शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फर्कियो फुटबल, तर कोलोगको प्यारो बोका रंगशाला बाहिरै

शनिबार, ०३ जेठ २०७७, १९ : ०१
शनिबार, ०३ जेठ २०७७

जर्मन बुन्डेसलिगा शनिबारबाट सुरु हुँदैछ । तर, कोलोगका समर्थक खुसी छैनन् किनकी उनीहरु रंगशाला छिर्न पाउनेछैनन् । 

उनीहरुमात्रै होइन क्लबको प्रसिद्ध मस्कट समेत रहेको बोका पनि पछिल्लो १२ वर्षमा पहिलोपटक रंगशाला छिर्नबाट वन्चित हुनेछ । 

कोभीड–१९ कोरोना भाइरसको महामारीपछि ल्याइएको सामाजिक दुरी नयाँ नियमका कारण समर्थक र बोका दुबै रंगशालाबाहिरै बस्नुपर्ने अवस्था निम्तिएको हो । १९५० यता, कोलोग्नाले हरेकपटक आफ्नो होम म्याचमा बोका ‘हेन्नेस’ नामक बोका रंगशालामा ल्याउने गर्छ । २००८ मा भने एक म्याचमा यो क्रम भंग भएको थियो ।

अहिले हेन्नेस नवौंले आफ्नो पहिलो सिजन मस्कटका रुपमा सेवा गर्दैछ । अघिल्लो सिजनमात्रै हेन्नेस आठौंले उमेर हदका कारण अवकाश पाएको थियो ।

तर म्याच हेर्न नपाउने भएपछि अब हेन्नेस कोल्नर चिडियाघरमा बस्नेछ । नयाँ नियमअनुसार रंगशालाभित्र र आसपास ३ सय २२ जनालाई मात्रै म्याद हुँदाको समय राख्न पाइनेछ । खासमा केही समयका लागि जर्मन फुटबलका सबै मस्टकहरु रंगशाला छिर्नबाट वन्चित हुनेछन् । 

यसको अर्थ अइनट्रक्ट फ्रयाङ्कफ्रुटको ‘अटिला’ नामको मस्कट चिल पनि खेल हेर्नका लागि उपस्थित हुन पाउने छैनन् ।  यो चराले परम्परागत रुपमा खेल  हुनअघि र खेलका दौरान रंगशालामा चक्कर लगाउथ्यों । 

शनिबारबाट सुरु हुन बुन्डेसलिगाअन्तर्गत कोलोगले आइतबार आफ्नै घरमा मेइन्जको आतिथ्यता गर्नेछ । १९५० देखि यो क्लबले बोकालाई आफ्नो मस्कट बनाउँदै आएको छ । पहिलोपटक एउटा सर्कसले क्लबलाई

बोका उपहार दिएको थियो । त्यसपछि क्लबका कर्मचारीहरुकै सहमतिमा तत्कालीन समयमा चर्चित प्रशिक्षक हेन्नस विइजवेल्लरको नामबाट बोकाको नाम ‘हेन्नस’ जुराइयो ।  
हेन्नस आठौं बुढो भएपछि यस सिजनबाट हेन्नस नवौंलाई सेवामा ल्याइयो ।

 ‘हाम्रो क्लबको मस्कट रंगशालामा पीडा सहेर उभिएको हेर्न हामी चाहदैनौं । प्रमोशन र नयाँ सिजनको सुरुवातसँगै राम्रो निकर्ष हेनरी आठौंले अवकाशको मज्जा लिने नै हों,’ गत सिजन क्लबका प्रबन्ध निर्देशक अले¥यान्दर विहर्लीले भनेका थिए । 

द सन
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप