो शरीरलाई व्यागमा प्याक गर्छौं ।  मृतकलाई लैजानका लागि राम्रो प्रणाली हुन जरुरी छ, किनभने यो त्यस्तो कुरा हो जुन होस् भनेर मानिसहरु चाहँदैनन्,’ जमाली भन्छन् ।


‘मृतकको शरीरलाई स्नान गराउने वा धुने प्रक्रिया पाकिस्तानमा मृत्युसंस्कारको एउटा अत्यन्तै महत्वपूर्ण हिस्सा हो, जसले गर्दा हामीले मानिसहरुलाई पूर्णत उपेक्षा गर्न तथा मृतकका परिवारजनलाई तिमीहरु आफैं लासको सदगत गर भनेर भन्न सम्भव नै हुँदैन’ उनी भन्छन् ।


‘मृतकको शरीरलाई स्नान गराउने वा धुने प्रक्रिया पाकिस्तानमा मृत्युसंस्कारको एउटा अत्यन्तै महत्वपूर्ण हिस्सा हो, जसले गर्दा हामीले मानिसहरुलाई पूर्णत उपेक्षा गर्न तथा मृतकका परिवारजनलाई तिमीहरु आफैं लासको सदगत गर भनेर भन्न सम्भव नै हुँदैन’ उनी भन्छन् ।

जमाली र अन्य विज्ञहरु के कुरा स्वीकार्छन् भने कोही मानिसको मृत्यु कोभिड–१९ को कारण भएको हो वा होइन भन्ने कुराको रिपोर्ट गर्ने सन्दर्भमा यसले पनि केही मात्रामा असर गर्ने गर्छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानका कोरोनाभाइरस संकटका सन्दर्भमा ‘फोकल पर्सन’ डा. फैसल सुल्तानका अनुसार सरकारले प्रान्तीय स्वास्थय अधिकारीहरुको प्रत्यक्ष संयोजनमा पाकिस्तानको वृहत पोलियो भ्याक्सिन सञ्जालको प्रयोग गरेर सबै मृत्युहरुको रेकर्ड राख्ने कुराको सुनिश्चित गरेको छ ।

अहिलेको अवस्थामा कोभिडका बारेमा स्वस्थ्य प्रणाली यति संवेदनशील बनेको छ कि ठूलो संख्यामा मृत्युका घटनालाई लुकाएर राख्न सकिने स्थिति नै छैन ।

पाकिस्तानको सबैभन्दा ठूलो अनुसन्धान अस्पताल कराँची स्थिति आगा खाँ युनिभर्सिटी अस्पतालका संक्रामक रोगसम्बन्धी विभागका प्रमुख डा. फैसल महम्मुदका अनुसार शहरका लास गाडिने स्थानहरुको तथ्यांकले गत वर्षको तुलनामा मृत्यु हुनेहरुको संख्यामा बृद्धि नभएको देखाएको बताए ।

उता कराँची, लाहोर, इस्लामावाद र कोरोनाभाइरसका थुपै्र केसहरु देखापरेको क्वेटा शहरहरुमा पनि कोरोनाभाइरस वा अन्य कारणले मर्नेहरुको संख्यामा बढोत्तरी भएको पाइएन ।

तर डा. महम्मुद सावधान गराउँछन्, ‘अहिले हाम्रो मृत्युदर कम नभएको पनि हुन सक्छ, बरु हाम्रोमा महामारी सुस्त भएको वा प्रारम्भिक अवस्थामा रहेको पनि हुन सक्छ र त्यसले अन्ततः यहाँ पनि मृत्युदर अन्यत्रकै जस्तो हुन पनि सक्छ ।’

युवा जनसंख्या

मृतकहरुको संख्यासम्बन्धी तथ्यांक सापेक्षित रुपमा सही छ भने, अरु देशहरुको तुलनामा पाकिस्तानमा किन मृतकहरुको संख्या कम छ भन्नेबारेमा अन्य थुप्रै सम्भाव्य व्याख्याहरुलाई खुला गर्छ ।

उदाहरणका लागि अमेरिकामा यो महामारीको उही चरणमा ६५ हजारको मृत्यु भयो । तर पाकिस्तानमा ९०३ जनाको मात्रै निधन भएको छ ।

पाकिस्तानमा युवा जनसंख्याको बाहुल्यता छ, जसको  मध्य उमेर(median age२२.५ छ । यसले पनि कम मृत्युदरमा भूमिका निर्वाह गरेको हुन सक्छ । फोटोः फायज अजिज, रोयटर्स)

संक्रामक रोग विशेषज्ञ तथा जनस्वास्थ्य अनुसन्धानकर्ता डा. अदनानका अनुसार कोरोनाभाइरसका कारण भएका मृत्युदरका सन्दर्भमा गरिएका धेरै जसो खोजहरुको सहसम्बन्ध अहिलेसम्मको अवस्थामा पुष्टि हुने तथ्यहरु तथा गहन अध्ययनमा नभई अनुमानमा आधारित छन् । तर दक्षिण एशियाका जनसंख्याको भौगोलिकता र दक्षिण एशियाली शरीर विज्ञानमा यसको उत्तर हुन सक्छ ।


संक्रामक रोग विशेषज्ञ तथा जनस्वास्थ्य अनुसन्धानकर्ता डा. अदनानका अनुसार कोरोनाभाइरसका कारण भएका मृत्युदरका सन्दर्भमा गरिएका धेरै जसो खोजहरुको सहसम्बन्ध अहिलेसम्मको अवस्थामा पुष्टि हुने तथ्यहरु तथा गहन अध्ययनमा नभई अनुमानमा आधारित छन् । तर दक्षिण एशियाका जनसंख्याको भौगोलिकता र दक्षिण एशियाली शरीर विज्ञानमा यसको उत्तर हुन सक्छ ।


(अरु सिद्धान्तहरुको तुलनामा) युवा जनसंख्याको परिकल्पना बढी तर्कसंगत हुन सक्छ,’ कोभिड–१९ ले धेरैको ज्यान लिएका अन्य देशहरुसँगको तुलनामा पाकिस्तनको जनसांख्यिकीमा युवाहरु बढीरहेको तथ्यलाई उल्लेख गर्दै उनी भन्छन्, ‘विकसित देशहरुमा धेरै जसो मृत्युहरु नर्सिङ होममा जीवन बिताइरहेका बृद्धावस्थामा मानिसहरुको भएका छन् ।’

बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार बेलायतमा कोरोनाभाइरससँग सम्बन्धि ३३,६१४ मत्युमध्ये ३७ प्रतिशतको मृत्यु बृद्धबृद्धा स्याहार केन्द्रमा भएका छन् । न्यूयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार अमेरिकामा यो संख्या कोरोनाभाइरसका कारण भएका मृत्युको संख्याको एक तिहाई छ ।

त्यसको विपरीत पाकिस्तानमा–सामान्यतः दक्षिण एशियामा नै– ती देशहरुको तुलनामा युवाहरुको बाहुल्यता छ, जसको मध्य उमेर २२.५ वर्ष छ ।

‘यो पनि एउटा कारण हुन सक्छ, किनभने जनसंख्याको पिरामिड हेर्ने हो भने, हामीकहाँ अमेरिका र युरोपको तुलनामा बृद्धबृद्धाहरुको संख्या कम छ, र हामीलाई थाहा छ, तिनीहरु नै धेरैजसो मरिरहेका छन्,’ डा. महम्मुद भन्छन् ।
 

फरक रोगप्रतिरोधी जवाफ

यसबारेमा अनुमान गरिएको अर्को पक्ष चाहिँ जनसंख्याको फरक रोगप्रतिरोधी चरित्र पनि हो ।

‘के यसको कारण हामी वरिपरिको वातावरण हो ? के फरक वातावरणीय पक्षहरुले हाम्रो रोग प्रतिरोधी क्षमतालाई कुनै तरिकाले परिवर्तन गरेको हो ? हामीकहाँ क्षयरोग जस्ता र अन्य थुप्रै डरलाग्दा संक्रमणहरु छन्, वा यो खोपहरुका कारण पनि हुन सक्छन्,’ महम्मुद भन्छन्, ‘तर त्यसका बारेमा हामीलाई जवाफ थाहा छैन ।’

जनस्वास्थ्य अनुसन्धानकर्ता अदनान खान के विश्वास गर्छन् भने अरु संक्रमणहरुसँगको सामनाले गर्दा पैदा भएको बलियो प्रतिरोधी क्षमता पनि कारण हुन सक्छन्, तर भ्याक्सिनको प्रयोगसँग त्यसको सम्बन्धका बारेमा अरु थप अध्ययनहरुबाट पुष्टि गरिनुपर्छ । 

पाकिस्तानी (दक्षिण एशियाका अरु देशहरुका) बालबालिकाहरु थुप्रै खोप पाउने गर्छन् । उनीहरुलाई १८ महिनाको उमेरभित्रै नौ विभिन्न रोगहरुका विरुद्ध कैयनपटक खोपहरुलाई लगाइन्छन् ।

कम मृत्युदर हुनुमा यो पनि एउटा पक्ष हुन सक्ने डा. सुल्तान मान्छन् तर साथसाथै त्यो निष्कर्षमा पुगिहाल्न नमिल्ने कुराको चेतावनी पनि दिन्छन् किनभने धेरैले हतार गरेर क्षयरोगका विरुद्धको बीसीजी खोपले कोभिड–१९ का विरुद्धमा ठूलो प्रतिरोधी क्षमता दिने निष्कर्ष निकालिसकेका छन् ।


‘थुप्रै रोगहरुसँगको सामना र विभिन्न खोपहरुले हाम्रो शरीरको रोगप्रतिरोधी प्रणालीलाई बदलिदिएकोको बारेमा मानिसहरु कुरा गर्ने गर्छन्,’ उनी भन्छन्, ‘यी सबै कुराहरु हुन सम्भव छ, तर अहिलेसम्म कसैले पनि यसलाई बुँदागत रुपमा प्रमाणित गर्न सकेका छैनन् ।’


‘थुप्रै रोगहरुसँगको सामना र विभिन्न खोपहरुले हाम्रो शरीरको रोगप्रतिरोधी प्रणालीलाई बदलिदिएकोको बारेमा मानिसहरु कुरा गर्ने गर्छन्,’ उनी भन्छन्, ‘यी सबै कुराहरु हुन सम्भव छ, तर अहिलेसम्म कसैले पनि यसलाई बुँदागत रुपमा प्रमाणित गर्न सकेका छैनन् ।’

‘अर्को सम्भाव्य पक्ष दक्षिण एशियाका वातावरण पनि हुन सक्छ,’ दक्षिण एशियाको औसत बढी तापक्रम र सूर्यको प्रकाशको मात्रा तथा सूर्यको अल्ट्राभायोलेट विकीरणको कम मृत्युदरसँगको सम्बन्धतर्फ जोड्दै उनी भन्छन् ।

अहिलेसम्म उपलब्ध तथ्यांकहरुका आधारमा अनुसन्धानकर्ताहरुले मृत्युदर उँचो रहेको युरोप र अन्य मुलुकहरुको तुलनामा दक्षिण एशियामा संक्रमण फैलाइरहेको नोबेल कोरोनाभाइरसको प्रजाति अर्थपूर्ण तरिकाले फरक रहेको सम्भावनातर्फ औंल्याइरहेका छन् ।

‘जैविक रुपमा कोरोनाभाइरसले धेरै रुप बदल्दैन भन्ने हामलिाई थाहा छ–यद्यपि जब भाइरसले संख्या बृद्धि गर्छ, त्यसले आफैंमा अलिकति रुप बदलिइहाल्छ, तर कोरोनाभाइरसमा गल्ती–प्रतिरोधी इन्जाइम हुन्छ, जसले गर्दा तिनीहरुले कम रुप बदल्छन्,’ डा. महम्मुद भन्छन्, ‘यी रुप बदलाइहरुले भाइरस कत्तिको विषाक्त छ भन्ने कुरालाई सधैं प्रभाव पार्दैन... बरु त्यसको घातकताभन्दा पनि त्यसको प्रकारलाई पहिचान गर्ने कुरामा चाहिँ बढी उपयोगी हुन्छन् ।’


अहिलेसम्म उपलब्ध तथ्यांकहरुका आधारमा अनुसन्धानकर्ताहरुले मृत्युदर उँचो रहेको युरोप र अन्य मुलुकहरुको तुलनामा दक्षिण एशियामा संक्रमण फैलाइरहेको नोबेल कोरोनाभाइरसको प्रजाति अर्थपूर्ण तरिकाले फरक रहेको सम्भावनातर्फ औंल्याइरहेका छन् ।


कारण जेसुकै होस्, अनुसन्धानकर्ताहरुका अनुसार कोरोनाभाइरसका कारण केही निश्चित देशहरुमा किन कम मृत्यु भइरहेको छ भनेर बुँदागत रुपमा भन्नु अत्यन्तै आलाकाँचा हुनेछ । 

‘म प्रष्ट पार्न चाहन्छु : अहिले के भइरहेको छ (कम मृत्युदर सन्दर्भमा) भन्ने बारे पक्का रुपमा हामीलाई केही थाहा छैन,’ डा. सुल्तान भन्छन् ।

संक्रमणको फराकिलो व्यापकता, कम मृत्यु

अर्कोतिर, कराँचीस्थित गेज फर्मास्युटिकल्सका पब्लिक हेल्थ एण्ड रिसर्चका प्रमुख डा. वाजिहा जाभेदले मृत्युको जाँच गरेर पाकिस्तानीहरुमा भाइरसको व्यापकताको परीक्षण गरिरहेकी छिन् ।  उनको अनुसन्धानको नतिजाले पाकिस्तान तथा सामान्यतः यस क्षेत्रकै जनताले भाइरसप्रति भिन्न ढंगले प्रतिक्रिया जनाइरहेका छन् ।

अरु विकासशील देशहरुले जस्तै पाकिस्तानले पनि प्रतिदिन सीमित संख्यामा मात्रै परीक्षण गरिरहका छन्, जुन प्रायः पीसीआर स्वाव टेस्ट हुन् । सरकारी तथ्यांकअनुसार पाकिस्तानले महामारी शुरुभएदेखि यता ३ लाख ८७ हजार ३ सय ३५ परीक्षण गरेका छन्  । ती परीक्षण पनि प्रायःजसो गरेर लक्षण देखिएका मानिसहरुमा बढी गरिएका छन् ।

जावेदले आफ्नो सर्भेक्षणमा लक्षणरहित ढंगले भाइरसलाई बोकिरहेकाहरुको व्यापकता सोचेभन्दा निक्कै धेरै मात्रामा रहेको फेला पारेका छन् । उनको कारखाना तथा कार्यालयका ४ हजार कर्मचारी, कामदारहरुमा गरिएको परीक्षणमा ७ देखि ८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ ।


‘हाम्रो रोग फरक छ । हामीकहाँ अति सामान्य लक्षण वा लक्षण नै नदेखाइरहेका मानिसहरु छन् । यसले के संकेत गरेको हुन सक्छ  भने हामीसँग आन्तरिक रुपमा त्यस्तो केही प्रतिरोधी क्षमता छ जसले हामीलाई रोगको जटील वा मध्यम अवस्थामा जानबाट बचाइरहेको छ,’ रोगको जटीलतालाई भोग्नेरुमा पनि मृत्युको उत्तिकै जोखिम हुने कुरामा जोड दिँदै उनी थप्छिन् ।


‘यो नतिजा सामान्य मानिसहरुमा देखिएको हो, जो अस्पताल गइरहेका छैनन्, बिरामी छैनन् र कुनै लक्षणहरु देखाइरहेका छैनन्,’ उनी भन्छिन् । नमूना संकलन गरिएकाहरुमध्ये ९० प्रतिशतजतिले कुनै लक्षण नै नदेखाइरहेको कुरा उनी बताउँछिन् ।

‘हाम्रो रोग फरक छ । हामीकहाँ अति सामान्य लक्षण वा लक्षण नै नदेखाइरहेका मानिसहरु छन् । यसले के संकेत गरेको हुन सक्छ  भने हामीसँग आन्तरिक रुपमा त्यस्तो केही प्रतिरोधी क्षमता छ जसले हामीलाई रोगको जटील वा मध्यम अवस्थामा जानबाट बचाइरहेको छ,’ रोगको जटीलतालाई भोग्नेरुमा पनि मृत्युको उत्तिकै जोखिम हुने कुरामा जोड दिँदै उनी थप्छिन् ।

उनी भन्छिन्, ‘यसको अर्थ यो पटक्कै होइन कि हामी संक्रमित छैनौं र हामीले अरुलाई संक्रमित तुल्याइरहेका छैनौं ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.