शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा कर्मचारीको कोरोना बीमा

सोमबार, ०५ जेठ २०७७, १७ : १६
सोमबार, ०५ जेठ २०७७

काठमाडौं– महालक्ष्मी विकास बैंकले विश्व माहामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीको कोभिड–१९ बीमा गरेको छ ।

यस प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण कर्मचारीको कोभिड–१९ बीमा गरेको छ । बैंकले कोभिड–१९ बाट भविष्यमा आइपर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउँदै १ वर्षको लागि प्रत्येक कर्मचारीको कोभिड–१९ बीमा गरेको हो ।

देश पूर्णतया लकडाउनमा रहेको अवस्थामा पनि ग्राहकवर्गको बैंकिङ्ग आवश्यकता परिपूर्ती गर्नका लागि महालक्ष्मी विकास बैंकले आफ्ना शाखाहरु सञ्चालनमा ल्याउदै बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप