शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बीमा समितिले भन्यो, ‘कोरोना बीमा निर्जीवन बीमा हो, निःशुल्क भनेर भ्रम नफैलाउनुस्’

सोमबार, ०५ जेठ २०७७, १३ : २१
सोमबार, ०५ जेठ २०७७

काठमाडौं । बीमा समितिले कोरोनाभाइरस (कोभिड–१९) को बीमा निर्जीवन बीमा कम्पनीको कार्यक्षेत्र भएको स्पष्ट पारेको छ । 

जीवन बीमा कम्पनी र अन्य संस्थाहरुले समेत बीमा गर्ने गरेको तथा बीमा पोलिसीसँग जोडेर कोरोना बीमालाई निःशुल्क भन्दै प्रचारप्रसार गरिएको भन्दै बीमा समितिले ती संस्थाहरुलाई त्यस्तो त्यसो नगर्न निर्देशन दिएको हो । 
कोरोनाभाइरसको संक्रमण भएको अवस्थामा त्यसको उपचार गर्नको लागि भन्दै दुई साता अघि बीमा समितिले कोरोना बीमाको अवधारणा ल्याएको थियो । अहिले व्यक्तिगत रुपमा बीमा गर्नेलाई १ लाख रुपैंयाको बीमांकको लागि लागि १ हजार रुपैंया तथा ५० हजार बीमांकको लागि ५ सय रुपैंया तथा सामुहिक जीवनबीमा गर्नेको लागि १ लाख बीमांकको हकमा ६ सय रुपैंया तथा ५० हजार बीमांकको लागि ३ सय रुपैंयाको दरमा बीमा गर्दै आएको छ । 

सरकारले अहिले यस्तो बीमा पुलमार्फत् सञ्चालन गर्दै आएको छ । हालसम्म करिब ८० हजार बीमितले यस्तो बीमा गरिसकेको समितिले जनाएको छ ।

बीमा गर्ने व्यक्तिहरुलाई कोरोनाभाइरसको संक्रमण भएको पीसीआर रिपोर्ट पोजेटिभ देखिनेवित्तिकै त्यस्तो बमिांंक बराबरको रकम भुक्तानी हुने व्यवस्था मिलाइएको समितिले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप