बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमित पत्रकारको संख्या ४ पुग्यो

सोमबार, ०५ जेठ २०७७, १० : ०७
सोमबार, ०५ जेठ २०७७

बारामा फेला परेका कोरोना संक्रमित स्थानिय एफएममा पत्रकार रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बाराको करैयामाई–५ निवासी ३८ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

ती ३८ वर्षीय पुरुष कलैयास्थित संस्कार एफएममा कार्यरत रहेका थिए । योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित पत्रकारको संख्या ४ पुगेको छ । 

यसअघि पर्सामा दुई तथा धनुषामा १ जना पत्रकारमा कोरोनाभाइरस संक्रमणको पुष्टि भइसेको छ ।

नेपालमा कूल संक्रमितको संख्या ३०४ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप