केन्द्रीय संस्करण
आँखीझ्यालभित्रको पर्दा

गणतन्त्रको पर्दाभित्र ‘राजतन्त्रको काँचोवायु’

सवारीको तामझाम र पिर्के सलामीले गणतन्त्रलाई बलियो बनाउँछन् ?

person explore access_timeजेठ ४, २०७७ chat_bubble_outline0

हिजो सामन्ती व्यवस्थाका संचालक मानिने राजा–रानीले जुन जुन खालका थोत्रा–पुराना राजनीतिक–सांस्कृतिक अभ्यास गर्थे, गणतन्त्रात्मक पद्दतिमा गइसकेपछि कम्तिमा त्योबाट मुलुकले मुक्ति पाउनु पर्थ्यो । हिजो राजतन्त्रका विरुद्ध बलिदानी संघर्षमा होमिएका बहुसंख्यक जनताको पवित्र चाहना पनि यही हो । तर नेपाली जनताको त्यो पवित्र चाहनामाथि बरफपानी खन्याउँदै पुँजीवादी गणतन्त्रका शासकवर्गहरुले हिजो शासनसत्तामा हालीमुहाली चलाउने राजतन्त्रले स्थापित गरेका संस्कार, संस्कृति र मान्यताका पदचापलाई पछ्याउन छाडेका छैनन् ।

‘द किङ इज डेड, लङ लिभ द किङ !’ (राजा मरिसके, राजा अमर रहून् !)

कुनै जमानामा यस्तो नारा लाग्थ्यो– राजा मारिएपछि, राजतन्त्र विस्थापित गरिएपछि पनि राजा वा रानीको अस्तित्व कायम रहँदा । चाहे बेलायत होस् या फ्रान्स, राजतन्त्रको प्रेत जागेपछि यस्तै भन्ने र राजा–रानीको हाइहाई गर्ने चलन चल्यो, थिति बस्यो–बसाइयो । सम्भवतः त्यसैको नयाँ रुप र अवतारमा नेपालमा राजतन्त्रको अन्त्यपछि पनि विभिन्न रुपरंगमा नवराजा–रानी बौरिएका छन्, बौराइने कोशिश बारम्बार भाइरहेका छन्– राष्ट्रपतिको मुकुण्डोमा र थरिथरिका भीभीआइपी पदधारीहरुको आवरणमा ।

नेपालको प्रथम राष्ट्रपति बन्ने गौरवपूर्ण अवसर प्राप्त गरेका रामवरण यादवले आफ्नो राष्ट्रपतिकालमा जेजसरी ‘राजतन्त्रको प्रेत’ जगाए, त्यसलाई झन् फैलाउने र मौलाउने काम भइरहेको छ– दुई दुई राष्ट्रपति हुने मौका पाएकी विद्यादेवी भण्डारीको क्रियाकलापहरुमार्फत् । हिजो सामन्ती व्यवस्थाका संचालक मानिने राजा–रानीले जुन जुन खालका थोत्रा–पुराना राजनीतिक–सांस्कृतिक अभ्यास गर्थे, गणतन्त्रात्मक पद्दतिमा गइसकेपछि कम्तिमा त्योबाट मुलुकले मुक्ति पाउनु पर्थ्यो । हिजो राजतन्त्रका विरुद्ध बलिदानी संघर्षमा होमिएका बहुसंख्यक जनताको पवित्र चाहना पनि यही हो । तर नेपाली जनताको त्यो पवित्र चाहनामाथि बरफपानी खन्याउँदै पुँजीवादी गणतन्त्रका शासकवर्गहरुले हिजो शासनसत्तामा हालीमुहाली चलाउने राजतन्त्रले स्थापित गरेका संस्कार, संस्कृति र मान्यताका पदचापलाई पछ्याउन छाडेका छैनन् । इतिहासमा ‘दैवीसत्ताको प्राधिकार’को कालो छायाँमा स्थापित त्यही ‘राजतन्त्रको काँचोवायु’ले ग्रसित कुहिगन्धे संस्कार–संस्कृतिलाई गणतन्त्र नेपालका शासक वर्गहरुले पनि पछ्याएर– दोहोर्‍याएर राजतन्त्रवादी र पञ्च–महापञ्चहरुको राजतन्त्र मासिएको पीडा र न्यास्रोलाई मेट्ने, उनीहरुलाई मनोरञ्जन गराउने काम गरिरहेका छन् । त्यो कामलाई हिजो गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने अवसर प्राप्त गरेका पूर्व राष्ट्रपति यादवले मलजल गरेका थिए । त्यसलाई नै थप  माथ गर्ने गरी निरन्तरता दिँदै वर्तमान राष्ट्रपति भण्डारीमार्फत् देखाइने गरिएको तामझामले लोकतान्त्रिक गणतन्त्रलाई नै लज्जित पारिरहेको छ । त्यसको कुरुप झलक बारम्बार देखिन्छ, राष्ट्रपतिले गर्ने प्रत्येक राजसी सवारी र सम्बोधनका तामझाममा, उनका साँस्कृतिक कृयाकलापमा, अनि अन्य भीआइपी पदधारीहरु समेतका व्यवहार र गतिविधिहरुमा पनि ।

धेरै परका कुराहरु एकछिन थाँती राखौं, भरखरैका कुरा गरौं । केही दिनअघि मात्रै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्न शितल निवासबाट बानेश्वरतर्फ लागेकी राष्ट्रपति भण्डारीको सवारीमा लोकतन्त्रको झलक पाउन लोकलाई गाह्रो भयो । सडक जाम गर्दै, जनगणलाई सकसमा पार्दै सवारी गर्न ‘अभ्यस्त’ र ‘विश्वस्त’ तुल्याइएका राष्ट्रपतिलाई लकडाउनका कारण सुनसान सडकमा सवारी चलाउँदा ‘न्यास्रो अनुभूति’ भएको हुनुपर्छ सायद । सम्भवतः त्यही न्यास्रोपन मेटाउन उनलाई कुनै कसरत गर्नुपरेन, उनको चाकरीमा अभ्यस्त सेना, प्रशासन र नेताहरुले त्यसको पूर्ति गरिदिए ।


भुइँतहका जनताको नाममा राजनीति गर्दै राष्ट्रपतिसम्म बन्न सफल व्यक्तिका लागि आज भुइँ टेक्नै नहुने, कार्पेटमा टेकेर सवारी चलाउने र सवारी चलाउनासाथ पिर्के सलामी चाहिने त्यो ‘राजसी प्रवृत्ति’मा गणतान्त्रिक संस्कृतिको लेस पनि पाइँदैन । शब्दमा, नीति र कार्यक्रममा भुइँतहका जनताको आँसु पुछ्ने सपना यस्ता राजसी तामझामले भरिएको व्यवहारसँग पटक्कै मेल खाँदैन ।


उनलाई संसद् भवन बानेश्वरमा राजा–रानीकै शैलीमा स्वागत सत्कार गरियो, भरेङभरि रातो कार्पेट बिछ्याएर, अरुभन्दा उच्च आसन बनाएर बडामहारानीको ढंगले सलामी दिइयो । भुइँतहका जनताको नाममा राजनीति गर्दै राष्ट्रपतिसम्म बन्न सफल व्यक्तिका लागि आज भुइँ टेक्नै नहुने, कार्पेटमा टेकेर सवारी चलाउने र सवारी चलाउनासाथ पिर्के सलामी चाहिने त्यो ‘राजसी प्रवृत्ति’मा गणतान्त्रिक संस्कृतिको लेस पनि पाइँदैन । शब्दमा, नीति र कार्यक्रममा भुइँतहका जनताको आँसु पुछ्ने सपना यस्ता राजसी तामझामले भरिएको व्यवहारसँग पटक्कै मेल खाँदैन ।

संसदका आफ्नै सुरक्षाकर्मी र मर्यादापालक हुन्छन्, तर अचम्मको कुरा, राष्ट्रपतिले आफ्ना सुरक्षाकर्मी संसदभित्रै लान्छन् । सांसदहरुबाट उनलाई के खतरा ? राष्ट्रपति, उनका सल्लाहकार र सरकारको बुद्धि–विवेकलाई के शाहीकालीन कर्मचारीतन्त्र र संस्कारले ‘प्यारालाइज्ड’ गरेको हो ? उनी आफैंले पनि नेकपा एमालेका नेता मदन भण्डारीको विरासतलाई कलंकित गर्ने, कम्युनिस्ट संस्कार र संस्कृतिको उछित्तो काढ्ने यस्ता तामझाम चाहिँदैन भनेर किन बोल्न सक्दिनन् ? उनी आफू आमजनताका सेवक हुँ, म शासक होइन भन्ने भावनाबाट किन मुक्त हुन सक्दिनन् ? यो प्रश्नले यतिखेर जनमानसलाई उद्वेलित तुल्याउनु कुनै अनौठो कुरा हैन ।


एकछिनका लागि ‘वेनिफिट अफ डाउट’को सहारा लिऔं । हुन सक्छ, त्यो कर्ममा सम्माननीय राष्ट्रपतिको पदमा आसीन ‘जननेता’का उपमाले विभूषित मदन भण्डारीका पत्नी विद्या भण्डारीको व्यक्तिगत चाहना र इच्छा नमिस्सिएको पनि हुन सक्छ । संघर्षको मैदानबाट उठेका मदन भण्डारीका विरासतलाई अघि बढाउने गहन अभिभारा स्वतः काँधमा आइलागेका महामहिम विद्या भण्डारीलाई त्यो कर्ममा लिप्त गराउन ‘पञ्चायती संस्कार र संस्कृतिको काँचोवायुले पिरोलिएको’ गणतान्त्रिक विधि विधान र परम्पराले ‘बाध्य तुल्याएको’ पनि हुन सक्छ । ‘भेंडा भेंडासँग, बाख्रा बाख्रासँग’ भनेझैं त्यसो संस्कार संस्कृतिको संगत र अभ्यासमा लामो समय रहँदा बस्दा उनलाई पनि त्यसले छोप्दै र त्यो विधिगत प्रक्रिया नै हो भनेर विश्वस्त तुल्याउँदै लगेको पनि हुन सक्छ । तर ‘जननेता’ मदन भण्डारीको विरासतको उत्तराधिकारीका हिसाबले पनि महामहिम विद्या भण्डारीसँग फेरि पनि आमजनताको अपेक्षा उनी त्यो ‘राजतन्त्रको काँचोवायु’बाट ग्रसित नबनुन् भन्ने नै हुन्छ । भन्नलाई त ‘राज्यले निर्धारित गरिदिएको त्यो औपचारिक कर्मलाई ‘सेरेमोनियल’ राष्ट्रपतिले पछ्याउँदैमा केको कोकोहोला’ भन्ने (कू)तर्क पनि आउन सक्लान् । तर त्यसको जवाफ स्वयं मदन भण्डारीकै शब्दले दिन सक्छ । कुनै बेला मैले लिएको एक अन्तर्वार्तामा सोधिएको एक प्रश्नमा उनको जवाफ यस्तो थियो– ‘इतिहासमा हिँडाइको पाइतालका डोबहरु सधैं एकै ठाउँमा पर्नुपर्छ भन्ने हुँदैन ।’ कम्तिमा मदनका जीवनसंगिनी, जनताको राजनीतिबाट माथि उठेका महामहिम भण्डारीले आफ्ना हिँडाइका पाइलाहरु इतिहासका त्यस्ता राजतन्त्रका झल्को दिने कुहिगन्धे डोबहरुमा पर्न दिन इन्कार गर्न सक्नुपर्छ भन्ने अपेक्षा राख्नु अर्घेल्याइँ नठहर्ला ।

https://www.wiki-global.org

एक अन्तर्वार्तामा सोधिएको एक प्रश्नमा मदन भण्डारीको जवाफ यस्तो थियो– ‘इतिहासमा हिँडाइको पाइतालका डोबहरु सधैं एकै ठाउँमा पर्नुपर्छ भन्ने हुँदैन ।’ कम्तिमा मदनका जीवनसंगिनी, जनताको राजनीतिबाट माथि उठेका महामहिम भण्डारीले आफ्ना हिँडाइका पाइलाहरु इतिहासका त्यस्ता राजतन्त्रका झल्को दिने कुहिगन्धे डोबहरुमा पर्न दिन इन्कार गर्न सक्नुपर्छ भन्ने अपेक्षा राख्नु अर्घेल्याइँ नठहर्ला ।


कुनै जमानामा मदन भण्डारीले प्रमुख शत्रु मानेका राजा हटे पनि आधारभूत संरचना र संस्कृतिमा परिवर्तन भएनन् भने जनता र राष्ट्रमा खुसहाली आउन नसक्ने चेतावनी दिएका थिए । उनले थप चेताएका थिए, ‘हाम्रो बीचमा राजा रहे पनि नरहे पनि हाम्रो स्थितिमा कुनै फरक पर्दैन, तर शोषक सामन्तवाद नोकरशाहीको जरो रहेसम्म हाम्रो बीचमा कुनै परिवर्तन आउदैन ।’ विडम्बना नै भनौं, भण्डारीकै राजनीति र विरासत बोकेर दुई दुई पटक राष्ट्रपति भएकी विद्यादेवी भण्डारी राजनीतिक संरचना र संस्कृतिमा परिवर्तन गर्नुको साटो उल्टै अचेल ‘महारानीको भूमिकामा देखिएकी’ भनेर सबैतिर आलोचित छिन् ।


राजतन्त्रको संरचना र राजतान्त्रिक संस्कृतिबारे बुझ्न कुनै पनि व्यक्ति कम्युनिस्ट हुनुपर्दैन, कम्युनिस्ट पार्टीका उपाध्यक्ष वा महिला संगठनका अध्यक्ष पनि हुनुपर्दैन । राजतन्त्र भोगेका, देखेका र सुनेका जोकोहीलाई पनि थाहा छ, राजतन्त्र दैवीसत्ताको प्राधिकार लादेर व्यक्तिगत शासन चल्ने संरचना मात्रै हैन, जनतामा बलात लादिएको थोत्रो–मक्किएको परम्परा, संस्कार र संस्कृति पनि हो । विडम्बना नै भन्नुपर्ला, लामो समयसम्म राजतन्त्रसँग जुझ्दा वा उससँग सहकार्य गर्दा त्यो ‘राजतान्त्रिक संस्कृति’ कोरोनाभाइरसजस्तै गरी कुनै पनि व्यक्तिमा सर्ने रहेछ । चाहे त्यस्ता व्यक्ति सामन्ती संस्कृतिका विरुद्ध जतिसुकै प्रशिक्षित र त्यसका विरुद्ध लड्न विगतमा प्रतिबद्ध नै किन नहोउन् । अहिले नेपालका अधिकांशलाई त्यही सरुवा रोगले नराम्ररी संक्रमित तुल्याएको देखिन्छ । मानिसको भौतिक ज्यान मात्रै हरण गर्ने नोबल कोरोनाभाइरसभन्दा पनि भयानक, मानिसको नैतिक साँस्कृतिक धरातललाई नै सखाप पारिदिने साँस्कृतिक विचलनको भयानक सरुवारोगबाट नराम्ररी संक्रमित हुँदा पनि आफूलाई प्रजातान्त्रिक र कम्युनिस्ट भन्न–भनाउनमा गर्व गर्ने नेताहरुमा होस नहुनु वा आँखा चिम्लेर त्यसको मज्जा लिने प्रवृत्ति फस्टाउँदै जानुलाई के भन्ने ?

हिजो राजतन्त्रविरोधी संघर्षमा ज्यान हत्केलामा राखेर संघर्षमा उत्रेकाहरु अहिले शीरदेखि पाउसम्म राजतन्त्रकालीन संस्कार बोकेर हिँडेको देखेर सबैभन्दा बेसी आहत र आक्रोशित छन् राजतन्त्रविरोधी संघर्षमा होमिएका जनता । तिनै जनताको संघर्षको कारण बाह्र वर्षअघि सत्ताच्युत भएका राजा–रानी सरकारी पास कुरेर, आफैं गाडी हाँकेर राजधानी पसिरहेको बेला शाहीकालीन संस्कार र परम्परालाई शीरदेखि पाउसम्मै चुर्लुम्म अनुकरण गरेर संसद भवनमा चलाइएको राष्ट्रपतिको ‘शाही सवारी’ को दृश्यले जनताले हिजो गरेका बलिदानी संघर्षलाई गिज्याएको भान हुन्छ ।

गाब्रियल गार्सिया मार्खेज र क्युबाका क्रान्तिनायक फिडेल क्यास्त्रो । https://static.independent.co.uk

कोलम्बियाका लेखक गाब्रियल गार्सिया मार्खेजले क्युबाका तत्कालीन राष्ट्रपति फिडेल क्यास्त्रो र मन्त्री चे ग्वेभाराहरु सुरक्षाकर्मीबिना नै रातारात राजधानी हवानाका सडकमा घुम्ने गरेको, जनताका घरमा घुसेर सुखदुःख सोध्ने, बुझ्ने गरेको तथ्य पटक पटक उल्लेख गरेर धेरैलाई उदाहरण दिएका थिए । पटक पटक सिआइएले हत्याको प्रयत्न गरेका क्यास्त्रोले आफूलाई जनताको पंक्तिबाट कहिल्यै असुरक्षित महसूस गरेनन्, व्यवहारमा उनले जहिल्यै जनताका सेवकका रुपमा आफूलाई प्रस्तुत गरे । आफूप्रतिको जनसमर्थन र सम्मानको बलमा उनले जनताबाट आफूलाई कटाउने सुरक्षाको थोत्रो तामझामयुक्त संस्कारबाट यथासक्य मुक्त बनाउने काम गरे । तर हाम्रा शासकहरुले भने ती उदाहरणबाट चेत्ने र सिक्ने छाँटै देखाएका छैनन् ।


कोलम्बियाका लेखक गाब्रियल गार्सिया मार्खेज र क्युबाका क्रान्तिनायक फिडेल क्यास्त्रोबीचको मित्रतापूर्ण सम्बन्ध विश्वभरि जगजाहेर छ । मार्खेजले क्युबाका तत्कालीन राष्ट्रपति फिडेल क्यास्त्रो र मन्त्री चे ग्वेभाराहरु सुरक्षाकर्मीबिना नै रातारात राजधानी हवानाका सडकमा घुम्ने गरेको, जनताका घरमा घुसेर सुखदुःख सोध्ने, बुझ्ने गरेको तथ्य पटक पटक उल्लेख गरेर धेरैलाई उदाहरण दिएका थिए । अमेरिकाको नाकैमुनिको देशका सर्वशक्तिमान शासक हुन् क्यास्त्रो, जसको पटक पटक हत्याको प्रयत्न सिआइएले गर्‍यो । तर त्यो भयानक खतराका बीच पनि उनले आफूलाई जनताको पंक्तिबाट कहिल्यै असुरक्षित महसूस गरेनन्, व्यवहारमा उनले जहिल्यै जनताका सेवकका रुपमा आफूलाई प्रस्तुत गरे । आफूप्रतिको जनसमर्थन र सम्मानको बलमा उनले जनताबाट आफूलाई कटाउने सुरक्षाको थोत्रो तामझामयुक्त संस्कारबाट यथासक्य मुक्त बनाउने काम गरे । तर हाम्रा शासकहरुले भने ती उदाहरणबाट चेत्ने र सिक्ने छाँटै देखाएका छैनन् । देशविदेशका लोकतान्त्रिक र कम्युनिस्ट नेताहरुले बिनातामझाम, कहिलेकाहीं त सुरक्षा घेराबेगर नै आम जनताबीच आत्मीय सम्पर्कका गएको र घनिष्ठ सम्बन्ध राखेको दृश्य देखेर अलिकति मात्रै चेतेको भए पनि हाम्रा शासकहरुको केही बित्दैनथियो, बरु उल्टै जनगणबाट हाइहाई नै हुने स्थिति पैदा हुन सक्थ्यो ।

क्रान्तिको नेतृत्व गरेर शासन सत्तामा स्थापित फिडेलका कुरा एकछिन छोडौं, कम्युनिष्ट भन्न रुचाउनेहरुले पूँजीवादी र साम्राज्यवादका नाइके भनेर सत्तोसराप गर्ने अमेरिकाका राष्ट्रपतिहरुकै व्यवहारबाट नै पनि अलिकति मात्रै सिके पुग्छ। उनीहरुले औपचारिक कार्यक्रमहरुमा नै पनि आफ्ना सहकर्मी कर्मचारी, सुरक्षाकर्मीहरुसँग सामान्य र अनौपचारिक व्यवहार गरेका दृश्यहरु सामान्य हुन्छन् । तर त्यसका ठीक विपरीत कम्युनिष्टहरुको करिब दुई तिहाईको शासनसत्ता भएको भनी वर्ग गरिने मुलुकका शासक वर्गहरु भने आफूलाई अरु कुनै ग्रहबाट आएका भिन्नै प्राणी (एलियन) जस्तो व्यवहार गर्छन् । आफ्नै देशका नागरिकसँग पनि उनीहरु दूरी वा खासमा ‘सोसल डिस्टान्स’ कायम गर्छन् र आफूलाई जिताउने मतदाता वा जनगणबाट समेत छोइछिटो लाग्ला जस्तो आचरण गर्छन्, ‘आइसोलेसन’मा बस्दै ।

त्यसैले होला, साहित्यकार तथा स्तम्भकार खगेन्द्र संग्रौला राष्ट्रपति भण्डारीको आवरणमा थोपरिएको ‘राजसी आचरण’ देखेर रुष्ट हुँदै ट्विटरमा जनभावना पोख्छन्, ‘कडिकडाउ लकडाउनमा नागरिकहरू घरघरै थुनामा, सडकमा भयानक तडकभडकसाथ राजातुल्य राष्ट्रपतिको सवारी, सवारीका दर्शक आकास र बतास । यसो गम्दा कुरो ठिकै हो– आखिर हुन पनि यो नागरिकहरूको सरकार कहाँ हो र ? होला बरू आकास–बतासको सरकार !’


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.