केन्द्रीय संस्करण

आस र त्रासका बीच मेरो अप्रत्यासित नेपाल भ्रमण

person explore access_timeजेठ ५, २०७७ chat_bubble_outline0

डा. अनामिका पाण्डे

सदा झैं त्यो दिनपनि एउटा नियमित शुक्रवार मात्रै थियो, फरक यत्ति थियो कि त्यसै दिन मेरो जन्म दिन परेको थियो । शुक्रवार मध्यपूर्वी देशहरूमा सार्वजनिक बिदा हुने गर्दछ । 

म ओमान आएको पनि दुई वर्ष पूरा भइसकेको छ । यहाँ आइसकेपछि मेरो घर भारत फर्किन सधैँजस्तो आनाकानी गरिरहेँ । पुरानो पुस्ता र मैले प्रतिनिधित्व गर्ने नयाँ पुस्तावीच विचार र सोचाइमा एउटा जुनखालको भिन्नता छ, त्यसैले गर्दा किन हो किन मलाई घर फर्किन उत्साहित नै पारेन । 

म आफैलाई एक आधुनिक विचारसहितको प्रखर नारीवादी महिला ठान्दछु । म नितान्त स्वतन्त्र जीवन जिउँदै, आफ्ना जीवनको, आफ्ना निर्णयहरूको मालिक आफैँ बन्न र आफ्ना ती सवै निर्णयहरूको नियन्त्रण आपैm गर्न सकौँ भन्ने चाहन्छु । यो मेरो परिवार र नातेदारका लागि पूर्णतया अस्वीकार्य विचार हो । मानसिक शान्ति कायम राख्ने सवैभन्दा राम्रो उपाय भनेकै आफन्तबाट टाढै रहेर व्यक्तिगत द्वन्द्वहरूबाट जोगिनु नै हो । 

त्यस दिन मेरा केही स्कूल/कलेजका साथीहरू, मेरी आमा र केही नातेदारहरूले मलाई जन्म दिनको शुभकामना दिन फोन गरे । मलाई थाहा थियो, मेरा बाबा सधैँ काममै तल्लीन रहने हुँदा उहाँलाई पारिवारीक मामलामा त्यति सारो थाहै हँदैनथ्यो । त्यसैले मलाई उहाँले फोन गर्नुहुन्न भन्ने थाहा थियो । र, यो पनि थाहा थियो कि सदा झ यसपटक पनि मेरी आमाले नै उहाँलाई मेरो जन्मदिनबारे सम्झाउनु पर्नेछ । 

निश्चित योजनाअनुसार नै त्यो शुक्रवार साँझ मेरो जन्मोत्सव मनाउने क्रममा मैले केही घनिष्ट मित्रहरूलाई एउटा रेष्टुराँमा निम्त्याएँ र उनीहरूसँग भेटघाट पनि गरें । जन्मोत्सव मनाउने क्रममै हामी हाम्रा भविष्यका योजना र लक्ष्यहरूबारे पनि छलफल गर्दै थियौं । सवै योजनाहरू, लक्ष्यहरू हामीलाई अत्यन्त महत्वपूर्ण लाग्थे, महान लाग्थे । आफ्ना योजनाहरू आपूmले चाहेकै गतिमा दौडिरहेका पाउँदा जीवन उत्साहित, सुन्दर र चहकिलो बन्दैछ भन्ने लाग्दथ्यो । साँझ अलि ढिलो मैले आफ्नो फोन हेरेँ ।

मेरी आमाले गरेका केही मिस्ड कलहरू मोबाइल फोनको स्क्रिनमा देखिए । मैले तुरुन्तै आमालाई फोन गरेँ तर रेष्टुराँको चर्को सङ्गीतको धुनले गर्दा मैले उहाँको कुरै राम्ररी बुझिनँ । म रेष्टुराँबाट बाहिर निस्केँ र पुनःफोन गरेँ । फोन सम्पर्क हुँदासाथ मेरी आमाले मलाई जुन शब्द भन्नुभयो, त्यो सुनेर म एक्कासि छाँगाबाट खसेँ भैंm स्तब्ध भएँ । त्यस्तो शब्द जुन असोचनीय थियो, त्यस्तो शब्द, जसले तत्कालै एउटी चुलबुले महिलालाई एक जिम्मेवार छोरीमा परिणत गरिदिएको थियो । उहाँले भन्नुभयो– ‘तिम्रो बाबालाई मस्तिष्कश्राव भएको छ ।’ उहाँ फोनमै रोइरहनु भएको थियो र, आफ्नो कम्पित आवाजमा उहाँले मलाई भन्नुभयो– ‘बेटा तुरुन्तै दिल्ली फर्क हामी नेपाल जानुपर्छ ।’

मेरा बाबा केवल दुई दिनपूर्व मात्रै अर्थात् फागुन ४ गते बुधवार नेपाल जानु भएको रहेछ । नेपालको दुर्गम स्थानमा रहेको एक नयाँ कारखानाको विलिङ् प्रमुखका रुपमा कार्य गर्न उहाँ त्यता जानुभएको रहेछ । तर जागिर प्रवेश गर्ने औपचारिकता पूरा गर्न अझै केही समय लाग्ने भएकै कारण उहाँ काठमाडौंमै अड्किनु भएको रहेछ ।

फागुन ६ गते शुक्रवार उहाँमा भएको तीव्र मस्तिष्कश्रावपश्चात् उहाँलाई काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटल पु¥याइएछ । तर तत्काल त्यस अवस्थामा उहाँको स्वास्थ्य अवस्था ठ्याक्कै के कस्तो थियो भनेर हामीलाई कुनै जानकारी थिएन । उहाँ प्रवेश गर्न लागेको कम्पनीका तर्पmबाट कोही व्यक्तिले मेरी आमालाई फोन गरेर उहाँलाई नर्भिकमा भर्ना गरिएको, उहाँ सिकिस्त र बेहोस अवस्थामा भएको खबर गर्नु भएछ । उहाँले मेरी आमालाई जति सक्यो चाँढो नेपाल आउन पनि भन्नु भएछ । मैले मेरी आमा भोलि बिहानै दिल्लीबाट काठमाडौं पुग्नुहोस् भनेर उहाँको नाममा हवाई टिकट बुक गरिहालेँ । 

फोनमा मेरी आमा आत्तिएर रुनु भएको आवाजले म मानसिक रूपमा विचलित भएकी थिएँ । मैले जीवनमा कहिल्यै पनि आफ्नो जिम्मेवारी र कर्तव्यबाट चुकेको अनुभव गरेकी थिइन । पहिलो पटक यो अनुभव गरेँ । 

म रेष्टुराँ भित्र गएँ । तर केही मिनेट पहिले साथीहरूसँगै तय गरिएका भविष्यका महत्वकाङ्क्षी योजनाहरू अनायासै हावामा विलीन हुन पुगे । म क्यानाडामा रहेको मेरो सानो भाइका बारेमा सोच्न थालेँ, अब यो घटना कसरी म उसलाई सुनाऊँ भनेर विचलित भएँ । के उसले यो घटनालाई स्वीकार्न सक्छ ? सहजताका साथ लिन सक्छ ? उसले कसरी प्रतिक्रिया देला आदि, इत्यादि सवालहरू मनमा ज्वारभाटा भएर ओहोरदोहोर गरिरहे । ऊ केवल दुई महिनापूर्व मात्रै क्यानाडा गएको थियो र विद्यार्थीका रुपमा स्थायित्व प्राप्त गर्न अभैm सङ्घर्ष गरिरहेकै थियो । 

यी र यस्तै विचारहरू र उदासीपनकै बीच मैले आफ्ना साथीहरूलाई घटनाबारे बताएँ र तत्कालै नेपाल जाने तयारीका लागि आफ्नो अपार्टमेन्ट तर्पm लागेँ । मेरा घनिष्ट मित्रहरूमध्येका एकले मलाई मेरो अपार्टमेन्टसम्म साथ दिए । बाटोमा मैले ओमानबाट भोलिपल्ट नेपाल उड्ने पहिलो जहाजको टिकट बुक पनि गरेँ । अपार्टमेन्ट पुग्दा ‘अकिरा’नाम गरेको मेरी प्यारो बिराली ढोकैमा मलाई कुरेर बसेकी थिई । म चाँढै घर आएको देखेर ऊ खुसी थिई र सामान प्याकिङ्ग गर्ने व्याग बाहिर निकाल्दा ऊ झनै रोमाञ्चित बनेकी थिई । सायद बजार घुम्न जाँदा मैले उसलाई साथै लानेछु भन्ने लागेको थियो । तर जब उसले म धेरै टाढा, ऊ जान नसक्ने ठाउँमा जान लागेको चाल पाई, तब ऊ मबाट केही टाढा बसी र आँखा झिमिक्क पनि नगरी आँखा तरेर मलाई घुर्न थाली । मैले भने– “अकिरा बेबी, मेरो बाबालाई सञ्चो छैन, मैले जानैपर्छ, तर म छिट्टै फर्किन्छु ।” उसले मलाई वास्तै गरिन, केवल लगातार हेरी मात्र रही । मैले अपार्टमेन्टको ढोका बन्द गरेँ र आफ्नो मित्रलाई साँचो हस्तान्तरण गरेँ ता कि मेरो अनुपस्थितिमा मेरा मित्रले अकिराको पनि रेखदेख गर्न सकून् । 

मैले नेपाल जाने ओमानको पहिलो अर्थात् फागुन २४ गते शनिवार बिहान सबेरैको फ्लाइट समातेँ र दिउँसो नै म काठमाडौं पुगेँ पनि । उडानको पूरै समय म मोबाइलको नेटवर्कबाट वञ्चित रहँदा मेरो मोबाइल बन्द रह्यो । तर म मेरा बाबाको स्वास्थ्य अवस्था थाहा पाउन मोबाइल नेटवर्कको हतासपूर्ण पर्खाइमा त थिएँ नै । साथसाथै मेरो मन–मस्तिष्क हजारौँ अनुत्तरित प्रश्नहरूको चत्रव्यूहमा रुमल्लिएको थियो । 
नेपालको सिमानापार गर्नै लाग्दा हवाईजहाजको झ्यालबाट नेपालका असंख्य सुन्दर र रमणीय पहाडी भू–भाग तथा हिमाली श्रृङ्खला देख्न थालेँ तर उजाड भावना र अशान्त मन–मस्तिष्कका कारण मेरा आँखाले तिनको रसास्वादन गर्न सकेनन्, न त प्रशंसा नै गर्न सके । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै ट्याक्सी लिएर म सीधै नर्भिक इन्टरनेशनल हस्पिटलतर्फ लागेँ, जुन विमानस्थलबाट त्यति टाढा पनि थिएन । जब म हस्पिटल पुगेँ र आफ्ना पाइला हस्पिटल परिस रभित्र राख्न थालेँ, ती पाइलाहरू वास्तवमै अत्यन्त गहु्रङ्गा सावित भए । बाबाका बारेमा कुनै जानकारी नभएका कारण मैले हस्पिटलको सोधपुछ कक्षमा सम्पर्क गरेँ । तिनले बाबा सर्जिकल आइ.सी.यु.मा भएको जानकारी दिएपश्चात् म हतारहतार सर्जिकलआइ.सी.यु.को रिसेप्सनमा पुगेँ, जहाँ अत्यन्तै व्याकुलताका साथ मेरी आमा बसिरहनु भएको रहेछ । आमा ज्यादै त्रस्त र कमजोर देखिनु हुन्थ्यो । मैले उहाँलाई नभेटेको दुई वर्षभन्दा बढी भएको थियो । 

मैले उहाँलाई सान्त्वना दिंदै भने– सवै कुरा समय आएपछि ठीक हुन्छ । आपूmलाई वास्तविकता केही थाहै नहुँदा पनि सान्त्वना दिनुबाहेक मसँग अर्को विकल्प पनि त थिएन । हामी हस्पिटल प्ुग्नुपूर्व नै अर्थात् फागुन २४ गते शनिवार बिहान ६ बजे मेरा बाबाको मस्तिष्कको शल्यक्रिया सम्पन्न भइसकेको रहेछ । आइ.सी.यु.भित्र गएर मैले उहाँलाई हेरेँ । यी सबै केवल एक दुःस्वप्न मात्र होऊन् जस्तो पनि लाग्यो र म निद्राबाट ब्यूझिँदा सवै चीज पहिले जस्तै सामान्य हुन्छन् जस्तो कल्पना पनि गरेँ । तर वास्तविकता प्रतिकूल थियो । मेरा बाबा जीवनका लागि मृत्यसँग संघर्ष गर्दै भेन्टिलेटरमा हुनुहुन्थ्यो । उहाँको शरीर धेरै तार र पाइपहरूले घेरिएको थियो र उहाँ इन्तु न चिन्तु शैयामा लडिरहनु भएको थियो । 

म स्वयम् पनि दन्त रोग विशेषज्ञ भएकी र चिकित्सा शब्दावलीहरू र शरीर सञ्चालनका मापदण्डहरू राम्ररी बुझ्ने भएकीले मेरा बाबाको स्वास्थ्य अवस्थामा सुधार आउन कुनै चमत्कार होला भनेर विश्वास गर्न सक्ने अवस्था पटक्कै थिएन । 

नर्भिकको सर्जिकल आइ.सी.यु.मा कार्यरत चिकित्सकहरूले बताएअनुसार मेरा बाबाले प्रवेश गर्न खोज्नु भएको कम्पनीका कोही सहकर्मीले उहाँलाई अचेत अवस्थामा (अर्थात् जीवन सङ्केत विहीन अवस्थामा) अघिल्लो दिन राति ल्याई त्यहाँ भर्ना गरेका थिए । भर्ना गरिएको भोलिपल्ट बिहानै बाबाको मस्तिष्कको जटिल शल्यक्रिया भई मस्तिष्क भित्र जमेर रहेको रगत हटाइएको भएता पनि उहाँको अवस्था अत्यन्तै जटिल थियो । आइ.सी.यु. कक्षबाट म बाहिर निस्कनासाथ आमा मतर्फ हतारिँदै आउनुभयो र बाबाको स्वास्थ्य अवस्थाबारे सोध्नुभयो । म अवाक् थिएँ, मसँग उहाँलाई सान्त्वना दिने कुनै सकारात्मक उत्तरै थिएन । 

त्यसै दिन अर्थात् फागुन २४ गते अपरान्ह सर्जिकल गाउन लगाएका एक चिकित्सक सर्जिकल आइ.सी.यु भित्र छिरे । केही मिनेटपश्चात् ती डाक्टरले हामीलाई भेट्न चाहेको भन्दै एक नर्स हामीलाई बोलाउन आइपुगिन् । नीलो सर्जिकल गाउन लगाएका ती चिकित्सक रहेछन्– वरिष्ठ स्नायु शल्य चिकित्सक प्रा.डा. राजीव झा, जसले मेरा बाबाको मस्तिष्कको शल्यक्रिया गरेका रहेछन् । प्रा.डा. झाले मेरा बाबाको स्वास्थ्य अवस्थावारे हामीलाई अत्यन्तै शान्त तबरबाट, कुनै पनि नकारात्मक अभिव्यक्ति विना नै सम्झाउनु भयो, बुझाउनु भयो । 

पछि अर्थात् त्यसैदिन साँझ इण्डिया र ओमानका मेरा सम्पर्कमा रहेका धेरै स्नायु शल्यचिकित्सकहरूसँग मैले मेरा बाबाको अवस्थाबारे बुझ्न सम्पर्क गरेँ । मैले बाबाको स्वास्थ्यसम्बन्धी वास्तविक जानकारी दिएपछि सबैले उहाँको स्वास्थ्य सुधारका लागि भगवानसँग प्रार्थना गर्नुभन्दा अरु धेरै गर्न नसकिने बताए । धेरैले चाहिँ भारतमा चिकित्सा सुविधा तुलनात्मकरूपमा राम्रो भएकाले उतै लैजान सल्लाह पनि दिए । तर दुर्भाग्य नेपाल र भारत दुवै देशमा कडा बन्दाबन्दी लागू भइसकेको, हवाई उडान पूर्णतया निषेध भएको अवस्था थियो । 

आशाको एक मात्र दियो भन्नु नै डा. राजीवले विरामीको स्वास्थ्यमा जति सुकै गिरावट आए पनि उपचार नछोड्नु, निरन्तर प्रयास गर्नु, सधैँ सकारात्मक सोचका साथ प्रयास गरिरहनु मात्र थियो । उहाँले हामीलाई आशाको सानो किरण देखाउनु भयो, जुन हामीलाई चित्त बुझाउन पर्याप्त भन्दा बढी नै थियो । 

पूरा एक सप्ताहसम्म मेरा बाबा भेन्टिलेटरमा हुनुहुन्थ्यो । पूरै एक हप्ता हामी पनि भोक र निद्राबाट बञ्चित रह्यौं । आइ.सी.यु. भित्रको मेसिनबाट आइरहने टुँ टुँ आवाजले हामीलाई हरपल तर्साइ नै रह्यो । पूरा दिन आइ.सी.यु. कक्षभन्दा बाहिरपट्टि बस्नु र मेरी आमाले निरन्तर भगवानसँगै प्रार्थना गरिरहेको देख्नु मेरा नियति नै भइसकेका थिए । राति हस्पिटलबाट फर्किंदा पनि के हुने हो, कस्तो खबर आउने हो भनेर हामी तनावमै हुने गथ्र्यौ । यी सब वेदना र आशङ्काका बीच कोरोना भाइरस महामारीको चपेटा त छँदै थियो ।

एक स्वच्छन्द व्यक्ति भएका कारण यस्ता खाले असोचनीय घटना/परिघटनालाई झेल्न आफूलाई तयार पार्नु त परै जाओस्, यस्तो अवस्था त सोचेकी पनि थिइनँ । तर अहिलेको अवस्था अर्कै भइदियो । परिवारमा सबै कुराको जिम्मेवारी बहन गर्ने मूली नै केही भन्न नसकिने अवस्थामा पुगिसकेका थिए । र अब जिम्मेवारीहरू जबर्जस्ती मेरा काँधमा थोपरिएको महसुस गर्दै थिएँ म । अत्यन्त प्रतिकूल हुँदाहुँदै पनि यस्तो अवस्थामा वास्तवमै व्यक्तिलाई जीवनबारे बुझ्ने र सिकाउने उत्कृष्ट अवसर बन्दो रहेछ ।

कोरोनाभाइरस महामारीका कारण सिर्जित बन्दाबन्दीका बीच हामी न त विरामी लिएर घर फर्किने अवस्थामा थियौं, न राम्रोसँग हिँड्डुल गर्ने अवस्थामै थियौँ । काठमाडौं हाम्रा लागि सर्वथा नौलो त छँदै थियो, हामीलाई टाउको माथिको छत र दुई छाक राम्ररी खानाको व्यवस्थापन पनि त्यत्तिकै चुनौतीपूर्ण थियो । 

प्रत्येक दिन हाम्रा लागि एक वर्ष झैँ लाग्दथे, अत्यास लाग्दो, उराठलाग्दो, र कहिल्यै नसकिने । प्रत्येक दिन कुनै न कुनै नयाँ चुनौती आई नै हाल्थे, चाहे त्यो भावनात्मक होस् वा मानसिक वा शारिरिक वा आर्थिक नै किन नहोस् । हामीलाई कुनै पारिवारिक सदस्य, नातेदार वा आफन्त आई सहयोग, सान्त्वना दिने अवस्थाको कल्पना गर्ने पनि ठाउँ थिएन । हाम्रा सहारा भने पनि, सान्त्वना भने पनि केवल हस्पिटलका तिनै चिकित्साकर्मीहरू, नर्सहरू र केही स्थानीय विरामी कुरुवा व्यक्तिहरू थिए । तिनैसँग सामान्य कुराकानी गरेर समय व्यतीत हुन्थ्यो ।

करिब एक महिना बित्यो । अन्तिममा डा. राजीब झाले बाबालाई आइ.सी.यु.बाट सामान्य वार्डमा सार्ने योजना हामीलाई सुनाउनु भयो । चैत्र ११ गते मंगलवार उहाँलाई सामान्य वार्डमा सारियो । यो हाम्रो जीवनकै सबैभन्दा सुखद् घटना थियो । र त्यो नै हामीले त्यत्तिका दिनदेखि कल्पना गर्दै आएको एक सपना पनि । सामान्य वार्डमा सारिएपछि हामीले बढी भन्दा बढी समय बाबासँगै बिताउन पायौँ । तर पनि उहाँ ठीकसँग कुराकानी गर्ने अवस्थामा हुनुहुँदैनथ्यो, उहाँका इसारा बुझेर हामी काम गथ्र्यौं । 

पहिले पहिले मलाई मेरा बाबासँग वार्तालाप गर्नु नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । उहाँको फोन उठाउन पनि झर्को मान्थें, कति सुन्नु अर्ति उपदेश ! मलाई लाग्थ्यो उहाँ बढी नै बोल्नु हुन्थ्यो । तर आज म उहाँका शब्दहरू सुन्न सबैभन्दा बढी लालायित छु, उहाँका खप्की र उपदेश सुन्न व्यग्र प्रतीक्षामा छु । बस्, यस्तै भएको छ, मेरो साना भाइलाई पनि ! जब उसले एक सातासम्म बाबाको फोन सुन्न पाएन, ऊ आत्तिन थाल्यो र आमालाई सोध्न थाल्यो– किन बाबाको फोन आएन भनेर ।

जब बाबालाई भेन्टिलेटरमा राखियो, तब नचाहँदा नचाहँदै पनि यो खबर उसलाई सुनाउन हामी बाध्य भयौं । ऊ तड्पियो, आत्तियो निसास्सियो तर नेपालसम्म आउने बाटो थिएन उसका लागि ... थियो त केवल कोरोनाको लकडाउन !

सामान्य वार्डमा बाबाको उपचारका सिलसिलामा फेरि अर्को चुनौती थपियो । उहाँलाई ज्वरो आयो । कोरोना महामारीको कालमा ज्वरो ! हाम्रो मन–मस्तिष्कमा कस्तो ज्वारभाटा आयो होला त्यस बेला ? लामो समयसम्म ज्वरोको कारण पत्ता नलाग्दा हामी पुन पागलझैँ बन्न पुग्यौं । डा. राजीवझाले नर्भिकका विभिन्न चिकित्सकहरूसँग सामूहिक परामर्श गर्नुभयो । टोलीमा वरिष्ठ श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानी, वरिष्ठ चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जयसवाल र चिकित्सक तथा पेटरोग विशेषज्ञ डा. मनु बस्नेत रहेका थिए । अन्तत्वगत्वा एक सातामै ज्वरोलाई जित्न सफल हुनुभयो बाबा ।

झन्डै दुई महिनाको कठिन संघर्ष र चिकित्सकहरूको अहोरात्र खटाइपछि यही वैशाख १५ गते सोमवार बाबालाई डिस्चार्ज गरियो । हाल उहाँ पूर्णतया स्वस्थ भइनसके पनि, ह्विल चेयर गुडाउँदै हिडें पनि हिँड्डुल गर्नुहुन्छ, खाना खानुहुन्छ र डा.लाई भेट्दा ‘हेलो डाक्टर’ भन्नुहुन्छ । पुनस्र्थापना र फिजियोथेरापी चलिरहेकै छ । निभिसकेको आशाको दियो पूरा तेल भरिएको दियोजस्तै बल्दैछ । लाग्छ, त्यो दियो फेरि राम्ररी बल्नेछ, उज्यालो छाउनेछ । 

मेरो जीवनमा घटेका यी सवै घटना÷परिघटनाप्रति लक्षितगर्दै मैले एक दिनभगवानसँग सोधें– भगवानकिन त मप्रतियत्रो अन्याय? त्यसपछि ममा एक प्रकारको सकारात्मकताआयो । मैले गीताकाउक्तिहरू सम्झेँ– जे हुन्छ, त्यो केवल राम्राकालागि नै हुन्छ । यस अवधिले मलाई एक निश्चिन्त अल्लारेबाट जिम्मेवार र कुशल व्यक्तित्वमा परिवर्तन गरायो । आफ्ना प्रियजनको महत्वबारे बोध पनि गरायो । समस्या छ त समाधान पनि छ भन्ने पाठ पनि पढायो । यो जीवनको चानचुने शिक्षा पक्कै पनि थिएन । 

नेपाल र नेपालीबारे राम्ररी सुनेकी अवश्य थिएँ तर अनुभव थिएन । करिब दुई महिना बिताउँदा मैले यहाँ धेरै सहृदयी मनहरू भेटेँ, सहयोगी हातहरू पाएँ । चिकित्सकहरू, जो मेरा बाबाको उपचारमा खटिए, तिनले आफ्नालाई झैं हामीलाई व्यवहार गरे । मैले धेरै नयाँ मित्रहरू पाएँ । मित्रहरू, जो हाल पारिवारिक सदस्यभन्दा बढी लाग्छन् । लाग्छ एउटा परिवार हामीले आफ्ना देश बाहिर बनायौं, जसले हाम्रो विपत्तिमा हामीलाई साथ दियो । भगवान् पनि हामीप्रति सार्है दयालु हुनुभयो । बन्दाबन्दी सुरु हुनुपूर्व नै हामी काठमाडौं पुग्न पायौं । अन्यथा हामीले कस्तो मानसिक आघात सहनु पथ्र्यो । मेरा बाबाको हालत के हुन्थ्यो, कल्पना भन्दा बाहिरको परिदृश्य हो त्यो ।

कोरोना महामारीका बखत दिल्ली नभई काठमाडौंमा रहनु पाउनु पनि भाग्यकै विषय लाग्छ । किनभने हालसम्म यो ठाउँ सवैभन्दा सुरक्षित मानिएको छ । त्यसैले त म भगवान प्रति ज्यादै आभारी पनि छु ।
आयानगर, नयाँ दिल्ली निवासी ५४ बर्षीय मेरो बाबा जयप्रकाश पाण्डे पेसाले ३३ बर्ष अनुभव प्राप्त एक सिभिल इन्जिनियर हुनुहुन्छ, जसको विशेष विशेषज्ञता जलविद्युत प्रोजेक्ट हो । 

उहाँ गत फागुन २१ गते काठमाडौं आई नक्सालस्थित एक गेस्ट हाउसमा रहनुभएको रहेछ । फागुन २३ साँझ उहाँलाई बृहत् मस्तिष्कश्राव भई सोही दिन राति ९ः०० बजे नर्भिकको आकस्मिक कक्षमा पु¥याइएको रहेछ । फागुन २४ बिहान ६ बजे उहाँको मस्तिष्कको जटिल शल्यक्रिया गरी गिदी भित्र जमेर रहेको रगत हटाइएको रहेछ । 

अन्त्यमा मैले नर्भिक हस्पिटल र त्यहाँ कार्यरत चिकित्सकहरू र स्वास्थ्यकर्मीहरूबारे केही नभनी यो लेख अधुरै रहन्छ । त्यहाँ मेरो बाबालाई हस्पिटलका सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरूले जुन सहिष्णु र सद्भावपूर्ण व्यवहार गरे, त्यो आफैँमा सहृदयी थियो । आफ्नै पारिवारिक सदस्यलाई जस्तो व्यवहार गरेर त्यो पनि उत्कृष्ट सेवा भावले उहाँको उपचार भयो । मेरा लागि यो आफैमा जीवनभरी स्मरण भइरहने सुखद् घटना त हुने नै छ साथसाथै नर्भिक हस्पिटलको सेवा सुविधा विश्वको कुनै आधुनिक हस्पिटलभन्दा कम स्तरको थिएन भनेर म छाती ठोकेर भन्न सक्छु ।  

अहिले काठमाडौंमा रही आफ्ना अनुभवहरू कोर्दै गर्दा यो महामारी पनि छिट्टै नै हामीबाट भाग्ने छ, बाढीपछिको सङ्लिएको पानीझैं जीवन सामान्य बन्नेछ र हाम्रा मानसपटलहरू नवीनतम विचार र सोचले भरिनेछन्, उजाडताबाट हरियालीतर्फ जीवन फर्किनेछ । किनभने कहिलेकाहीँ केही राम्रा चीजहरू टाढिँदा अझैं राम्रा चीजहरू पनि त झुल्किने छन् ।

भारतीय दन्त चिकित्सक डा. अनामिका पाण्डे हाल ओमानमा कार्यरत छिन् ।
dr.anamikanawani@gmail.com
प्रस्तुति : आर.पी. मैनाली


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.