केन्द्रीय संस्करण

वडाध्यक्षको आदेश : बाहिर गएका डेरावाललाई घरमा प्रवेश गर्न नदिनु

person explore access_timeजेठ १, २०७७ chat_bubble_outline2

काठमाडौं । ललितपुर महानगरपालिका वडा नंबर ६ का अध्यक्ष हिटलर शाक्यले कोठा भाडामा बस्नेहरुका लागि कडा शैलीको आदेश जारी गरेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै ललितपुर वडा नंबर ६ मा काठमाडौं बाहिरबाट कोठा भाडामा बस्नेलाई रोक लगाएका हुन् । 

बिहिबार वडा कार्यालयको तर्फबाट एक सूचना जारी गर्दै आफ्नो वडामा कोठा भाडामा लिई बस्नेलाई लकडाउनको समयमा बाहिरबाट आएमा कोठा प्रवेशमा रोक लगाइएको जनाएका छन् । 

यस्तै कोठा भाडामा बस्नेहरु घर गएको भए उनीहरुलाई नर्फिकनका लागि फोन गरेर जानकारी गराउन घरधनीहरुलाई आग्रह गरेका छन् । 

घरधनीहरुले सूचना लुकाई भाडामा बस्नेहरुलाई प्रवेश दिएमा त्यस्ता घरहरुमा ताला लगाई शिल गरिने, क्वारेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले बेहोर्नुपर्ने र संक्रमित भएको प्रमाणित भएमा घरधनीले क्षतिपूर्ति तिुर्नपर्ने चेतावनी समेत दिएका छन् । 

साथै आफ्नो टोलभित्र बाहिरी मानिसहरुको आवतजावत रोक्न र निश्चित समयमा व्यापार गर्न पनि आदेश दिएका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. May 16, 2020, 9:07 p.m. Sadim Mj
    लावारिस नभगाअौं। सजग रहौं । घरमा त पस्न नदिअौला । त्यसपछि कहाँ जान्छ !!! ... फेरि अर्कोतिर घर वा वडा वा नगरमा ।। आज यस्तै घटना हाम्रो लुभूमा भयो ।। गाउँबाट आएको भनिएका ४ जनाको परिवारलाई चापागाउँमा बस्न नदिएपछि त्यहाँबाट सुटुक्क महालक्ष्मी नपा-८, लुभूमा कोठामा बस्ने आफन्तले लुकाउदै राखेको आज ५ दिनपछि सार्वजनिक भएछ । सो बारेमा प्रहरीलाई खबर गरि जानकार गराउदा उक्त घरलाई अहिले बेलुका ७ बजेबाट मौखिक सील गरिएको छ भने हल्ला हुनासाथ शरणमा आएका परिवार चापागाउँ नै जान्छु भनी अँध्यारो मै बिलाए ।। सो बारेमा शरणार्थी परिवारलाई खोजी गरी प्रहरी निगरानीमा राख्न अनुरोध गर्दा कुनै व्यवस्था नभएको भन्दै कुनै पहल नै गरिएन ।। शंकास्पद शरण दिएका घर-परिवारको पर्सि सोमबार परिक्षण हुने जानकारी दिनुभएको छ । आजमात्रै यश प्रकारको २ वट घटना लुभूको घटेको छ । यसर्थ, नवआगन्तुक पाहुनालाई प्रहरी निरिक्षणमा राख्ने व्यवस्था मिलाआौ ।। लावारिस नभगाअौ ।। कठै शंक्रमित भए ... डर त त्यो शरणार्थी परिवार कहाँ पुग्यो भन्ने नै छ । ... अनि कहिले, कहाँबाट उपत्यका पस्यो त !! फेला नपरे भयानक हुन सक्छ ।
  2.  0 Reply
  3. May 15, 2020, 7:07 a.m. Saroj Nepal
    When someone does good job to save Kathmandu Nepa valley, people with conservative mindset like this journalist give negative feedback tagging some with the word "Hitler". When Kathmandu has to be saved from invader, leader needs to step up with strict rules. When people like this journalist doesn't know the meaning of LOCKDOWN, then country has to bear the outcome which is happening right now.
  4.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.