बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गीतमा नालापानी–लिपुलेकको चर्चा

आइतबार, ०४ जेठ २०७७, १२ : १४
आइतबार, ०४ जेठ २०७७

काठमाडौं । भारतले मिचेको नेपाली भूमिको विषय समेटिएर गीत संगीत निर्माण हुने क्रम बढ्दो छ ।

 यस्तैमा गायक अस्मिन घिमिरेले पनि यहि विषयमा ‘मलाई नालापानी –लिपुलेक हेर्न मन छ’ बोलको गीत सार्वजनिक गरेका छन् । 

भिडियो सहित सार्वजनिक गीत समय सान्दर्भिक तथा देशभक्तीले ओतप्रोत छ । गीत पनि गायक घिमिरेले नै लेखेका हुन् । 

कपिल घिमिरेको संगीत, प्रकाश केसीको एरेन्ज रहेको गीतमा   दीपकराज गिरी, दीपाश्री निरौला, सलोन बस्नेत, निर्मल शर्मा , शोभित बस्नेत, बद्री पगेनी, जयकिसन बस्नेत, जहान्वी बस्नेत, अर्जुन भुषाल, उत्सव अधिकारी, पुस्कर लामा, काब्य कार्की , दीपकराज पाठक, सुदीर नेपाल, कृष्ण भट्टराई, अस्मिन घिमिरे लगायतको अभिनय रहेको छ । 

भोला सुवेदी ‘प्रणव’को निर्देशन रहेको भिडियोमा राजीव बस्नेत र भोला सुवेदीको छायाँकन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप