बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इमान्दारीताले मात्र हुँदैन, राम्रो पार्टनर बन्नु छ भने यी विशेषता हुनुपर्छ

सोमबार, १९ भदौ २०७४, १६ : ३०
सोमबार, १९ भदौ २०७४

एक राम्रो पार्टनरको अर्थ तपाईं दिनमा कतिपटक उनको कुरा गर्नुहुन्छ वा उनीप्रति कति इमान्दार हुनुहुन्छ वा उनलाई कतिपटक अंगालो हाल्नुहुन्छ वा चुम्बन गर्नुहुन्छ भन्ने होइन । एक राम्रो पार्टनरको परिभाषा योभन्दा धेरै माथि छ । कसैसँग सम्बन्धमा हुनुहुन्छ भने प्रेमका साथै विश्वास र अन्य थुप्रै विशेषता हुन आवश्यक छ । अनिमात्र सम्बन्ध थप गहिरो हुनसक्छ । आज हामी तपाईंलाई राम्रो सम्बन्धका लागि आवश्यक विशेषताबारे जानकारी दिँदै छौं ।

सम्मान छ भने सबैकुरा छः

तपाईं आफ्नो पार्टनरलाई अत्यधिक माया गर्नुहुन्छ तर उनको सम्मान गर्नुहुन्न भने तपाईंको प्रेम फिक्का हुन्छ किनभने जुन सम्बन्धमा सम्मान छैन त्यो लामो समयसम्म टिक्न सक्दैन । जब तपाईंका पार्टनरले लामो समयसम्म तपाईंको सम्मानमा ठेस पुर्याउँछन् भने तपाईंहरुको सम्बन्ध गहिरिनुको साटो टुट्न थाल्छ । त्यसकारण सम्बन्धमा एक–अर्कालाई सम्मान गर्नैपर्ने हुन्छ ।

विश्वास सबैभन्दा आवश्यकः

तपाईं आफ्नो पार्टनरलाई प्रेम त गर्नुहुन्छ तर स–सानो कुरामा शंका गर्नुहुन्छ भने यो तपाईंका लागि ठिक होइन । विश्वासमा नै सम्बन्ध टिकेको हुन्छ । यदि तपाईंलाई आफ्नो पार्टनरमा विश्वास छैन भने तपाईं लामो समयसम्म सम्बन्धमा रहन सक्नुहुन्न । यदि तपाईंहरु बिच विश्वास छ भने तपाईंको सम्बन्धमा कसैले पनि आँखा लगाउन सक्दैन ।

भावनात्मक रुपमा साथ रहनुहोस्ः

तपाईंको पार्टनरलाई सबैभन्दा धेरै आवश्यकता तपाईंको भावनात्मक साथको हुन्छ । संसारका हरेक व्यक्तिले राम्रो र नराम्रो समयमा   आफ्नो पार्टनरले साथ दिउन् भन्ने चाहन्छन् । खराब र मुश्किल परिस्थितीमा साथ दिउन् भन्ने पनि धेरैको सोच हुन्छ ।

राम्रो श्रोता बन्नुहोस्ः

यदि तपाईं सम्बन्धमा हुनुहुन्छ भने उनलाई बुझ्ने कोसिस गर्नुहोस् । तपाईंको यो राम्रो श्रोता बन्ने बानीले तपाईंको लभ लाइफलाई रोमाञ्चक बनाउने गर्दछ ।

गल्ती स्विकार्नुहोस्:

सम्बन्धमा स–सानो झगडा हुनु सामान्य हो तर आफ्नो गल्ती मान्न निकै मुश्किल हुने गर्दछ । यदि तपाईं आफ्नो नजिकको व्यक्तिलाई गुमाउन चाहनुहुन्न भने र तपाईंको कुनै कुराले उनको मन दुखेको छ भने तपाईंले आफ्नो गल्ती स्विकार्नै पर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप