शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजेशपायललाई दिलायो लकडाउनले रेष्ट

मङ्गलबार, ३० वैशाख २०७७, १३ : ०२
मङ्गलबार, ३० वैशाख २०७७

काठमाडौं । लकडाउनले अधिकाँश नेपालीको जीवनशैली प्रभावित भएको छ । नेपाली सांगीतिक क्षेत्रका स्टार गायक राजेशपायल राईको दिनचर्चा पनि यो लकडाउनले केही फरक बनाएको छ । 

सधैं देशविदेशको सांगीतिक कार्यक्रमको दौडधुपमा रहने राई करिव २ महिनादेखि घरमा खुम्चिएर बसेका छन् । यो अवस्थामा उनले घरमा क्यान्डिक्रश गेम खेलेर समेत समय बिताउने गरेका छन् । 

हुन त उनी देशविदेशको कार्यक्रमको ब्यस्तताबाट केही आराम पनि चाहन्थे । यो हिसावले हेर्ने हो लकडाउनले उनलाई केही हदसम्म सहयोग गरेको छ । 

‘मलाई शारीरिक आराम चाँहिएको थियो । अहिले त्यो मिलेको छ’ राईले भने ‘कोरोनाको कारण धेरै आर्थिक क्षति पनि भएको छ ।’

युरोप लगायतका धेरै देशमा तय भएको आफ्नो कन्सर्ट कोरोनाको कारण रद्द भएको राईको भनाइ रहेको छ ।

राई वर्षभरिनै देशविदेशको कार्यक्रममा व्यस्त रहने गायक हुन् । नेपाली फिल्म तथा आधुनिक गीतमा समेत स्वर दिने गरेका राजेशलाई गीत गाउँन दिन धेरैले केही पहिनाको प्रतिक्षा समेत गर्ने गर्दछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप