बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना पीडितको लागि एनआरएनए युरोप क्षेत्रमा ३० लाख संकलन

बुधबार, ३१ वैशाख २०७७, १७ : १२
बुधबार, ३१ वैशाख २०७७

लण्डन । कोरोनाभाइरस (कोभिड १९) बाट पीडित नेपाली समुदायको सहयोगार्थ युरोप क्षेत्रमा ३० लाख रुपैयाँ संकलन भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको ‘कोभिड १९’ युरोप क्षेत्रीय समितिको सकृयतामा दुई साता भित्र सो रकम संकलन भएको समितिका सदस्य सचिव रामशरण सिम्खडाले जानकारी दिए ।

सिम्खडाका अनुसार आइतवार साँझ सम्म २४ हजार ५ सय ६१ अमेरिकी डलर संघको खातामा जम्मा भएको हो । ‘यो शुरुआत हो भर्खर काम शुरु गरेका छौं सहयोग आउनेक्रम जारीनै छ । संघको केन्द्रीय निर्देशन अनुरुप आर्थिक संकलनको काम अघि बढेको छ’ सिम्खडाले यो भने ।

संघको युरोपेली कोषमा अष्ट्रिया, बेल्जियम, स्वीडरल्याण्ड, डेनमार्क, जर्मनी, स्पेन, फिनल्याण्ड, आयरल्याण्ड, लग्जम्वर्ग, रसिया, माल्टा, र नेदरल्याण्डमा रहेका संघका पदाधिकारी तथा राष्ट्रिय समितिले सहयोग गरेका हुन् ।

संघले केन्द्रीय अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित ‘कोभिड १९’ उच्चस्तरीय समिति गठन गरेर कोरोना बिरुद्ध विश्वव्यापी राहत संकलन तथा वितरणको अभियान चलाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप