बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा कोरोनाबाट मृत्यु भएका २ जनामा फरक–फरक लक्षण देखियो

सोमबार, ०५ जेठ २०७७, ०८ : ३९
सोमबार, ०५ जेठ २०७७

कोरोनाबाट मृत्यु भएका २ जनामा फरक–फरक लक्षण देखिएको छ । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी २९ वर्षीया महिलामा सुख्खा खोकी, श्वासप्रश्वासमा समस्याका साथै निमोनिया देखिएको थियो । 

यसैगरी, आइतबार बाँकेको नरैनापुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवकलाई करिब दुई घण्टासम्म बान्ता भएको थियो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले पहिलो मृत्युको एक्सरे प्रतिवेदनमा दुवै फोक्सोमा निमोनिया देखिएको बताए । अर्का युवकको भने थप रिपोर्ट आउन बाँकी रहेको चिकित्सकलाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ  । 

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु भएको पुष्टि २ जनामा भएको छ । यस्तै हालसम्म कोरोना संक्रमितको संख्या २९५ पुगेको छ भने ३६ जना चाहिँ निको भएका छन् । 

कोरोना संक्रमणकै कारण नेपालमा गत चैत ११ गतेदेखि लकडाउन जारी छ र यो क्रम जेठ २० सम्म जारी रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप