मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत सीमा विवादको विषयमा गीत ‘एकादेश’

सोमबार, ०५ जेठ २०७७, १३ : ०५
सोमबार, ०५ जेठ २०७७

काठमाडौं । नेपाल–भारत सीमा विवादको विषयले अहिले सामाजिक संजाल तातेको छ । 

यस विषयमा नेपाली कलाकारले पनि आआफ्नो तर्फबाट आवाज बुलन्द पार्ने काम गरेका छन् । 

यस्तैमा सीमा विवादको विषयमा गायक तथा संगीतकार विशाल पौडेलले राष्ट्रियताले ओतप्रोत गीत ‘एकादेश’ बनाएका छन् । 

पौडेलको गीतमा हाम्रो देश कतै भूगोलमा मात्र सिमित हुने त होइन भन्ने चिन्ता समेत व्यक्त गरिएको छ । गीतमा शब्द, संगीत पनि गायक विशाल पौडेलकै रहेको छ । गीतमा सारंगीको मिठो धुन सुन्न सकिन्छ । जसलाई प्रिन्स नेपालीले भरेका हुन् । 

गीतको भिडियो समेत निर्माण भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप