प्रेस युनियन सुनसरीले पत्रकारको कोरोना बीमा गर्ने
विराटनरगर । प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क बीमा सुरु गरेको छ ।
कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ सुनसरी आबद्ध तथा जिल्लामा क्रियासिल गरि १५० जना पत्रकारको निःशुल्क बीमा गर्ने कार्यक्रम सुरु गरेको हो ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन र आईएमई जनरल इन्सुरेन्सबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार पत्रकारलाई कोरोना भाइरसको लक्षण देखिएमा १ लाख रुपैयाँ प्रदान गरिनेछ । सम्झौतामा युनियनका तर्फबाट अधिकारी र इन्सुरेन्सका मार्केटिगं प्रदेश संयोजक विमलकुमार रन्जितकारले हस्ताक्षर गरेका छन् ।
इन्स्योरेन्सको बिराटनगर स्थित क्षेत्रीय कार्यालयम एक कार्यक्रमका बीच प्रेस युनियनका अध्यक्ष अधिकारी र रञ्जितकार बिच पत्रकारको बीमा गर्दै लिखितम सहमति आदानप्रदान भएको थियो । सो कार्यक्रममा अध्यक्ष अधिकारीले सामान्य राहत किन्न समेत अप्ठारो परिरहेको अवस्थामा यस बीमाले ठुलो टेवा पुग्ने र परिवारलाई समेत राहत महशुश हुने जिकिर गरे । सुनसरीका दक्षिणि नाकाहरु भारतसंग जोडिएकाले निकै संबेदनशिल भएर रिपोर्टिगं गर्नुपर्ने बाध्यता संगै जिल्लापनि रेड जोनमा परिसकेकाले बीमा आवस्यक भएको अधिकारीको भनाइ छ ।
हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट संयोजक रञ्जिकारले सस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोराना बिमा कार्याक्रम प्रेस युनियनक सुनसरी संगको सहकार्यमा गरेको जानकारी गराए ।
उक्त कार्यक्रममा पत्रकार महासघं प्रदेश १ का महासचिब बिबेक गौतमलेले युनियन सुनसरीले गर्ने लागेको बीमा कार्यक्रमले जिल्लाभरका पत्रकारहरुले फाइदा लिने दावी गरे । युनियन सुनसरी पत्रकारहरुको पेशागत हक हित एवम शुरक्षाका बिषयमा गम्भिर भएर लागेको गतिलो उदाहरणका रुपमा यस बीमा योजनालाई लिन सकिने महासंघ प्रदेश १ अध्यक्ष बिक्रम लुइटेलले बताए ।
उनले सरकाले समेत यस्तो महामारीले पत्रकाहरुको शुरक्षाका लागि चिन्तित भएर लाग्नुपर्ने कुरामा जोड दिए । सो कार्यक्रममा इन्स्योरेन्सका इटहरी व्यवस्थापक भोजराज अधिकारी, विराटनगरका व्यवस्थापक सुनिल ठाकुर लगायतको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी