शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा एक जनाको घाँटी रेटी हत्या

मङ्गलबार, ३० वैशाख २०७७, १० : १४
मङ्गलबार, ३० वैशाख २०७७

सिरहा जिल्लाको लहान नगरपालिकामा एक जनाको हत्या गरिएको अवस्थामा शव बरामद भएको छ । लाहान नगरपालिका वडा नम्बर १७ मा पर्ने गोविन्दपुरमा एक जनाको घाँटी रेटी हत्या गरेको शव बरामद भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।

प्रहरीकाअनुसार लगभग ४०–४५ वर्षको पुरुषको हत्या भएको हो । हत्या गरिएको व्यक्ति त्यहीँको स्थानीय सफिद मियाँ रहेको प्रहरीले जानकारी गराएको छ ।

हत्या किन र कसले गरेको बारे अनुसन्धान भइरहेको ईप्रका लाहानले छानबिन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप