शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय दूतावासअघि नारा : लिपुलेक हाम्रो हो, सीमा मिच्नु अपराध हो ! (फोटोफिचर)

मङ्गलबार, ३० वैशाख २०७७, १२ : ३३
मङ्गलबार, ३० वैशाख २०७७

काठमाडौँ । नेपाली भूमि लिपुलेकमा अतिक्रमण गर्दै भारतले एकलौटीरुपमा सडक निर्माण गरेपछि त्यसको विरोधमा नेपालमा विरोध प्रदर्शन जारी रहेको छ । विरोधका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लासमेत दहन गरिएको छ ।

मंगलबार विरोधको शृङ्खलालाई जारी राख्दै मानवअधिकार तथा शान्ति समाज नेपालले काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले लिपुलेक र कालापानी नेपालको भूमि भएको बताउँदै भारतले सीमा मिचेकोमा विरोध गरेका थिए । प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीलगायत एक दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप