बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकन आइडलको फाइनलमा पुगे दिवेश पोखरेल

सोमबार, ०५ जेठ २०७७, ०७ : २९
सोमबार, ०५ जेठ २०७७

नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको फाइनल अर्थात् शीर्ष ५ मा पुगेका छन् ।

न्यूयोर्कको समय अनुसार बेलुका ७ बजेको कार्यक्रम सुरु भएलगत्तै अमेरिकन आइडलको शीर्ष पाँचको घोषणा गरिएको हो ।

 दिवेशलाई अब अमेरिकन आइडल बन्नका लागि भोटिङको खाँचो छ । आजको भोटिङ रियल टाइम भोटिङ हो जुन सुरु भइसकेको छ ।

भोटिङ टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट  गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सकिन्छ ।   दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप