शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकका बाह्रबिसे र बलेफीका बस्ती सिल

शनिबार, ०३ जेठ २०७७, १८ : ५०
शनिबार, ०३ जेठ २०७७

काठमाडौं ।  सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको वडा नम्बर ९ बलेफी गाउँपालिकाकाको ८ र ९ नम्बर वडा स्थानीय प्रशासनले सिल गरेको छ ।  धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना संक्रमणको आशंका देखिएपछि गाउँ र त्यस वरिपरिका बस्ती सिल गरिएको हो ।  जिल्ला प्रशासन कार्यालय सिन्धुपालचोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बलेफी ८–९ र बाह्रबिसे नगरपालिका–९ सिल गरिएको पुष्टि गरे । 
त्यस्तै ब्राहविसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरेको उनले जानकारी दिए । ती स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । त्यस्तै नेपाली सेनालाई पनि सुरक्षामा खटाउन पत्राचार गरिसकेको सूचना अधिकारी समेत रहेका खनालले रातोपाटीलाई जानकारी दिए । स्वास्थ्य मन्त्रालयले भने सुत्केरी महिलाको मृत्यु कोरोना संक्रमणका कारण भएको हो कि होइन भन्ने विषयमा अध्ययन भैरहेको जनाएको छ । 

मृतक महिलाको स्वास्थ्य परीक्षणको रिपोर्ट धुलिखेल अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप