शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्सामा पत्रकारलाई पनि कोरोना संक्रमण

मङ्गलबार, ३० वैशाख २०७७, १५ : ३५
मङ्गलबार, ३० वैशाख २०७७

पर्सामा फिल्ड रिर्पोटिङमा क्रियाशील पत्रकारलाई कोरोना संक्रमण भएको छ  । मङ्गलबार पर्सामा  भएका ३९ जना कोरोना संक्रमित मध्ये पत्रकार पनि रहेको नारायणी अस्पतालका मेसु डाक्टर मदनकुमार उपाध्यायले बताए ।

३९ जना मध्ये दुई जना पत्रकार सम्पर्कमा आएको उनले बताए । संक्रमितहरुसँग सम्पर्क भइरहेको हुँदा कति जना पत्रकार संक्रमित छन् भन्ने केही बेरमा थाहा हुने डाक्टर उपाध्यायले बताए ।

पर्सा जिल्लामा क्रियाशील ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए । मङ्गलबार उनलाई कोभिड–१९ संक्रमण भएको पुष्टि भएको अस्पतालले जनाएको छ ।

फिल्डमा खटिने पत्रकारहरुले सावधानी अपनाएर रिपोर्टिङ गर्न पनि उनले आग्रह गरेका छन् ।

आज थप ५७ जनामा कोरोना पुष्टि भएको छ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ भने त्यमध्ये ३३ जना निको भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप