गम्भीर कुटनीतिक पहल र कानुनी उपचारमा लाग्नु वेश होला: बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले कालापानी र लिपुलेकको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर कुटनीतिक पहल लिन आग्रह गरेका छन् । आइतबार साँझ ट्वीट गर्दै नेता भट्टराईले वक्तव्यवाजीको सट्टा गम्भीर कुटनीतिक पहल र कानुनी उपचारको तयारीमा लाग्न आग्रह गरेका हुन् । पूर्वप्रधानमन्त्री भट्टराईले लिपुलेकबारे सबै राजनीतिक दल र जनस्तरबाट स्वतस्फूर्त रुपमा पोखिएको देशभक्तिको भावना स्तुत्य रहेको समेत बताएका छन् ।
उनले भनेका छन्, ‘लिपुलेकबारे सबै राजनीतिक दल र जनस्तरबाट स्वतस्फूर्त रुपमा पोखिएको देशभक्तिको भावना स्तुत्य छ, लिपुलेकवारे सबै राजनीतिक दल र जनस्तरबाट स्वस्फूर्त रूपमा पोखिएको देशभक्तिको भावना स्तुत्य छ।यसलाई प्रम@kpsharmaoli ले आफ्नो गैरजिम्मेवारीपन,अन्तर्राष्ट्रिय अविश्वसनीयताको अनुमोदन ठान्ने गल्ती गर्नुभएन! बक्तव्यवाजी सट्टा गम्भीर कुटनीतिक पहल,क़ानूनी उपचारको तयारीमा लाग्नु वेश होला !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा