शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहरको विषयमा  छोटो फिल्म ‘कोभिड–१९’ बन्यो

आइतबार, ०४ जेठ २०७७, १४ : ५४
आइतबार, ०४ जेठ २०७७

काठमाडौं । कोरोना भाइरस अर्थात ‘कोभिड १९’ले पारेको असरको विषयमा छोटो फिल्म ‘कोभिड १९’ निर्माण भएको छ ।

रमेश बन गोसाईको निर्देशन रहेको फिल्म स्वर्गद्वारी फिल्मस् पोस्ट प्रोडक्सनबाट निर्माण भएको हो । कोरोना कहरमा मानिसलाई परेको बिभिन्न असर र बिपन्न परिवारले भोग्नु परेको समस्या फिल्मको कथा बनाइएको छ ।

राजबहादर सानेको लेखन रहेको फिल्ममा राई प्रपोज राई र दिलमाया बिश्वकर्माको अभिनय छ । चेतन सागरको सम्पादन, पाश्र्व संगीत रहेको फिल्म जेठ ८ गते युट्युव मार्फत सार्वजनिक हुने निर्माण युनिटले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप