केन्द्रीय संस्करण
कोरोनाभाइरस

लकडाउन : मैले विश्वलाई पढिरहेको छु

person explore access_timeजेठ ५, २०७७ chat_bubble_outline0

विद्यार्थी भाइबहिनीहरू, बालकोसेलीको नमस्कार !

हामीहरू ‘कोरोना १९’ सित जुध्दै धेरै दिनदेखि आफै थुनिएर (तालाबन्दीमा) बस्दै आइरहेका छौँ । भाइबहिनीहरू, तपाईँहरू विद्याआर्जन गर्न भनेर बिहान सात–आठ बजेदेखि विद्यालय पुग्न तरखर गर्नुहुन्थ्यो, प्रत्येक दिन छः घण्टादेखि आठ घण्टा जति विद्यालयमै बिताउनुहुन्थ्यो । साँझपख थकित भएर बल्ल घर फर्किनुहुन्थ्यो । त्यसपछि पनि तपाईंहरू एक छिन आराम गरिसक्नुभएपछि फेरि होम्वर्क गर्नतिर नै लाग्नुहुन्थ्यो । यसरी तपाईँहरूसित घरका मानिसहरूसित एकछिन सँगै बसेर कुरा गर्ने, आफू बसेको कोठा राम्ररी सफा गर्ने, आफ्ना वरपरका कुरा राम्ररी हेर्ने, अझ खाएको खाना शरीरमा लाग्ने गरी राम्ररी चपाएर खान पनि पुग्दो समय हुँदैनथ्यो । त्यसरी दिन बिताइरहनुभएका तपार्इंहरूलाई यसरी एकै ठाउँमा थुनिएर बस्नु पर्दा कसरी मात्र बसिरहनुभएको होला भन्ने कुरा हामीहरूको मनमा खेल्नु स्वाभाविक छ । त्यसैले बालकोसेलीका हामीहरूलाई तपाईँहरूसित सोध्न मन लागिरहेछ – “दिनहुँ विद्यालयका कक्षामा शिक्षक–शिक्षिकाहरूले पढाउनुभएका पाठहरू टिपेर, साथीहरूसित सँगै रहेर दिन बिताइरहनुभएका तपाईँहरूलाई यसरी एउटै घरमा थुनिएर बस्नु पर्दा अत्यास लाग्दो भएन र ? भन्नोस् न, तपाईँहरूले कसरी मात्र दिन बिताइरहनुभएको छ ?”

बालकोसेलीको प्रश्नको जवाफमा एक जना विद्यार्थीले तुरुन्तै यसो भन्नुभयो, “अङ्कल, हो, सुरुमा मलाई कसरी दिन बिताउने होला भन्ने लागेथ्यो । साह्रै गाह्रो भा’थ्यो । तर अङ्कलले भन्नुहुन्थ्यो नि, सिक्ने कुरा भनेको कितापबाट मात्र हैन हाम्रा वरिपरिका सबै कुरा खुला किताप हुन्, सिक्नुपर्ने कुरा कति छन्, कति छन्, हामीले नथाकीकन तिनबाट पनि नित्य सिक्दै रहनु पर्छ । हो, यही कुरा सम्झेपछि भने अहिले मलाई धेरै हलौँ भएको छ ।”

“सुनाउनोस् न, तपाईँले के के कुरा पढ्न पाउनुभयो र कसरी पढ्नुभयो हामीलाई सुनाउनोस् न ।”


“अङ्कल, जीवनमा सिक्ने कुराको कहिल्यै अन्त्य हुँदो रहेनछ, हैन त ? सिक्ने भनेको विद्यार्थीहरूले मात्र कहाँ हो र सबै सबैले सिक्दै रहने कुरो रहेछ । कसैले धेरै सिक्छन् भने कसैले थोरै, सबै सबैले थोर–बहुत सिकिरहेकै हुन्छन् ।’


त्यसपछि उहाँले भन्नुभयो, “अङ्कल, जीवनमा सिक्ने कुराको कहिल्यै अन्त्य हुँदो रहेनछ, हैन त ? सिक्ने भनेको विद्यार्थीहरूले मात्र कहाँ हो र सबै सबैले सिक्दै रहने कुरो रहेछ । कसैले धेरै सिक्छन् भने कसैले थोरै, सबै सबैले थोर–बहुत सिकिरहेकै हुन्छन् । यो काम मानिसहरू हेरेर, सुनेर र छोएर सिक्छन् । त्यसैले हामी हाम्रा आँखा, कान, मुख, नाक र हातलाई ज्ञान बटुल्ने साधनहरू भन्छौँ । अनि हाम्रा वरिपरिका सबै सबै कुरा हाम्रा आँखाअगाडि रहेका खुला कितापहरू हुन् । तिनलाई पढ्न कुनै विशेष वर्णमाला पढ्ने खाँचो पर्दो रहेनछ । खालि पढ्न अल्छी गर्न हुँदोरहेन छ, हैन त, अङ्कल ? तर हेर्ने मात्र हैन हामीसित देख्ने आँखा हुनुपर्छ, त्यसरी नै टाठा कान हुनुपर्छ र छालाचाहिँ बोधो हैन चनाखो भने हुनैपर्छ ।”

एक छिनपछि उहाँले बालकोसेलीलाई आफ्नो कुरा फेरि सुनाउनुभयो– “अङ्कल, केही दिनसम्म त मलाई साह्रै अलमल भएको थियो । शुरुमा ‘लक्डाउन’ले गर्दा विद्यालय जान नपाउने भइयो अब कसरी मात्र दिन बिताउने होला भन्ने लागेथ्यो । दिनहुँ पाठ्यपुस्तकहरूको थैली बोकेर विद्यालय पुग्ने, नथाकीकन पुस्तकभित्रका उहीका उही पाठहरू पल्टाउने, गुरुहरूले सिकाउनुहुने एक एक कुरा ध्यानपूर्वक सुन्ने अनि परीक्षामा उत्कर्षक नतीजा हासिल गर्न परीक्षामा आउन सक्ने खालका विभिन्न प्रश्नहरूको उत्तर दिने तरिका सिक्नेजस्ता कुराहरू सिक्तैमा दिन बित्थ्यो । समय बितेको चालै पाउन्नथेँ । अहिले कोरोनाको कारणले विद्यालय बन्द भएपछि एक दुई दिन त कक्षामा दिइएका होम्वर्क गरेरै बिताएँ । त्यसपछि भने कसरी मात्र दिन बिताउने होला भन्ने लाग्न थाल्यो । तर अङ्कल, धेरै दिनको यस लक्डाउनमा नै मैले कहिल्यै नसुनेका तर सुन्नै पर्ने धेरै कुरा सुन्न पाएँ, त्यसरी नै कहिल्यै नदेखेका नयाँ नयाँ कुरा पनि देख्न पाएँ । साँचो कुरा के भने म अहिले विद्यालयका पाठ्यपुस्तकहरूमा नभएका तर साँच्चि नै पढ्नै पर्ने असङ्ख्य पाठहरू पढ्न पाएको अनुभव गर्दैछु ।”

हामीले उहाँसित सोध्यौँ– “हामीलाई सुनाउनोस् न त, तपाईँले त्यस्तो कुन कुरा कहाँ कसरी देख्नुभयो अनि तपाईँले त्यस्तो कुन कुरा कस–कसबाट के, के सुन्नुभयो, भन्नुहोस् न ?”

त्यसपछि उहाँले गम्भीर भएर आफ्नो कुरा यसरी सुनाउनुभयो– “अङ्कल, म विद्यार्थी हुँ अनि मेरो काम भनेको विद्यालय जानु र सिक्नु नै हो । त्यसैले म समयमै विद्यालय पुग्थेँ, सिक्ने कुरामा मेहनत गर्थेँ भनौँ यस कुरामा म कति पनि थाक्तिनथेँ । लाग्थ्यो, विद्यालयमा गएर मैले धेरै कुरा सिकिरहेको थिएँ ।

तर अहिले आएर मलाई के लाग्न थालेको छ भने म त्यति बेला लिगमाथि दगुरिरहेको एउटा ट्रेन (रेलगाडी)जस्तो मात्र रहेछु । म त एकोहोरिएर दगुरिरहेको रहेछु, दायाँ बायाँ कतै नहेरेर एकोहोरिएर हिँडिरहेको रहेछु । अहिले एउटै घरभित्र आफै थुनिएर बसिरहँदा भने मैले संसारको भ्रमण गर्न पाइरहेको अनुभव गरिरहेको छु, आफ्नै आमा–बालाई नजिकैबाट बल्ल देख्न पाइरहेको छु र उहाँहरूले हाम्रा लागि कति काम कसरी नथाकीकन गरिरहनुहुन्थ्यो भन्ने कुरा राम्ररी देख्न र उहाँहरूलाई चिन्ने अनुभव गर्न पाइरहेको छु ।


अहिले आएर मलाई के लाग्न थालेको छ भने म त्यति बेला लिगमाथि दगुरिरहेको एउटा ट्रेन (रेलगाडी)जस्तो मात्र रहेछु । म त एकोहोरिएर दगुरिरहेको रहेछु, दायाँ बायाँ कतै नहेरेर एकोहोरिएर हिँडिरहेको रहेछु । अहिले एउटै घरभित्र आफै थुनिएर बसिरहँदा भने मैले संसारको भ्रमण गर्न पाइरहेको अनुभव गरिरहेको छु, आफ्नै आमा–बालाई नजिकैबाट बल्ल देख्न पाइरहेको छु र उहाँहरूले हाम्रा लागि कति काम कसरी नथाकीकन गरिरहनुहुन्थ्यो भन्ने कुरा राम्ररी देख्न र उहाँहरूलाई चिन्ने अनुभव गर्न पाइरहेको छु ।


यसभन्दा अघि म ओहोर दोहोर गर्ने बाटो भनेको प्रायः घरदेखि विद्यालय र विद्यालयदेखि घरसम्म मात्र हुन्थ्यो । तर यो ‘कोरोना १९’ भन्ने भाइरसको महामारी विरुद्ध महायुद्ध चलिरहेको बेला म सिङ्गो विश्वमा कहाँ के भइरहेछ, मानिसहरूले कहाँ, कसरी जितिरहेका छन् र कहाँ कति कारणले हार्नु परिरहेको छ भन्ने आफ्नै आँखाले देखिरहेको छु र सुनिरहेको छु । यसरी म आफै पनि यस महायुद्धमा भाग लिइरहेको अनुभव गर्दै छु । एकले अर्कोबाट सिक्दै कोरोना विरुद्ध जुधिरहेका मानव जातिको राम्रो काम देखेर उत्साहित हुन पाइरहेको छु। ।

त्यसरी नै कोरोनाले पुर्‍याइरहेका क्षतिको कुरा सुन्नु पर्दा दुखित हुने गर्छु । यसरी म पनि यस समरमा भाग लिइरहेको अनुभव गर्दैछु । अङ्कल, साँच्चै भन्ने हो भने मैले सुनेको तर राम्ररी नदेखेको र नभोगेको यो विशाल संसार(पृथ्वी)लाई मानिसहरूले हासिल गरेको प्रविधिको विकासले एउटा सानो गाउँजस्तै तुल्याइसकेको छ भन्ने कुरा साँचो रहेछ भन्ने कुरा राम्ररी देखिरहेछु ।

हेर्नोस् न, एशियाको यौटा सानो ठाउँबाट फैलिएको यो भाइरस कति चाँडो संसारभरि फिँजियो र यसले आज मानव जातिमाथि नै ठूलो क्षति पुर्‍याइरहेछ । हुन त यस विशाल विश्वलाई साँगुरो पार्नेहरू अरू को हुनु र, हामी मानिसहरू नै त हौँ नि । अनि ती मानिसहरूमध्ये केही मानिसहरूकै स्वार्थ पूर्तिका लागि गरिएका कामकुराले संसारभरिको वातावरण भनौँ, माटो पानी सबै सबै मानव जातिका लागि नै अमैत्रीपूर्ण बन्न थालेको, हैन त, अङ्कल ? हामी मानव जातिले यस कुराको हेक्का नराख्नाले नै अहिले विश्वका हामी मानव जातिले जन र धनको यत्रो क्षति बेहोर्नु परिरहेको, हैन त अङ्कल ? अहिले यस महायुद्धबाट हामीले के कुरा थाहा पाएका छौँ भने विश्वभरिका हामीले एकले अर्काको सवल पक्षबाट सिक्नु पर्दो रहेछ अनि ‘म’, ‘मेरो’ भन्ने कुनै दम्भ राख्न हुँदो रहेनछ भन्ने कुरा पनि भोगेर र राम्ररी देखेर सिक्दैछौँ, हैन त ? हेर्नोस् न, अहिले आफूलाई हरेक कुरामा सम्पन्न र सर्वश्रेष्ठ भन्ठान्नेहरूमध्येकैले समेत कोरोना विरुद्धको यस महायुद्धमा बढी क्षति भोग्न परिरहेका छन् । यसो कसरी भइरहेछ ? किन भइरहेछ ? यो साह्रै साह्रै दुःख लाग्दो र डर लाग्दो कुरा हैन त, अङ्कल ?”


“अङ्कल, पढ्ने कुरामा मैले राम्रै गरिरहेको छु भन्ने मलाई लाग्थ्यो तर यस पालि मलाई के थाहा भयो भने साँचो ज्ञान पाउन भने म धेरै पछि रहेछु । विद्यालयका कितापहरू पढेर मैले केही ज्ञान त अवश्य बटुलिरहेको थिएँ तर अहिले मलाई के लागिरहेछ भने ती ज्ञान त काँचो ज्ञान मात्र पो रहेछन् । आफ्ना वरिपरिका कुरा अलि राम्ररी देखिने गरी हेर्ने र विश्वभरि गुँजिरहेको धेरै धेरैको आवाज अलि राम्ररी बुझिने गरी सुन्ने क्षमतालाई फराकिलो पार्ने अवसर पाइरहेको र साँचो ज्ञानको नजिक पुग्ने अवसर त यसै बेला मात्र पो मिलिरहेको जस्तो मलाई लागिरहेको छ ।”


एक छिन लामो सास फेरिसकेपछि उहाँले फेरि आफ्नो कुरा यसरी सुनाउनुभयो, “अङ्कल, पढ्ने कुरामा मैले राम्रै गरिरहेको छु भन्ने मलाई लाग्थ्यो तर यस पालि मलाई के थाहा भयो भने साँचो ज्ञान पाउन भने म धेरै पछि रहेछु । विद्यालयका कितापहरू पढेर मैले केही ज्ञान त अवश्य बटुलिरहेको थिएँ तर अहिले मलाई के लागिरहेछ भने ती ज्ञान त काँचो ज्ञान मात्र पो रहेछन् । आफ्ना वरिपरिका कुरा अलि राम्ररी देखिने गरी हेर्ने र विश्वभरि गुँजिरहेको धेरै धेरैको आवाज अलि राम्ररी बुझिने गरी सुन्ने क्षमतालाई फराकिलो पार्ने अवसर पाइरहेको र साँचो ज्ञानको नजिक पुग्ने अवसर त यसै बेला मात्र पो मिलिरहेको जस्तो मलाई लागिरहेको छ ।”

त्यसपछि हामीले उहाँसित सोध्यौँ, “तपाईंले त्यस्ता नौला नौला कुरा के देख्नुभो अनि त्यस्तो के के सुन्नुभो, हामीलाई सुनाउनुस् न ।”

हाम्रो प्रश्न सुनेर उहाँ एकछिन भाबुक बन्नुभयो अनि बिस्तारै आफ्नो कुरा यसरी राख्नुभयो, “अङ्कल, मैले विद्यालयका सामाजिक पुस्तक राम्ररी नै पढेथँ, त्यसभित्रका सबैजसो पाठका एक एक हरफ र एक एक शब्द कण्ठस्थ नै पारेथेँ तर मैले यसै पालि, तालाबन्दीको यस विद्यालयको विद्यार्थी हुन पाएपछि मात्र आफ्नो घर, परिवार, समुदाय, टोल र छरछिमेक, अनि गाउँपालिकादेखि नगरपालिका अनि सङ्घीय सरकार भनौँ हाम्रो सिङ्गो देश र हामी जनताको सच्चा र यथार्थ बयान भएको सामाजिक वृतान्तको किताप पढ्ने अवसर पाइरहेको अनुभव गर्न पाइरहेको छु । मैले यसभन्दा अघि कहिल्यै यसरी पढ्ने अवसर पाएको थिएन, भनौँ मैले यसरी पढ्न जानेकै थिएन किनभने मलाई मेरा गुरुले किताबभित्रका पाठलाई मेरा वरिपरिको यथार्थसित गाँसेर सिकाउनुभएन जस्तो लाग्न थालेको छ । म आफू पनि मात्र घोकन्ते विद्यार्थी बनेको पो रहेछु, अर्थात् म यथार्थ ज्ञानभन्दा धेरै पर भौंतारिरहेको पो रहेछु । अहिले तालाबन्दीको यस बेला घरमा थुनिएर बस्नु पर्दा पो बल्ल समुदायका वरिपरि बसेर हेर्न र देख्न थालेको छु, चिन्न पाएको छु र म आफैले आफूलाई समेत राम्ररी हेर्ने र चिन्ने अवसर पाएको जस्तो अनुभव गर्न थालेको छु । यही बेला मैले संसारका विभिन्न मुलुकका जनता र त्यहाँका नेताहरू तथा शासकहरूलाई पनि नजिकैबाट राम्ररी देख्न, उहाँहरूको कुरा सुन्न र उहाँहरूका थरी थरीका कुरा सुनेर उहाँहरूलाई चिन्न पाएको अनुभव गर्न पाइरहेको छु ।”

उहाँका कुरा सुनेपछि हामीहरूलाई अरू प्रश्नहरू पनि सोध्न सजिलो भयो, त्यसैले हामीले सोध्यौँ, “भाइ, तपाईँले हामीलाई आफूले धेरै कुरा देख्ने, चिन्ने र बुझ्ने अवसर पाएको भन्नुभयो, ती के के हुन् हामीलाई राम्ररी सुनाउनुस् न ।”

“अङ्कल, अहिले आफू बसिरहेको कोठाभन्दा बाहिर नगएकै एक महिना भइसक्यो । तर यही बेला म प्रत्येक दिन विश्वभरिका विभिन्न मुलुकहरूमा पुगिरहेको र विश्वभरिका लाखौँ लाख मानिसहरूले भोगिरहनु परेका दुःखकष्ट देखिरहेको मात्र हैन आफैले भोगिरहेको अनुभव समेत गरिरहेको छु । अहिले मात्र एउटै घरमा बसिरहेको मैले सहरका अग्ला अग्ला घरका तलापिच्छेका तलाहरू अनि अरू बेला नदेखेका भनौँ कहिल्यै गन्ती नगरिएका जमिनमुनिका तलाहरूसम्म पुगेर तिनलाई हेर्न र राम्ररी पढ्न पाएको अनुभव गर्न पाइरहेको छु । सिङ्गो विश्वका अनि हाम्रो आफ्नै तथा विभिन्न मुलुकका नेताहरू र शासकहरूको नजिकै पुगेर भेट्ने, चिन्ने र उनीहरूका थरीथरीका कुरा सुनेर र काम देखेर उनीहरूबारेका साँचो ज्ञान भनौँ वास्तविक कुरा बटुल्ने अवसर पाइरहेको छु । ‘कोरोना १९’ विरुद्धको यस महायुद्धमा होमिन परेको विश्वलाई मुक्त पार्न र युद्धमा घाइते हुनुपरेकाहरूको सेवा उपचारको अग्रिम मोर्चामा जिउ ज्यान दिएर लागिरहनुभएका नर्सहरू, डाक्टरहरू, स्वास्थ्यकर्मीहरू, वैद्यहरू, समाजसेवीहरू र यस भाइरसलाई परास्त गर्न ओखति र भाक्सिनको खोजी पत्ता लगाउन प्रयोगशालामा अथक रूपमा लागिरहनुभएका वैज्ञानिकहरूलाई देखेर उहाँहरूबाट प्रभावित हुँदै आशावादी भएर उहाँहरूको गुन गाइरहेको छु र उहाँहरूका कामबाट म आफै पनि प्रेरित हुन पाइरहेको छु । अङ्कल, अचेल म आफैँ पनि कोरोना विरुद्धको यस युद्धमा सामेल भइरहेको अनुभव गरिरहेको छु र आफू तालाबन्दीभित्र छु भन्ने कुरा मैले पूराका पूरा बिर्सिसकेको छु । अङ्कल, साँचो भन्ने हो भने विद्यालयको एक जना फुच्चा र कच्चा विद्यार्थी म अहिले साँच्चैको विश्व–विद्यालयका विद्यार्थी भएर त्यहाँ पाइने पक्का र सही ज्ञान हासिल गर्न अटल भई अध्ययनरत हुन लागिरहेको अनुभव गर्दैछु........।”


‘कोरोना १९’ विरुद्धको यस महायुद्धमा होमिन परेको विश्वलाई मुक्त पार्न र युद्धमा घाइते हुनुपरेकाहरूको सेवा उपचारको अग्रिम मोर्चामा जिउ ज्यान दिएर लागिरहनुभएका नर्सहरू, डाक्टरहरू, स्वास्थ्यकर्मीहरू, वैद्यहरू, समाजसेवीहरू र यस भाइरसलाई परास्त गर्न ओखति र भाक्सिनको खोजी पत्ता लगाउन प्रयोगशालामा अथक रूपमा लागिरहनुभएका वैज्ञानिकहरूलाई देखेर उहाँहरूबाट प्रभावित हुँदै आशावादी भएर उहाँहरूको गुन गाइरहेको छु र उहाँहरूका कामबाट म आफै पनि प्रेरित हुन पाइरहेको छु । अङ्कल, अचेल म आफैँ पनि कोरोना विरुद्धको यस युद्धमा सामेल भइरहेको अनुभव गरिरहेको छु र आफू तालाबन्दीभित्र छु भन्ने कुरा मैले पूराका पूरा बिर्सिसकेको छु ।


तालाबन्दीभित्र रहेर पनि विश्वका विभिन्न मुलुकहरूमा पुगिरहेको र थरीथरीका मानिसहरूको अध्ययन गरिरहेको अनुभव गरिरहेका उहाँसित हामीले सोध्यौँ, “भाइ, सहरमै बसिरहेका एक जनाले सहरलाई नदेखेको हुन्छ र ! अनि उनले फेरि तिनै सहरको अध्ययन गर्नु पर्ने अर्को कुनै खाँचो रहन्छ र ? यो त पानीमै जन्मेको माछाले पानीको अध्ययन गर्नुपर्ने अनौठो कुराजस्तो भएन र ? भन्नोस् त, तपाईँले सहरको कुन कुराको कसरी अध्ययन गर्नुभयो र नयाँ कुरा के पाउनुभयो ?”

हामीहरूको प्रश्न सुनेर उहाँ जुुर्मुराउनुभयो र लामो सास तान्दै बोल्न थाल्नुभयो,“अङ्कल, मैले आफू बस्दै आएको यस सहरलाई बाल्यकालदेखि नै देख्तै आएको त हुँ । म यही समुदायमा हुर्केको अनि मैले मेरो समुदायका सबै कुरा हेर्दै आएको पनि हुँ, तर मैले यसलाई कहाँ राम्ररी देखेको थिएँ र ! मैले देख्ने गरी राम्ररी हेर्ने गरेकै रहेन छु, हेर्न जानेकै रहेनछु । हामीले आफू बस्दै आएको घरको जग भनौँ सिङ्गो संरचनाको भार थामिरहेको जगलाई कहिल्यै खोस्रेर हेर्ने गथ्र्र्यौँ र ? अहँ, मैले त कहिल्यै त्यसो गरेको थिएन ! अँ, अस्ति भुइँचालो गएपछि भने आफू जोगिन माथिल्लो तलामा बसिरहेका हामीहरू तलको तलामा पुग्न कुद्दै ओर्लेका थियौँ । त्यसभन्दा अघि माथिल्लो तलामा बसिरहेका हामीलाई आफू बसिरहेको तलाको मात्रै हेक्का रहन्थ्यो, त्यसभन्दा तल पनि अर्को तला छ भन्ने हेक्का सम्म पनि रहेको हुँदैनथ्यो, राखेका हुँदैनथ्यो । त्यसको हिसाव राख्ने हाम्रो चलन नै थिएन । अनि एउटै सहरमा बसिरहेका हामी सहरबासीहरूको स्थिति पनि त उस्तै थियो । यसै पालि मात्र मेरा आँखालाई राम्ररी देख्ने अवसर मिल्यो र देख्न थाले ।

“हेर्नोस् अङ्कल, सिङ्गो सहर अझ मुलुककै हित र सुख–समृद्धि अनि जनताका निम्ति लागिपरेका भनी कहलिएका कैयन् नेताहरू भनौँ शासकहरूले फुकेको ‘लक् डाउन’पछिको एक दुई हप्ता बितेपछि बल्ल हामीहरूले हाम्रो समाजको संरचनाको जगमा रहनुभएका मानिसहरूलाई देख्न थाल्यौँ, त्यसभन्दा अघि देखेको हैन । हेर्नोस्, संरचनाका जगमा रहेका उनीहरू हात मुखसम्म जोर्न भनी सहर पसेका थिए, दुःख पीर केही नभनी थरीथरीका काम गरेर सहरको सेवामा लागिरहेका थिए । सिङ्गो समाजको भार थामिरहेका भनौँ सामाजिक संरचनाको जगमा रहेका लाखौँलाख ती मानिसहरूले ‘लक् डाउन’को बेला भोक, प्यास तथा अनेक थरीका दुःख कष्ट भोग्न परिरहेको देख्यौँ । बाँच्नसम्मको कुनै सम्भावना भनौँ कुनै पनि आधार र भर नदेखेपछि उनीहरू निराश भएर आफू बसिरहेका ठाउँबाट निस्कनु बाहेक अर्को कुनै बाटो नदेखेपछि उनीहरू आफू बसेका ठाउँबाट निस्कन बाध्य भएका थिए । अनि ‘लक् डाउन’ भनौँ थप्पको त्यसबेला यातायातको कुनै साधन नभेट्टिएपछि उनीहरूसित हजारौँ किलोमिटरको लामो यात्रा हिँड्रै सम्पन्न गर्नु बाहेक अर्को कुनै बाटो रहेन, त्यसैले हिँड्दै रहे, हिँड्दै रहे । आफ्ना बालबच्चा र गुन्टा बोकी बाटोमा हिँड्दा हिँड्दै उनीहरूले के कस्ता दुःख भोगे, कष्ट भोगे त्यसको बयानै गर्न सकिन्न, कतिले त हिँड्दा हिँड्दै आफ्नो ज्यानै गुमाए ! अङ्कलले पनि त देख्नुभएकै होला नि, हैन त अङ्कल ? हामी सबैले देख्यौँ । हैन त, अङ्कल ?”

“भाइ, तपाईँले कहाँको के कुरा गर्नुभएको ?”

“हेर्नुस् न अङ्कल, बडो होशियार, बुद्धिमान र सक्षम भनिएका विश्वका कतिपय नेताहरू समेत यस्ता घटनाहरू घटेपछि अहिले आएर आफ्नै योजना र कार्यक्रम साँगुरो र काँचो सिद्ध भएको बल्ल अनुभव गरिरहेका होलान् । लौ, कुनै एक ठाउँको मात्र कुरा गरौँ न, उहाँहरूको ‘लक् डाउन’को अर्थ ‘जो जहाँ छ त्यहीँ बस्न’ भनेको हो नि, हैन र ? घरभित्रै बस्नू भनेको हो नि, हैन र ? के यो कुरा सबैलाई लागू हुन सक्ने र लागू गर्न हुने कुरा हो र ?

अङ्कल, जुन बेला तपाईँहरूले चलमल गरिरहेका हामी सानाहरूलाई ‘नानी, एकछिन नचल्नुस्, स्थिर भएर बस्नुस्’ भन्नुहुन्छ त्यसबेला हामी नचलीकन बस्छौँ । हैन त ? के त्यसबेला हाम्रा शरीरका सबै सबै अङ्ग भनौँ पुर्जाहरू स्थिर रहन्छन् र ? हो, चल्मलाइरहने हातका औँलाहरू चल्न बन्द हुन्छन्, मेरुदण्ड स्थिर बनाइन्छ, त्यसरी नै आँखा बन्द हुन्छन् तर त्यसबेला पनि हाम्रो शरीरभित्र एकनासले दगुरिरहेको रगत अनि श्वास प्रश्वासको गति त आफ्नै रफ्तारमा दगुरिरहेको र चलिरहकै हुन्छन्, ती त चलिरहनै पर्छ नि हैन त, अङ्कल ? अर्को कुरा......”

“भन्नुस् भाइ, अर्को के कुरा ?”

“मैले भन्न खोजेको कुरा के भने अहिले सिङ्गो विश्वका हामी मानवहरू ‘कोरोना १९’ विरुद्धको युद्धमा डटिरहेका छौँ, हैन त ? तर यसो हुँदा हुँदै पनि हामी सबै एउटै मोर्चामा, एकै ठाउँमा डटिरहेका त हुँदैनौँ नि, छैनौँ नि, हैन र ? यस्तो स्थितिमा हामीले गाँसीगुँसी एकै नासे गरी चल्यौँ भने के होला ? सबै सबै जहाँ छौँ त्यहीँ थुनिएर बस्यौँ भने के होला ?

अर्को कुरा, मानिसहरूमा हटाउनै नसकिने केही कमजोरीहरू छन्, हैन त अङ्कल ? त्यसले गर्दा उनीहरू छिनछिनमा चल्मलाइहाल्छन्, त्यो के भने उनीहरू छ आठ घण्टापिच्छे भोकाइरहन्छन् र घण्टैपिच्छे तिर्खाइरहन्छन् । जसको घर–डेरामा रसद–भकारी र पानी–टैङ्की छन् उनीहरू त दृढताका साथ मोर्चामा धेरै दिनसम्म टिकिरहन सक्लान् तर आफैसित रसद पानी बोकेरै हिँड्नु परेका सिपाहीहरू भने मोर्चामा कति दिनसम्म अडेर बस्न सक्लान् ? भन्नोस त, अङ्कल ? त्यसैले सीमित रसद पानी बोकेर हिँडेका तिनीहरू मोर्चामा डटिरहन सकेनन् र मोर्चा छाडेर हिँडे । यसो किन भयो होला ? जवाफ प्रष्ट छ– युद्धभूमिका सेनापतिले रसद पानी आफैले बोकी मोर्चामा हिँडेकाहरूको कुनै हेक्का नै राखेनन् वा राख्न सकेनन्, हुन सक्छ ती नेताहरूले उनीहरूको गिन्ती राख्न नै बिर्सेछन्, हैन त अङ्कल ? यो त हामी आफैँले आफूलाई जीवन्त बनाउन रातो दिन नसा नसामा बगिरहने रगतको हिसाब राख्न नै बिर्सनुजस्तै हैन र ?


 यो कसरी भयो होला, किन भयो होला ? अहिले कतिपय ठाउँको नराम्रो स्थिति भनेको उहाँहरूजस्ताले हिसाब नराखेकैले वा राख्न बिर्सेकाले देखापरेका हुन् । यसको हिसाब राख्ने भनौँ राखिने थिति कहिले बन्छ होला ? त्यसपछि त हामीले ‘कोरोना १९’ जस्ताहरूको विरुद्धको युद्धहरूमा अवश्य विजय पाइछाड्छौँ होला, हैन त, अङ्कल ?


 यो कसरी भयो होला, किन भयो होला ? अहिले कतिपय ठाउँको नराम्रो स्थिति भनेको उहाँहरूजस्ताले हिसाब नराखेकैले वा राख्न बिर्सेकाले देखापरेका हुन् । यसको हिसाब राख्ने भनौँ राखिने थिति कहिले बन्छ होला ? त्यसपछि त हामीले ‘कोरोना १९’ जस्ताहरूको विरुद्धको युद्धहरूमा अवश्य विजय पाइछाड्छौँ होला, हैन त, अङ्कल ? अहिले यो कुरा धेरैले बुझिसकेका छन्, म त अहिले हाम्रो विश्वको भविष्य राम्रो र उज्यालो देखिरहेको छु । अङ्कल, यसरी मैले विश्वलाई पढिरहेको छु ।”

“भाइ, तपाईँ ठीक हुनुहुन्छ, एक जना साँच्चैको विद्यार्थीले आफू बसेको टोल, समुदाय गाउँ, नगर, प्रदेश र सिङ्गो देश र विश्वको मानव समाजको अध्ययन यसरी नै गर्नुपर्छ । हैन भने उनी कसरी साँच्चैको विद्यार्थी हुनसक्छ र ! तपाईँले गर्नुपर्ने काम राम्ररी गर्नुभएको छ । यो कुरा हामी अरू भाइबहिनीहरूलाई पनि सुनाउँछौँ है ।”

त्यसबेला उहाँ गम्भीर देखिनहुन्थ्यो र हामीहरूले उहाँलाई धन्यवाद दिँयौ ।

२०७७, जेठ १

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.