मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

स्मार्ट सिस्टम प्रयोग गरेर मिटर रिडिङ

मङ्गलबार, ३० वैशाख २०७७, १४ : ३२
मङ्गलबार, ३० वैशाख २०७७

हेटौंडा । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले आफ्नो सेवा जारी राखेको  छ । केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले विद्युत् प्रवाह अवरुद्ध भएको अवस्थामा तत्काल मर्मत गरी सेवालाई निरन्तर भइरहेको बताए । 
 
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सामाजिक दूरी कायम गरी  बिहान ६ बजेदेखि १० बजेसम्म महसुल काउन्टर खुला गर्न दिएको निर्देशनअनुसार काउन्टर सञ्चालन गरी महसुल बुझ्ने काम भइहेको जनाइएको छ ।  

केन्द्रीय निर्देशनअनुसार सिङ्गल फेजका ग्राहकलाई फागुन महिनामा उठेको शुल्कलाई आधार मानेर चैत र वैशाख महिनाको महसुल निर्धारण गरिएको र ठूला ग्राहकहरुको हकमा भने मिटर जाँचका लागि प्राधिकरणबाट कर्मचारी पठाइने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ । साथै रिमोर्टबाट स्मार्ट सिस्टमको प्रयोग गरेर पनि मिटर रिडिङको काम भइरहेको उनले बताए ।

आगामी जेठ १ गतेबाट भने ग्राहकको घरमै मिटर रिडिङका लागि प्राधिकरणबाट कर्मचारी खटाइने बताइएको छ ।  ग्राहकले विद्युत् महसुल आगामी जेठ ५ गतेसम्म बुझाउँदा विशेष छुट पाउने र जरिवाना नलाग्ने प्राधिकरणले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप