बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाको संक्रमणबाट ६० नेपालीको मृत्यु

सोमबार, २९ वैशाख २०७७, २० : २०
सोमबार, २९ वैशाख २०७७

लण्डन । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ । 

सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले रातोपाटीलाई जानकारी दिए । 

 मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिकहरु रहेका छन् । अहिलेसम्म ४९ जना पूर्वगोर्खा सैनिक तथा ११ जना गैरगोर्खाको मृत्यु भएकाे उनले बताए  । यस्तै २० जनाको लन्डनभित्र र बाँकी ४० जनाको लन्डनभन्दा बाहिरका विभिन्न स्थानमा मृत्यु भएको दूतावासले जनाएको छ ।

 मृत्यु हुनेमा धेरैजसो ७० वर्षमाथिका छन् । नेपाली दूतावास लन्डन र गोर्खा वेल्फेयर ट्रष्ट, भूतपूर्व गोर्खाका संघसंस्था लगायतको संयुक्त प्रयासमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

 विश्वभरिमा हालसम्म कुल ८७ जना नेपालीहरुको कोरोनाको कारण ज्यान गैसकेको छ ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको छ भने संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनएले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप