शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चोकचोकमा चेकजाँच, राजधानीमा थप कडाइ (तस्बिरमा हेनुहोस्)

बिहीबार, ०१ जेठ २०७७, १४ : ०६
बिहीबार, ०१ जेठ २०७७

काठमाडौं । कोरोना संक्रमितको सङ्ख्यामा एकाएक वृद्धि हुन थालेपछि काठमाडौं उपत्यकामा प्रहरीले बुधबारदेखि थप कडाइ गर्न थालेको छ । चोकचोकमा खटिएका सुरक्षाकर्मीले सवारीसाधन चेकजाँचमा कडाइ गरिरहेका छन् । 
गत शुक्रबारदेखि विभिन्न ४४ प्रकारका उद्योग सञ्चालन गर्न दिएपछि उपत्यकामा यातायातका साधनको चाप बढेको थियो  । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन खुकुलो बनाइएको भन्दै असन्तुष्टि जनाएका थिए । 
त्यसपछि गृह मन्त्रालयले सबै पास रद्द गर्ने निर्णय गर्दै एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिने गरी देशभर सर्कुलर जारी गरेको थियो । 

 यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि यसअघि जारी गरिएका सम्पूर्ण अन्तरजिल्ला पास खारेज गरेको थियो । प्रहरीको कडाइसँगै हिजाे अस्तीजस्ताे आज सडकमा भिडभाड देखिँदैन ।

सरकारले कोरोनाको संक्रमण न्यूनीकरणका लागि भन्दै आगामी जेठ ५ गतेसम्मका लागि लकडाउन जारी गरेको छ। 

 लकडाउन जारी रहेपनि कोरोना संक्रमित फेला पर्ने क्रम रोकिएको छैन । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २४६ पुगिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप