केन्द्रीय संस्करण
राजनीति र सरोकार

प्रधानमन्त्रीले झुठो ललिपप दिने होइन, भन्न सक्नुपर्छ – मसँग दिनका लागि आँसु, श्रम र रोदन बाहेक केही छैन !

नीति तथा कार्यक्रममा सबैथोक देखेँ, माया देखिनँ, प्रेम देखिनँ : यसरी ‘गरिनेछ–गरिनेछ’ मात्र लेख्ने हो भने, त्यो ठाउँमा केही दिनपछि ‘मरिनेछ’ लेख्नुपर्छ

person explore access_timeजेठ ४, २०७७ chat_bubble_outline0
प्रदीप गिरी

रातोपाटी

सोह्रै आना यस्तै नभए पनि यस्तै सदनमा म विगत २० वर्षदेखि बोल्दैछु । र, राष्ट्रपतिको सन्देशका नाममा औपचारिकरुपमा पेश गरिएको यस किसिमको दस्तावेजमा सधैँ बोलेको छु । तर, यसपल्ट जस्तो व्यर्थता, निरर्थकता र निराशाको अनुभूति आजअघि मलाई कहिल्यै पनि भएको थिएन ।

मलाई सम्झना छ, स्वयं यहाँसग (सभामुखसँग) मेरो २०४२ सालमा केन्द्रीय जेलमा पहिलोपटक साक्षात्कार भएको थियो । त्यो  भएको पनि ३५ वर्ष भइसकेछ । त्योभन्दा १० वर्षअघि वर्तमान प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीसँग भद्रगोल जेलमा देखादेख भएको थियो । वहाँलाई गोलघरमा राखिएको थियो, नजिकबाट कुरा गर्न पनि गाह्रो थियो, देखादेख भएको थियो । कति वर्ष बितिसकेछ त !

मलाई यो दस्तावेज पढ्दा, राष्ट्रपति सम्बोधन पढ्दा आफै मनमा प्रश्न आएको छ– यत्रा वर्ष हामी के गरेर बसेका थियौँ त ?

यो दस्तावेज सरकारको किंकर्तव्यविमुढताको एउटा ठोस प्रमाण छ । तर समस्या के छ भने त्यो किंकर्तव्यविमुखता र दिशाविहीनताले म पनि संक्रमित भएजस्तो छ । मलाई पनि के बोलुँ के बोलुँ जस्तो भएको छ । कसको विरोध गर्ने ? जेलका सहकर्मीको विरोध गर्ने ? देश परिवर्तन गर्नका लागि लडेका मान्छेको हाँसो उडाउने ? अथवा कुन पक्षको समर्थन गर्ने ? हामी सबैले विगत ३०–४० वर्षदेखि बनाएका सरकार लगभग उस्तै भएन त ?


म आजको यस विकट घडीमा सबै सहयोद्धालाई सम्झना गराउन चाहन्छु, हामीले ४० वर्षदेखि लगभग अबाध  गतिमा भोग्दै आएको सत्ता, सानो अन्तरालबाहेक, ले हामीलाई सत्ताको हस्तान्तरण त गरेछ, तर सत्ता रुपान्तरण गरेन । म यो कुरालाई बारम्बार दोहोर्याएर भन्न सक्छु । फलस्वरुप आज जुन किंकर्तव्यविमुढताको अवस्था आएको छ, भ्रष्टाचारमा सिंगो देश आकण्ठ डुबेको छ, सुशासन भन्ने शब्द जिब्रोमा अड्किएको छ, फगत कुशासन छ ।


म आजको यस विकट घडीमा सबै सहयोद्धालाई सम्झना गराउन चाहन्छु, हामीले ४० वर्षदेखि लगभग अबाध  गतिमा भोग्दै आएको सत्ता, सानो अन्तरालबाहेक, ले हामीलाई सत्ताको हस्तान्तरण त गरेछ, तर सत्ता रुपान्तरण गरेन । म यो कुरालाई बारम्बार दोहोर्याएर भन्न सक्छु । फलस्वरुप आज जुन किंकर्तव्यविमुढताको अवस्था आएको छ, भ्रष्टाचारमा सिंगो देश आकण्ठ डुबेको छ, सुशासन भन्ने शब्द जिब्रोमा अड्किएको छ, फगत कुशासन छ । त्यस कुशासन र भ्रष्टाचारलाई यस लकडाउनले ठोसरुपमा छाम्न सकिने, बुझ्न सकिने, तौलन सकिने रुपमा गाउँगाउँमा प्रत्येक व्यक्तिलाई देखाइदिएको छ ।

म विगत दुई महिनालेखि  लगातार म आफ्नो गाउँमा थिएँ । लकडाउन घोषणा हुनभन्दा दुई दिनअघि आफ्नो निर्वाचन क्षेत्रमा, जो मेरो जन्मथलो पनि हो, घुम्न गएको बेला, त्यहीँ लकडाउनमा परेँ । मलाई व्यक्तिगत रुपमा कसैका बारे केही भन्न छैन । कुनै सिडिओ, कुनै गृहसचिव, कुनै डिआइजी, कुनै आइजीका बारेमा केही भन्न छैन । मन्त्रीको पनि नाम लिएर म केही भन्न चाहन्न । चाहेमा सक्छु म ।

यत्रो सम्वेदनशुन्यता, यत्रो अमानवीयता ! प्रतिनिधिमूलकताको यत्रो अभाव ! आम नागरिकको अवस्था के होला ? कसरी यो लकडाउनको कठिनाइ खेपिरहेका होलान् ? र, कति दिन खेप्लान् ? यो प्रश्न मलाई मेरो तितो अनुभवले मैले तपाईं हाम्रा मन्त्रीसँग सम्पर्क गर्न खोज्दा, मैले अनुभव गरेको छु । सिडिओ हस्याङ्फस्याङ छन्, डिआइजीलाई सवारी चलाउँदै फुर्सद छैन । म यसमा विस्तारमा जान चाहन्नँ । म उनीहरुलाई दोष दिन चाहन्नँ । हामीले सत्ताको हस्तान्तरण त पायौँ तर रुपान्तरण गर्न सकेनौँ । यो तितो अनुभूति सभामुख महोदयलाई पनि होला । र, वहाँले यो अनुभूति आफ्नो सहमर्की साथीलाई सहयोद्धालाई बताउनुहोला भनेर बोल्दैछु म ।

किंकर्तव्यविमुढताको कुरा, के यो नसा लागेको हो ? यो दस्तावेजमा आजको मुख्य समस्या– मानवजातिको इतिहासमा आजअघि कहिल्यै नपरेको समस्याका बारेमा एउटै पनि ठोस चिन्तन छैन । सधैँ भन्दै आएको भ्रष्टाचारको नियन्त्रण, सुशासनलाई लागू गरिने अवश्य छ । अर्को थप कुरा के छ, कसैलाई भोकै रहन दिन्नौँ, भोकै मर्न दिन्नौँ । म चेतावनी दिन चाहन्छु, भोकले नै मर्ने अवस्था आउँदैछ ।

विभिन्न कविहरुले भनिसके, संवेदनशील मानिसहरुले भनिसके, नेताहरुले नै भनिसके  – रोगले भन्दा पनि भोकले मर्ने अवस्था नेपालमा आउँदैछ । र, यो सरकार, यो राज्यको संयन्त्र त्यसपट्टी पूर्णरुपले उदासीन छ । किन उदासीन छ ? भनिन्छ, रक्सीको नसा त खाएपछि लाग्छ, पैसाको नसा पाएपछि लाग्छ, तर यो सत्ताको नसा भने गाएपछि लाग्दो रहेछ । ओहो तपाईं त कति ठूलो मान्छे ! तपाईं त महान्, तपाईंको जन्म त यो देश बनाउनु भएको रहेछ भनेपछि मान्छे बेहोस हुने रहेछ । हाम्रा नेताहरु, खासगरी सत्ताधारी पार्टीका नेताहरुलाई मुलुकको समस्याको जानकारी छ जस्तो मलाई लाग्दैन । मानवताको इतिहासमा द्वितीय महायुद्धभन्दा, एटमबम्बले ल्याएको खतराभन्दा बढी खतरा कोरोनाले ल्याएको छ ।


भनिन्छ, रक्सीको नसा त खाएपछि लाग्छ, पैसाको नसा पाएपछि लाग्छ, तर यो सत्ताको नसा भने गाएपछि लाग्दो रहेछ । ओहो तपाईं त कति ठूलो मान्छे ! तपाईं त महान्, तपाईंको जन्म त यो देश बनाउनु भएको रहेछ भनेपछि मान्छे बेहोस हुने रहेछ । हाम्रा नेताहरु, खासगरी सत्ताधारी पार्टीका नेताहरुलाई मुलुकको समस्याको जानकारी छ जस्तो मलाई लाग्दैन । मानवताको इतिहासमा द्वितीय महायुद्धभन्दा, एटमबम्बले ल्याएको खतराभन्दा बढी खतरा कोरोनाले ल्याएको छ ।


यो गरिनेछ, त्यो गरिनेछ ! बाफ रे । अब गरिने गरिनेको लिस्ट ! ३० वर्षको मेरो संसदीय कार्यकालमा यत्रो ज्यादा गरिनेछ भन्ने कहीँ मैले पढेको थिइनँ । यसरी नै गरिनेछ, गरिनेछ गरियो भने गरिनेको ठाउँमा मरिनेछ लेख्नुपर्छ केही दिनपछि । जुनकुरालाई सम्बोधन गरेर, त्यो मरिने खतरालाई हटाएर गरिने कुरा गर्नुपर्ने हो, त्यसबारेमा पूर्णरुपेण मौन छ । र, जिम्मेदारीबाट पन्छिनका लागि भ्रष्टाचार र सुशासन शब्दको नाममात्र उल्लेख छ ।

मैले अघि सहानुभूतिपूर्वक भनें– आफ्ना सहकर्मीलाई, सहयोद्धालाई म आरोप लगाउन चाहन्नँ । तर मुख्य ठाउँमा बसेको व्यक्तिले, नेतृत्वमा बसेको व्यक्तिले, प्रधानमन्त्रीका पदमा बसेका व्यक्तिले, सभामुखका आसनमा बसेका व्यक्तिले आ–आफ्ना कर्तव्य पालना गर्ने बेलामा अवस्था यस्तै छ भन्न पाउँदैन । घरमा तपाईंले कोतवाल, चौकीदार वा  गार्ड राखेको घरमा चोरी भयो भने, चोर खोजिदैन । पहिले त्यस गार्डसँग स्पष्टिकरण मागिन्छ, त्यो चौकीदारसँग स्पष्टीकरण मागिन्छ । त्यसैले म यो यस सरकारसँग पहिलोपटक स्पष्टीकरण माग्दैछु । म ती वक्ता, सांसद वा  त्यस्ता प्रतिपक्षका सदस्य मध्ये होइन, जसले बिनाकारण अत्तो थापेर सरकारलाई विरोधका निम्ति विरोध गर्ने गरेको छ । तर, यो सरकारको अकर्मणयता, अक्षमता, लगभग त्यस्तै छ, जस्तो द्वितीय महायुद्धका मुखमा बेलायतका प्रधानमन्त्री नेभिल च्याम्बर्लिनको थियो । च्याम्बर्लिनलाई हटाउन उनकै कन्जरभेटिभ पार्टीका लर्ड एमेरीले उठेर, उनकै पार्टीका चर्चिलले उठेर भन्नुपरेको थियो– इनफ, इनफ ! हामीमाथि दया गर, हामीमाथि दया गर, त्यो कुर्सी छाडिदेऊ । म त्यो दृश्य यहाँ दोहोर्याउन चाहन्न, दोहोरियोस् भन्ने पनि चाहन्न ।


जसको पैसाले हामी बाँचेका छौं, ती लाखौं विदेशिएका मलेशिया र मध्यपूर्वका हाम्रा नेपालीहरुलाई ल्याउन आँट देखाउनुहोस् । उनीहरु चाहेर त्यहाँ गएका होइनन् । तिनलाई तपाईं कविताको भाषामा भन्नुहोस्– अर्काको देशमा गएर कसका निम्ति लड्दै छौ ? अर्काको देशमा गएर कसका निम्ति कमाउँदै छौ ? आऊ आफ्नै देशमा आएर लड, आऊ आफ्नै देशमा आएर मर । जोसँग लड्नुछ, यहीँ लडौँला । आफ्नो मुलुकको भारी बिसाउन छोडेर, अर्को मुलुकको भारी बोक्न जाने ? भन्नुहोस्, कविताको माध्यमबाट भन्नुहोस् । त्यो भन्ने काम तपाईंको हो प्रधानमन्त्रीजी, तपाईंको ।


मलाई प्रधानमन्त्रीको तथाकथित देशभक्तिमा कुनै शंका छैन । वहाँले दिएको वचन र उहाँका राष्ट्रवादका अनुसार यस्तै हो भने वहाँले जनसेना बनाएर अध्यक्ष प्रचण्डसँग हातमा हात मिलाएर, भारत र चीनलाई सबक सिकाउन बेर छैन । तर, समस्या छ आज भोकमरीको– जो आगामी दिनमा आउने वाला छ । त्यसैले म के चाहन्छु भने नेपालीहरु बलियाबांगा भए भने एक दिन सिंगो विश्वमा कुनै समयमा अमरसिंह थापाले खुकुरी चम्काएर सतलज पुगेजस्तै पुगौँला । अहिलेलाई आम नेपाली जो रोगले ग्रस्त छन्, उनीहरुका लागि आवश्यक मात्रामा क्वारेन्टाइन बनाउनुहोस् । सीमामा अलपत्र बसेका हजारौँ लाखौँ नेपाली नागरिक छन्, तिनलाई भित्र्याउनुहोस् । सँगै मरौंला, सँगै बाँचौंला । जसको पैसाले हामी बाँचेका छौं, ती लाखौं विदेशिएका मलेशिया र मध्यपूर्वका हाम्रा नेपालीहरुलाई ल्याउन आँट देखाउनुहोस् । उनीहरु चाहेर त्यहाँ गएका होइनन् । तिनलाई तपाईं कविताको भाषामा भन्नुहोस्– अर्काको देशमा गएर कसका निम्ति लड्दै छौ ? अर्काको देशमा गएर कसका निम्ति कमाउँदै छौ ? आऊ आफ्नै देशमा आएर लड, आऊ आफ्नै देशमा आएर मर । जोसँग लड्नुछ, यहीँ लडौँला । आफ्नो मुलुकको भारी बिसाउन छोडेर, अर्को मुलुकको भारी बोक्न जाने ? भन्नुहोस्, कविताको माध्यमबाट भन्नुहोस् । त्यो भन्ने काम तपाईंको हो प्रधानमन्त्रीजी, तपाईंको । राष्ट्रपतिलाई पनि सम्मानपूर्वक सम्झना गराउन चाहन्छु, राष्ट्रपति कुनै पार्टीको सदस्य होइन । के कति कारणले औपचारिकताबश, वहाँले आएर एक पटक आएर बोल्नुपर्छ, त्यो मलाई थाहा छैन । बेलायतकी राष्ट्रप्रमुख महारानी एलिजावेथले कोरोनाका बेलामा मुलुकलाई अगाडि बसेर सन्देश दिएजस्तै सन्देश दिने हैसियत नेपालका राष्ट्रपतिको पनि छ । तर त्यसका लागि वहाँले सिंगो नेपालको राष्ट्रपति हुन सिक्नुपर्छ । यो राष्ट्रपतिको सन्देश सबै दललाई, सबै पक्षलाई सबै प्रतिपक्षलाई सम्बोधन गरिने सन्देश हो । त्यसको यहाँ ध्वनि छैन ।


आज मुलुकलाई सबैभन्दा पहिले प्रेम र माया चाहिएको छ । आफ्ना दाजुभाइलाई, छिमेकीलाई माया गर्न नसक्ने व्यक्ति समाजवादी हुँदैन । मार्क्स र एंगेल्सको ठेली बिर्सिनुहोस्, माओको रेडबुक पनि एकछिन गोजीमा थन्काउनुहोस् । यतिमात्र बुझ्नुहोस् समाजवादको मूल परिभाषा भनेको आम जनतालाई माया गर्ने, आफ्ना छिमेकीलाई माया गर्ने, ईशाको शब्दमा भन्ने हो भने आफूलाई माया गरेजस्तै माया गर्ने । आज मैले यो दस्तावेजमा सबैथोक देखेँ, तर माया देखिनँ, प्रेम देखिनँ ।


कुनै पनि देश र समाजको सबैभन्दा ठूलो समस्या, क्यान्सर पा कोभिड–१९ भन्दा पनि खतरनाक, भ्रष्टाचार हो । कुनै समय प्रधानमन्त्रीले भ्रष्टाचार शून्य देश बनाउँछु भन्दा मान्छे तातेका थिए । दुई वर्षमा घटेका अनेकन काण्डको उल्लेख गर्न चाहन्नँ । सञ्चारमन्त्रीदेखि विभिन्न मन्त्रीहरु दागी भएका कुराहरु पनि दोहोर्याउन चाहन्नँ । वहाँहरुले एक दिन आफूलाई सिद्ध गर्नुहोला । म मात्र यो भन्छु, गएर गाउँमा, घरमा, जिल्लामा, अदालतमा, प्रशासनमा, वास्तविकता बुझ्नुहोस् । कुनै समय भूमिगत हिँड्नु भएका तपाईं मित्रहरु, लडाकु जत्था बनाएर हिँड्नुभएका मन्त्रीहरु झुक्किएर भए पनि गाउँको अवस्था बुझ्नुहोस् । त्यो अवस्था बुझ्नु भनेको कोभिडको आतंक बुझ्नु हो । आज मुलुकलाई सडक पनि चाहिएको छ, तर त्योभन्दा पहिले परस्पर सहानुभूति चाहिएको छ । त्योभन्दा पहिले परस्पर समवेदना चाहिएको छ । सबैभन्दा पहिले प्रेम र माया चाहिएको छ । आफ्ना दाजुभाइलाई, छिमेकीलाई माया गर्न नसक्ने व्यक्ति समाजवादी हुँदैन । मार्क्स र एंगेल्सको ठेली बिर्सिनुहोस्, माओको रेडबुक पनि एकछिन गोजीमा थन्काउनुहोस् । यतिमात्र बुझ्नुहोस् समाजवादको मूल परिभाषा भनेको आम जनतालाई माया गर्ने, आफ्ना छिमेकीलाई माया गर्ने, ईशाको शब्दमा भन्ने हो भने आफूलाई माया गरेजस्तै माया गर्ने । आज मैले यो दस्तावेजमा सबैथोक देखेँ, तर माया देखिनँ, प्रेम देखिनँ । त्यसैले यो दस्तावेजको विपक्षमा बोल्दैछु । मतदान दिनुपर्यो भने विपक्षमा मतदान दिन्छु । या सरकारले समस्या समाधान गरोस् । सरकारले समाधान गर्दैन भने ठाउँ छोडोस् । यो म बोलिरहेको छैन, द्वितीय महायुद्धको चर्चिल बोल्दैछ । र, प्रधानमन्त्रीले भन्न सक्नुपर्छ, सान्त्वना दिएर हुँदैन, मसँग तपाईंलाई दिनका लागि आँसु बाहेक केही पनि छैन । श्रमबाहेक केही पनि छैन, रोदन बाहेक केही पनि छैन । आउनुहोस् हामी केही दिन दुःख पाएर बसौँ । झुठो ललिपप दिने होइन ।

माननीय प्रदीप गिरीले प्रतिनिधिभासको बैठकमा जेठ ४ गते व्यक्त गर्नुभएको विचार । भिडियोका लागि यस लिंकमा जानुहोस् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.