शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युएईमा बंगालादेशी र नेपाली कामदारबीच झडप, एक घाइते

बुधबार, ३१ वैशाख २०७७, १४ : ३५
बुधबार, ३१ वैशाख २०७७

 युएई।वैदेशिक रोजगारीका लागि युएई आएका नेपाली र बंगालादेशी  कामदारबीच झडप भएको छ।

दुबईको जबिलआलीस्थित फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा रहेका नेपाली र बंगलादेशी कामदारबीच गएराति झडप भएको हो ।

झडपमा परी थर नखुलेको राम बहादुर भनिने एक नेपाली कामदार घाईते भएका छन्।उनको टाउको तथा शरीरमा चोट लागेको छ भने अन्य केही नेपाली कामदरहरु सामान्य घाईते भएका गैर आवासीय नेपाली संघ एनआरएनए युएईका उपाध्यक्ष तथा नेपाली क्युआरएफ दुबईका संयोजक पासाङ शेर्पाले रातोपाटीलाई बताए।

घटनाबारे जानकारी पाएलगत्तै एनआरएन युएई उपाध्यक्ष एव्ं नेपाली क्युआरएफ दुबईका संयोजक पासाङ शेर्पा र कोषाध्यक्ष विकास शाही मजदुर क्याम्पमा पुगेका थिए। शेर्पाका अनुसार क्याम्पमा रहेका अन्य केही नेपालीलाई बंगलादेशी कामदारले पाइपले कुटेकोले शरीरमा नीलडाम रहेको बताए।


केही नेपाली कामदारहरुले मदिरा सेवन गरि कोठामा होहाल्ला बढी गरेको आपसी विवाद भइ  झडप भएको क्यामका ईन्चाजले एनआरएनए युएईका प्रतिनिधिलाई जानकारी गराएका थिए।

३ जना नेपाली कामदारहरुले मदिरा सेवन गरी क्याम्पको गेट बन्द हुने समय भन्दा ढिला आएर बंगलादेशी सुरक्षा गार्डलाई समेत ढुंगा प्रहार गरि घाइते बनाएको क्याम ईन्चार्जले एनआरएनए युएईका प्रतिनिधिहरुलाई प्रहरीको  रहोबरमा भिडियो फुटेज समेत देखाएका थिए । त्यस विषयमा थप विवाद सिर्जना भएको थियो

कुटपिटमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ,भने घाईतेको उपचार भैरहेको छ।३ जना समयमा नआउनेहरुलाई कोरोना टेस्ट नेगेटिभ भएको रिपोर्ट लिएर आए मात्र क्याम्पमा प्रवेश दिने क्याम्प ईन्चार्जले  बताए ।

झडप भएको मजदुर क्याम्पमा झन्डै ३ सय ५० नेपाली कामदर बस्दै आएका छन्। पछिल्लो समय कोरोनाको कारण  धैरैले रोजगारी गुमाएर बसेका थिए भने कतिपयको भिसा रद्द भई नेपाल फर्कने तयारीमा थिए।

कोही नेपाल फर्कन विमानस्थल पुगेका तर उडान बन्द भएर दुबईमै अड्किएका बसेका कामदरहरु रहेका छन्।कम्पनीले काम नहुँदा समस्यामा पर्ने भन्दै केही कामदारको भिसा रद्द गरेर नेपाल पठाउन विमानस्थलसम्म पठाएको थियो।

हाल उक्त कम्पनीमा समस्यामा परेका नेपालीलाई एनआरएन यूएईलगायतका संघसस्थाहरुले राहत दिँदै आएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप