शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली दूतावास युएईद्वारा राहत बितरण

सोमबार, ०५ जेठ २०७७, २० : १४
सोमबार, ०५ जेठ २०७७

युएई । नेपाली दूतावास युएईले राहत बितरण गरेको छ।नोबल कोरोना भाइरस (कोभिड१९) का कारण युएईमा समस्यामा परेका नेपालीहरुलाई एक हजार प्याकेट खाध्यान्न बितरण गरेको हो।

युएईको इमिरेट्स फाउन्डेसन तथा लुलु एक्स्चेन्जको सहयोगमा नेपाली दूतावास अबुधाबीले आज एक हजार किट राहत सामाग्री (Food Kits)गैर आवासीय नेपाली संघ युएई र नेपाली समाज युएई अन्तर्गतका सामाजिक सँघसंस्था मार्फत वितरण सुरु गरेको हो।

दूतावासले उपलब्ध गराएको १ हजार किट खाद्यान्न मध्य ४०० किट गैर आवासीय नेपाली संघ युएई,तिन सय किट नेपाली समाज युएई अन्तर्गतका सामाजिक सँघसंस्था र तिन सय किट खाध्यान्न दूतावास आफैले बितरण गरिने जनाएको छ।

दूतावासले खाद्यान्न समस्या परेका नेपालीहरूले अबुधाबीको हकमा नेपाली दुतावास र अन्य इमिरेट्सहरूको हकमा गैर आवासीय नेपाली संघ र नेपाली समाज युएईका प्रतिनिधिहरूसँग सम्पर्क गर्न सबैमा अनुरोध समेत गरेको छ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बिशेष गरि जागिर गुमेका, बेतलबी, बिरामी, गर्भवती, बालबच्चा, भिजिट भिसामा अलपत्र परेका र खानै नपाएको एक हजार नेपाली नागरिकहरुलाई १५ दिन पुग्ने खाद्यान्न बितरण गरिएको रातोपाटीलाई बताए।

राजदुतले बिभिन्न कारणले बिदेशमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्दार गर्न सरकारले आन्तरिक गृहकार्य गरिरहेकोले कसैलाई पनि नआत्तिन अनुरोध गरे।

उनले केहि दिन अघि रातोपाटी टिभीको ‘द भ्यू’ कार्यक्रममा बोल्दै पीडित नेपालीहरूलाई गैरआवासीय नेपाली संघ एनआरएनए र नेपाली समाज युएईसँग समन्वय गरेर नेपाल सरकारको निति अनुरुप राहतस्वरूप खाद्यान्न वितरण गरिने बताएका थिए।

ढिलै भएपनि नेपाल सरकारको समन्धित निकायले पिडित आफ्ना नागरिकहरुलाई उपलब्ध गराएको रहातको सबैले प्रशसा गरेका छन्। दूतावासले सहयोगी दाता इमिरेट्स फाउन्डेसन तथा लुलु एक्स्चेन्ज युएईलाई बिशेष धन्यवाद ब्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप