शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

बुधबार, ३१ वैशाख २०७७, १४ : ४१
बुधबार, ३१ वैशाख २०७७

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।

आजकै बैठकले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले प्रस्तुत गर्नुभएको उक्त विधेयक विधायन व्यवस्थापन समितिमा पठायोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

यस्तै राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ र ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ टेबुल गरे । राष्ट्रियसभाको अर्को बैठक आगामी जेठ २ गते साँझ ६ बजे बस्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप