प्रम ओलीको फोटो बिगारेर सामाजिक संजालमा पोष्ट गर्ने पक्राउ
शुक्रबार, ०२ जेठ २०७७, १५ : २३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरी सामाजिक संजालमा पोष्ट गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा सिन्धुली तिनपाटन गाउँपालिका-१ बेलघारी बस्ने मधु पौडेल भन्ने २२ वर्षीय तोरण राज पौडेल रहेका छन् ।
उनले ओली लगायत अन्य विशिष्ट व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरी सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको सामग्री प्रकाशन गरी घृणा, द्वेश फैलाउने उद्देश्यले विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन समेत गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।
जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप लिई पौडेल उपर थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर